– आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दैछन। दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो। भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ। दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो। यो विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको थियो। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई सेमिफाइनलमा ५६ रनमा समेटेर विश्वकपमा इतिहाससमेत बनाएको छ। पहिलो सेमिफाइनलमा…
काठमाडौं असार १४॥ माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको हाे । यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।
भद्रपुर असार १४॥ झापाको भद्रपुरमा धारिलो हतियार सिक्कल प्रहार गरी एक वृद्धा महिलाको हत्या गरिएको छ । हत्या गर्ने भद्रपुर नगरपालिका २ पृथ्वीनगरस्थित डिगाँउ निवासी अन्दाजी ४० वर्षीय राजेश तामाङलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । शुक्रबार दिउँसो साढे ३ बजेको समयमा राजेशले सोही ठाउँका ७० वर्षीया गौरीमाया तामाङको घाँटीको दाहिने भागमा सिक्कल प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । वृद्धा गौरीमाया राजेशकै घरमा उनकी दिदीसँग गफगाफ गरी बसिरहेकी थिएन । सोही बेला राजेशले उनीमाथि एक्कासि सिक्कल प्रहार गरेको स्थानीयले बताएका छन् । घटनाको कारण नखुलेपनि राजेशको मानसिक अवस्था ठिक नभएको…
झापा असार १४ । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई हराउँदै भारत आइसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो। भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६ ।४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो। इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले १९ बलमा २५ तथा कप्तान जस बटलरले १५ बलमा २३ रन बनाए। जोफ्रा आर्चरले १५ बलमा २१ तथा लियम लिविगंस्टनले १६ बलमा ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्। बलिङतर्फ भारतका लागि अक्षर पटेल र कुलदिप यादवले समान तीन तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए। त्यसअघि टस…
बिर्तामोड, असार १३ : बिर्तामोड नगरपालिकाले कृषक तथा दुग्ध व्यवसायीहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ । नगरपालिकामा आज आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ्ग भ्याट सहित, मिल्क क्यान, काउमेट, बाख्रा तथा बंगुरका दाना पिसाउने मेशिन वितरण गरिएको हो । चिलिङ्ग भ्याट २ वटा, मिल्क क्यान ८ वटा, दाना पिसाउने मेशिन ५ वटा र काउमेट २२ जनालाई १ देखि ४ थानका दरले ११ लाख ६८ हजार ५ सय रुपैयाँ बराबरको सामग्री वितरण गरीएको हो । उल्लेखित सामग्रीमा कृषक तथा व्यवसायीहरुको ५० प्रतिशत लागत साझेदारी रहेको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनुभयो । उक्त सामाग्री…
झापा असार १३ - माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएकाे छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीहरूमध्ये १८६ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन्। ४७ ।८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएकाे बाेर्डले जनाएकाे छ। बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। उनीहरूमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन्। ५२ ।१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएकाे बाेर्डले जनाएकाे छ। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल…
झापा असार, १३ – अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल यात्रा तय गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा ऐतिहासिक जित निकाल्दै दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा ५ र टी-२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो । ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ ।५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । ओपनर क्विन्टन डि कक तीव्र…
झापा असार १२ ॥ लमजुङमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। पहिरोमा परी बेपत्ता चारै जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो। घरमाथिबाट खसेको पहिरोमा परेर ६७ वर्षका रुद्रमान गुरुङ, ३६ वर्षकी पञ्चकुमारी गुरुङ, ८ वर्षकी इच्छा गुरुङ र ५ वर्षकी निश्मा गुरुङको मृत्यु भएको छ। पहिरोले तीन घरलाई पूर्णरूपमा क्षति पुर्याएकाे जिल्ला प्रहरी कार्यालय, लमजुङले जानकारी दिएकाे छ। मृत्यु हुने उनीहरू एकै परिवारका हुन्। तर, छुट्टाछुट्टै घरमा बस्दै आएका थिए। यस्तै, लमजुङकै दोर्दी गाउँपालिका- ९ सुनारगाउँमा पनि घरमाथिबाट पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मंगलबार रातिदेखि परेको अविरल वर्षाले…
बिर्तामोड असार ११॥ चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको आयोजना नेपाल चलचित्रकर्मी संघको प्रबर्दन र बिर्तामोड नगरपालिकाको आर्थीक सहयोगमा एक दिने चलचित्र पत्रकारिता सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रम झापा अध्यक्ष रमेश तिवारीको अध्यक्षता र बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रा महतरा प्रसाईको, प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। चलचित्र पत्रकारिता सम्बन्धी झापाका पत्रकारहरुलाई जानकारी दिने उदेश्यले आयोजना गरिएको तालिमको चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष समिर बलामी र चलचित्र पत्रकार शान्ति प्रियाले सहजिकरण गरेका थिए। तालिमामा झापाका बिभिन्न संचार माद्यममा कामगर्ने ४० भन्दाबडी पत्रकारहरुको सहभागिता रहेको थियो। तालिमको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बलामीले इन्टरनेटको प्रयोग बढेसँगै पत्रकारितामा चुनौती थपिएको र पछिल्लो…