निशान निराैला इलाम पछिल्ला आठ वर्षदेखि फिल्म क्षेत्रमा निरन्तर संघर्ष गर्दै आएका कलाकार प्रतिभा नारायण बिक अब दर्शकमाझ एक सशक्त कलाकारका रूपमा चिनिँदै गएका छन्। फिल्म अध्ययनदेखि थिएटरसम्मको अनुभव बटुलेका उनी मुम्बईमा बसेर बलिउडमा समेत संघर्षरत रहे। सोही क्रममा उनले बलिउड सुपरस्टार विक्की कौशलसँग काम गर्ने अवसर पाएका थिए। नेपाल फर्किएपछि उनले ‘क्राइम पेट्रोल नेपाल’, ‘डोरी ओगायेत’ जस्ता चर्चित सिरिज तथा दर्जनौं नेपाली फिल्महरूमा सहायक भूमिकामा अभिनय गरे। त्यस्तै, म्युजिक भिडियो र वेब सिरिजमार्फत पनि उनले आफ्नो अभिनय कौशल प्रस्तुत गर्दै आएका छन्। हाल उनले निर्देशक रोशन दासको निर्देशनमा बन्ने नयाँ फिल्म ‘प्रतिवैरम्’ मार्फत मुख्य खलनायक अर्थात् नेगेटिभ प्रहरी…
निशान निराैला ईलाम –नेपाली सांगीतिक आकाशमा उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र निरन्तरको मेहनतले छैटौँ जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उपाधि हात पारेका छन्। उनले अभिनय गरेको गीत ‘तिमी बिना’ मा उनले गरेको उत्कृष्ट अभिनयलाई मूल्याङ्कन गर्दै यो अवार्ड प्रदान गरिएको हो। उक्त गीतमा गायिका रोजिना बस्नेत र गायक सौगात जंग खड्काको स्वर रहेको छ। अवार्ड वितरण कार्यक्रम काठमाडौँस्थित नेपाल प्रहरी क्लबको सभा हलमा सम्पन्न भएको थियो। यसअघि पनि मुकेस गुरुङले विभिन्न विधामा दुई वटा अवार्ड जितिसकेका छन्। छोटो समयमा नै मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनी अहिलेको मोडलिङ क्षेत्रका राम्रो सम्भावना बोकेका कलाकारका…
ईलाम।। इलाम निवासी चर्चित गायक रगुन गुरूङ द्वारा फेरि श्रोतामाझ आफ्नो नयाँ आधुनिक प्रेमिल गीत “डेड कोरी कटि सके (डिम्पल गालैमा)” हालै सार्वजनिक भएको छ। उनको स्वरमा सार्वजनिक भएको यो गितले संगीतप्रेमीहरूको मन जित्ने विश्वास गरिएको छ।गीतको मधुरता, रचनात्मक शब्द र समग्र प्रस्तुतीकरणले यसलाई विशेष बनाएको छ। गीतले प्रेम र स्नेहका भावनाहरूलाई सरल र सहज तरिकाले प्रस्तुत गरेको छ। श्रोताले गीत सुन्दा आफ्नै अनुभवसँग जोडेर भावनात्मक रूपमा महसुस गर्ने अवसर पाउनेछन्। गीतको शब्द, धुन र स्वरले युवा पुस्ता मात्रै नभई सबै उमेर समूहका श्रोतालाई आकर्षित गर्ने विश्वास गरिएको छ। उता गायक गुरूङले हालसम्म २२ वटा गीत रेकर्डिङ गराइसकेका र ती…
झापा भाद्र १३ ।।नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेको क्वेभर ब्यान्ड नेपालले आफ्नो नयाँ गीत "संगीत मेरो" को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेको छ। निमा वाङ्गेल तामाङ, को स्वरमा रहेको गीतमा सुबास श्रेष्ठ (ड्रम), सन्तोष श्रेष्ठ (बास गिटार), सुरज गहतराज (लीड गिटार), र सुदीप सिवा (बाँसुरी) ले साथ दिएका छन्। गीतको मिक्सिङ र एरेञ्ज जोनी तामाङ ले गरेका हुन्। भिडियोमा समना कार्की, युगेन लोहार र समिक्ष्या गौतम को अभिनय रहेको छ। बिनोद जंग क्षेत्रीले छायाङ्कन गरेको म्युजिक भिडियोमा सहायक छायांकन रबिन बस्नेत को रहेको छ। भिडियो सम्पादन सुभ बिबाह क्रिएसन स्टुडियो काँकरभिट्टा ले गरेको हो। सार्वजनिक म्युजिक भिडियोमा स्थानीय स्तरका…
झापा ।। नेपाली चलचित्र र म्युजिक भिडियो क्षेत्रमा सक्रिय निर्देशक सरोज अधिकारीले करिब तीन वर्षपछि नयाँ म्युजिक भिडियो 'तन् दिए मन दिए'को म्युजिक भिडियोबाट नेपाली सांगीतिक क्षेत्रमा फर्किएका छन् छन्। सार्वजनिक भएको केही समयमा नै भिडियोले सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया पाउँदै, दर्शक तथा श्रोतामाझ चर्चा कमाउन थालेको छ। यस म्युजिक भिडियोमार्फत करिब चार–पाँच वर्षपछि कलाकार चिरञ्जीवी अधिकारी पनि पुनः दर्शकमाझ फर्किएका छन्। उनीसँगै भूपाल मानसिंह कार्की, भूमिका मिश्र र आर्यन चुडालले म्युजिक भिडियोमा अभिनय गरेका छन्। नयाँ कलाकारहरूको जोडी र प्रस्तुतिलाई दर्शकले रुचाउने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ। निर्देशक अधिकारी पछिल्लो पटक ठूला ब्यानरको फिल्म ‘रावायण’ मा सहायक…
