साझा अक्षर

छठ पूजा आजबाट सुरु, पहिलो दिन आज नहा खा गरिँदै

छठ पूजा आजबाट सुरु, पहिलो दिन आज नहा खा गरिँदै

छठ पूजा आजबाट सुरु, पहिलो दिन आज नहा खा गरिँदै

  बिर्तामोड कार्तिक २०।। सूर्यको आराधना गरी मनाइने छठ पर्व आजदेखि सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि धुमधामका साथ सुरु भएको हो । चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज ब्रतालुहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । आज ब्रतालुले जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतालुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (बिनानुन हालेको) खानेकुरा खाने चलन छ । त्यस्तै षष्ठीका दिन अर्थात् बिहीवार साँझ गहुँ र चामल ओखल, जातो वा…
Read More
झापाको बाहुनडागीमा जेसिस धारा उद्घाटन

झापाको बाहुनडागीमा जेसिस धारा उद्घाटन

  मेचीनगर कार्तिक १६।। बाहुण्डाँगी जेसीजको संयोजनमा निर्माण भएको जेसीज धारा उद्घाटन गरिएको छ ।  मेचीनगर ४ आमडाँगीमा रहेको शिवालय मन्दिरमा  धारा निर्माण गरिएको हो । मेचीनगर ४ आमडाँगीका राहुल भातरी (रबिन) ले आफ्ना बुबा टिकाराज भारतीको स्मृतिमा निर्माण गरिदिनु भएको उक्त जेसीज धाराको लक्ष्मी पुजाको अवसर पारेर उद्घाटन गरिएको हो । यस अघि टंकबहादुर देवकोटाको स्मृतिमा पहिलो जेसीज धारा निर्माण गरिएको थियो । वैदेशिक रोजगारीको क्रममा दुवहीमा रहेर काम गर्दै आएका भारतीले यस अघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको थियो । बाहुण्डाँगी जेसीजले वर्ष २०२४ मा गरेको कामलाई नजिकबाट नियालेका भारतीले जेसीजका अध्यक्ष देबु बानियाँलाई आफ्ना बुबाको…
Read More
गौरादहमा गोरुले हान्दा एकको मृत्यु, अर्का एक घाइते

गौरादहमा गोरुले हान्दा एकको मृत्यु, अर्का एक घाइते

  बिर्तामोड कार्तिक १५।।  झापा गौरादहका कृष्ण शर्माको गोरुले हानी घाइते भई उपचारका क्रममा बिहीवार साँझ मृत्यु भएको छ। गौरादह नगरपालिका-७ जामबारीका शर्मालाई बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा बुधवार गोरुले हानी घाइते बनाएको हो। गोरुले हानी घाइते बनेका शर्माका ढाडका ७ वटा करङ भाँचिएका थिए। उनलाई लाइफ लाइन अस्पताल दमकमा उपचार गराउँदा थप उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याइएको थियो। उपचारका क्रममा उनको नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। साथै सोही गोरुलाई समाउने क्रममा उनका छिमेकी रविन राजवंशी पनि घाइते भएका छन्। राजवंशीको टाउकोमा चोट लागेको छ।
Read More
पूर्बेली ढुवानीले ५ वटा ट्रक थप गरेर सेवालाई थप मजबुद र व्यवस्थित बनाउँदै

पूर्बेली ढुवानीले ५ वटा ट्रक थप गरेर सेवालाई थप मजबुद र व्यवस्थित बनाउँदै

  बिर्तामोड, १५ कात्तिक : पूर्बेली ढुवानी सेवा प्रा. लि बिर्तामोडले व्यवसायलाई थप मजबुद बनाउँदै लगेको छ । कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामासमेत सेवा दिँदै आएको पूर्बेलीले आज ५ वटा ट्रक थप गरेर सेवालाई थप मजबुद र व्यवस्थित बनाएको हो । टाटा मोटर्सको आधिकारिक विक्रेता सिपर्दी ट्रेडिङ धाईजनमा पुगेर ढुवानी सञ्चालक निर्मलराज खत्री र हरि बस्नेतले गाडीको चाबी ग्रहण गर्नु भयो । सञ्चालक खत्रीलाई सिप्रदीका सर्भिस म्यानेजर सन्तोष पट्टेलले चाबी हस्तान्तरण गर्नु भएको हो । प्रविधिको विकाससंगै ढुवानीका क्षेत्रमा प्रतिस्पर्धासमेत बढ्दै गएकोले ५ वटा दश १० चक्के ट्रक थप गरेको सञ्चालक खत्रीले बताउनु भयो । पूर्बेलीले २५१८ सी मोडलको…
Read More
सांस्कृतिक चाडपर्वका महत्त्व र विशेषताहरू विद्यार्थीलाई सिकाउँदै लिङ्कन मन्टेश्वरीको तिहार शुभकामना कार्यक्रम सम्पन्न

सांस्कृतिक चाडपर्वका महत्त्व र विशेषताहरू विद्यार्थीलाई सिकाउँदै लिङ्कन मन्टेश्वरीको तिहार शुभकामना कार्यक्रम सम्पन्न

