साझा अक्षर

दुर्घटना

इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु, मृतकका आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरोध

इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु, मृतकका आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरोध

  मेचीनगर असोज २७ । पूर्वपश्चिम राजमार्गस्थित झापाको मेचीनगर–७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु भएको छ । दुर्घटनाबाट साइकलमा सवार रहेका स्थानीय बस चालक डिकेन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सगरमाथा यातायातका चालक ४५ वर्षीय राजवंशीको उपचारको क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । आज बिहान ७ः३० बजेतिर मेचीनगर–७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनका कर्मचारी ३५ वर्षीय अभिषेक लिम्बूले चलाएको प्रदेश ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा राजवंशी गम्भीर घाइते भएका थिए । दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अहिले यातायात सञ्चालन…
Read More
माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकजनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकजनाको मृत्यु

  बिर्तामोड। माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको  गौरीगंज गाउँपालिका-३ बाइसे टोल बस्ने ३६ वर्षीय राम कुमार गिरीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो । आफ्नै घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न खेतमा रहेको पानी तान्ने विद्युतीय मोटरको तार खोली खोलामा लगाउँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लाइफ लाइन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।
Read More
झ्याप्लेखोला पहिरोमा ३ वटा गाडी पुरिँदा ३० भन्दा बढीको मृत्यु

झ्याप्लेखोला पहिरोमा ३ वटा गाडी पुरिँदा ३० भन्दा बढीको मृत्यु

  धादिङ । निरन्तर बर्षाका कारण धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा ३ वटा गाडी पुरिँदा हालसम्म ३० भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परि एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएको थियो । चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको धादिङ प्रहरीले जनाएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । थापाकाअनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको शंकामा खोजी कार्य जारी रहेको छ ।…
Read More
झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएयो

झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएयो

  काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले गरेको छ। पहिरो ले पुरिएको बसमा  कति यात्रु थिए भन्ने एकिन भइनसकेको र उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ।
Read More
पाँचथरमा पहिरोले घर पुरिदा दुईजनाको मृत्यु

पाँचथरमा पहिरोले घर पुरिदा दुईजनाको मृत्यु

  पाँचथर । पाँचथरको फिदिम मा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ।बिहिबार रातिबाट लगातार परिरहेको वर्षाको करण  गए राति पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको हो। फिदिम नगरपालिका – ४ चिसापानीमा रहेको आदिबाशि जनजातीको भवन पहिरोले पुरिँदा २४ वर्षिय सपना शेर्पा र ५ वर्षिय डोल्मा शेर्पाको मृत्यु भएको फिदिम नगरप्रहरी प्रमुख सुजन पुरीले जानकारी दिए । उनिहरुकाे घरमा के काे थिए  र काे काे बस्थे भन्नेबारेमा बिस्तृत विवरण आउन बाँकी रहेको पुरीले जानकारी  िदए । पुरीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइँदै छ । घटनाको बारेका बिस्तृत विवरण…
Read More
पिकअपको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु

पिकअपको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु

बिर्तामोड असोज १०।।झापामा पिकअपको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक शिवसताक्षी नगरपालिका–९ निवासी ४० वर्षीया जानुका अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार बिहान ७ः१५ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी– ११ दुधेमा झिलझिलेबाट माईधारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४१७२ नम्बरको स्कुटरलाई दक्षिणतर्फ बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा परी स्कुटर चालक अधिकारी गम्भीर घाइते भएकी थिइन् । उनको टाउकोमा चोट लागेर उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको र उपचारको क्रममा बिहीबार साँझ ७ः१५ बजे मृत्यु भएको…
Read More
सप्तकोशी नदीमा बस खस्यो, सबै यात्रुको सकुश उद्धार

सप्तकोशी नदीमा बस खस्यो, सबै यात्रुको सकुश उद्धार

  विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको थियो । सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।
Read More
वर्षासँगै परेको चट्याङ लागेर दमकमा एकजनाको मृत्यु

वर्षासँगै परेको चट्याङ लागेर दमकमा एकजनाको मृत्यु

  बिर्तामोड ।। अविरल वर्षासँगै परेको चट्याङ लागेर झापामा एकजनाको मृत्यु भएको छ। झापा दमममा बस्दै आएका कुमार मोतेको चट्याङ लागेर मृत्यु भएको हो। हिजो राति १० बजे भान्सा कोठाअगाडि उभिएको अवस्थामा चट्याङ लागेर बेहोस भएर लडेका मोतेको उपचारको क्रममा मृत्यु भएको हो । दमक–४ घर भई मोरङको मिक्लाजुङ–३ तेह्रथुमे टोल बस्ने भक्तबहादुर नेपालीको घर बनाउन गएका ३६ वर्षीय कुमार मोतेको दमक अस्पताल राति ११ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read More
ओमानमा  सवारी दुर्घटनामा परी झापाकी एक महिला सहित दुई जना नेपालीको मृत्यु

ओमानमा सवारी दुर्घटनामा परी झापाकी एक महिला सहित दुई जना नेपालीको मृत्यु

  झापा ।। ओमानमा भएको सवारी दुर्घटनामा परी झापाकी एक महिला सहित दुई जना नेपालीको मृत्यु भएको छ। निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा झापा घर भएकी समिता बुढाथोकीको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारुले चलाएको कार दुर्घटना हुँदा झापाकी बुढाथोकीसँगै सारुको पनि मृत्यु भएको हो । एक्कासी  कार अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको मृत्यु भएको दूतावासले जनाएको छ । समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् । कानुनी प्रक्रिया पूरा गरी समिताको शव…
Read More
बाग्लुङमा सरकारी गाडी दुर्घटनामा चार जनाको मृत्यु

बाग्लुङमा सरकारी गाडी दुर्घटनामा चार जनाको मृत्यु

  पोखरा ।। बागलुङमा आज शुक्रबार बिहान भएको सरकारी गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एक जना घाइते भएका छन् । घाइतेको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोट नगरपालिका–२ भुङखानीमा रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हो । भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ । पीकअप गाडी सडकदेखि करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको । शव भीरमा भएकाले उद्धारमा कठिनाइ भएको छ…
Read More