बिर्तामोड भाद्र १ ।। नेपाली गायन रियालिटी शो “मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सल– सिजन २” को फाइनलमा पुग्न सफल भारत सिक्किम निवासी दुई प्रतिस्पर्धीहरू यतिखेर भारत तथा नेपालका विभिन्न सहरहरूमा भोट माग्ने क्रममा रहेका छन्। अहिलेसम्मको धेरै धनराशी पुरस्कार भएको चर्चित रियालिटी शो मेरो भ्वाइस युनिभर्सलमा भारत दार्जिलिङ निवासी दीपराज राई गायनबाट फाइनलमा प्रवेश गरेका छन् भने अमृता राई नृत्य विधाबाट फाइनलमा प्रवेश गरेकी छन्। फाइनलमा आफ्नो प्रस्तुतिसँगै दर्शकको भोट पनि त्यतिकै आवश्यक पर्ने हुनाले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दर्शक महानुभावहरुलाई भोट गर्न अपिल गर्दै उनीहरू यतिबेला देश विदेश दौडाहामा रहेका छन् कार्यक्रमको सिलसिलामै उनीहरू आज…
बिर्तामोड साउन ८ ।। अमृत स्टोर बिर्तामोड झापाको आयोजनामा दोस्रो संस्करणको झापा रक स्टार ब्यान्ड कम्पिटिसन आयोजना हुने भएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको हो। दोस्रो संस्करणको झापा रकस्टार विद्यालय स्तरीय रहने आयोजकले जानकारी गराएको छ। प्रतियोगितामा कक्षा ५ देखि कक्ष १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्ने आयोजकका प्रमुख अमृत पौडेलले जानकारी दिए । प्रतियोगितामा झापाका सामुदायिक तथा निजी विद्यालय गरी कुल पाँचवटा विद्यालयहरूको सहभागिता रहेको र आज बेलुकासम्म अन्य विद्यालयहरू थप हुने उनले बताए । प्रतियोगितामा सहभागिता जनाउने ब्यान्डमा कम्तिमा पाँचजना सदस्यहरु अनिवार्य हुनुपर्नेछ । र र ब्यान्डमा एउटा नेपाली लोक…
झापा असार २२ ।। नेपाली कथानक चलचित्र 'जनै हराएको मान्छेको' पोस्टर सार्वजनिक गरिएको छ। झापाको बिर्तामोडस्थित QFX सिनेमा हलको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो। फरक तरिकाले चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकैसाथ पोस्टर सार्वजनिक गर्दै 'जनै हराएको मान्छेको' प्रचारप्रसार सुरु गरेको छ विजय बराल, केकी अधिकारी, मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रमा, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्डी, निरु खड्का गौतम, सुवास सिंह ठकुरी आदिको अभिनय रहेको छ । हिमाल न्यौपानेद्वारा निर्देशित चलचित्रलाई कमल न्यौपाने र बिमल न्यौपानीले…
इलाम ।। इलामलाई कुनै बेला संगितको राजधानी मानिने गरिन्थ्यो । इलामले थुप्रै पुराना श्रष्टा कलाकारहरु जन्माई सकेको छ भने धेरै नयाँ अनुहारहरु पनि अहिले सांगितिक क्षेत्रमा उदाइरहेका छन । अहिले नेपाली रियालीटी सो The voice of nepal सिजन ६ चल्दैछ । त्यही the voice मा इलामे गायक प्रमेश राईको चर्चा सुरुबाट नै निकै नै छ ।उनै प्रमेश अहिले टिम राजुबाट अन्तिम प्रतिस्पर्धीको रुपमा फाइनल राउन्डमा सुरक्षित भैसकेका छन । इलाम रोङ गाउँपालिका वडा ६ सन सिटि भिलेज सलकपुरका प्रमेश सामान्य परिवारमा हुर्किएका हुन । पुर्ण बहादुर राई र रेनुका तामाङको कोखबाट २०६० सालमा जन्मिएका प्रमेशलाई आफ्ना आमाबुवाले खेती किसान…
मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोसी प्रदेश अध्यक्षमा रोम घिमिरे सर्वसम्मत चयन भएका छन् । मोरङको विराटचोक स्थित इन्द्रपुर जेसिसको सभाहलमा हिजो सम्पन्न प्रथम अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन्। घिमिरे प्रतिष्ठानको तदर्थ समिति अध्यक्ष समेत रहेका थिए। प्रतिष्ठानको प्रवक्तामा सदस्य निश्चल आचार्यलाई सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष सरोज आचार्य, प्रथम उपाध्यक्ष बोधराज पौडेल, द्वितीय उपाध्यक्ष मिलन दुलाल, महिला उपाध्यक्ष सरिता राना मगर, सचिव सुशील भट्टराई महिला सचिव शकुन्तला कार्की, सहसचिव डम्बरबहादुर घिमिरे, सहसचिव रवि किरण लिम्बु कोषाध्यक्ष टिकादेवी दाहाल, सह कोषाध्यक्ष तोयानाथ…