  बिर्तामोड कार्तिक १३ ।।  लिङ्कन मन्टेश्वरी स्कुलले शुभ-दीपावलीको अवसरमा विद्यालयमा अध्ययनरत सानासाना नानीबाबुहरूसँग देउसी भैलो खेली शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । झापाको बिर्तामोड-३ मा सञ्चालनमा रहेको सुविधा सम्पन्न मन्टेश्वरी स्कुलले मंगलबार विद्यालयल परिसरमा विद्यार्थीहरुसँग दीपावलीको शुभकामना साटासाट गरेको हो । तिहारसम्बन्धी बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले स्कुलले शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई तिहारमा खेलिने देउसीभैलो, सेल रोटी, भाइटिकासहित तिहारमा गरिने सांस्कृतिक परम्पराका विषयमा जानकारी गराइएको सञ्चालक पौडेलले बताए । तिहार भनेको पटेका पटकाउने मात्र नभएर गीत संगीतमा रमाउँदै देउसी…
Read More
साफ महिला च्याम्पियनसिप  फाइनल खेलको टिकट विक्री बन्द

साफ महिला च्याम्पियनसिप फाइनल खेलको टिकट विक्री बन्द

   काठमाडौं  ।।   साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत बुधबार हुने नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट विक्रीमा एन्फाले रोक लगाएको छ । एन्फाले एक विज्ञप्ति जारी गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.लाई कुनै पनि माध्यमवाट टिकट विक्री नगर्न/नगराउन भनिएको छ । साथै एन्फाले दर्शकहरूलाई पनि टिकट खरिद नगर्न आव्हान गरेको छ। नेपाल र भारतबीचको सेमिफाइनल खेलमा एन्फासँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको आरोप एन्फाको छ । क्षमताभन्दा बढी टिकट विक्री गर्दा दर्शकको सुरक्षा हिजो चुनौती नै बनेको थियो। माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.सँग सत्यतथ्य बुझ्ने काम भइरहरको पनि एन्फाले जनाएको छ। यसपछि एन्फाले…
Read More
चलचित्र १२ गाउँका कलाकार एक्कासी हलमा आइपुग्दा दर्शक दङ्ग

चलचित्र १२ गाउँका कलाकार एक्कासी हलमा आइपुग्दा दर्शक दङ्ग

  एकराज प्रधान बिर्तामोड । बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा सोमबार चलचित्र ‘१२ गाउँ’ हेरिरहेका दर्शकहरु सरप्राइज भएका छन् । फिल्म हेरिरहेका दर्शक अचानक पर्दाका कलाकारहरुको रियल इन्ट्री भएपछि सरप्राइज भएका हुन् । ‘१२ गाउँ’का अभिनेता विराज भट्ट, अभिनेत्री न्यान्सी खड्का लगायतको निर्माण टिम दर्शकहरुमाझ पुगेका थिए । दर्शकहरुमाझ नजिकिँदै गरेको तिहारको शुभकामना दिँदै चलचित्रका निर्देशक समेत रहेका विराजले चलचित्र सफल बनाइदिनु हुने सम्पूर्ण दर्शकलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले दर्शकहरुमाझ फिल्मको लोकप्रिय डायलग ‘चट्टै होइन, चैट चैट चैट’ लाइभ प्रस्तुत गर्दा दर्शक उत्साहित भएका थिए । दर्शकले भने ‘समीर भट्ट खोइ, छोरा चाहियो छोरा’ भन्दै हुटिङ लगाएका थिए ।…
Read More
झापा ११ ले जित्यो बेलबारी गोल्डकपको उपाधि

झापा ११ ले जित्यो बेलबारी गोल्डकपको उपाधि

  झापा कार्तिक १० ।।मोरङको  बेलबारीमा आयोजित सातौं संस्करणको आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा  सहलेस फुटबल क्लब सिरहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापा ११ ले ८ लाख नगद, अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफी जितेको छ । उपविजेता सहलेस फुटबल क्लब सिरहाले चार लाखसहित ट्रफीमा चित्त बुझाएको छ  । निर्धारित समय १–१ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा झापा ११  ले बाजी मारेको हो । झापाका लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र…
Read More
भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुन ७ देखि

भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुन ७ देखि

  बिर्तामोड कार्तिक १० ।।  पहिलो संस्करणमै राम्रो ख्याति कमाउन सफल  भद्रपुर झापा गोल्डकपको  दोस्रो संस्करण आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ । मोफसलको चर्चित फुटबल प्रतियोगितालाई फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृत दिएको हो । आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भारत, भुटान, बंगलादेशका टिमको सहभागिता रहनेछ । २०७९ मा पहिलो संस्करणमा निकै ठुलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुनेगरी तयारी गरिने अध्यक्ष ढकालले बताए । झापाको सरकारी स्वामित्वमा रहेको सुविधायुक्त मेची रंगशालामा…
Read More
करेन्ट लागेर गम्भीर घाइते भएका सहनीको उपचारको क्रममा मृत्यु

करेन्ट लागेर गम्भीर घाइते भएका सहनीको उपचारको क्रममा मृत्यु

  बिर्तामोड कार्तिक१० ।। झापाको भद्रपुरमा तीनचक्के विद्युतीय सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । भद्रपुर ५ देवीबस्ती निवासी ३६ वर्षीय शम्भु सहनी लाई सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सहनी शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि ओमसाई पाथिभरा हस्पिटल लगिएको र उनको हिजो राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले…
Read More