एजेन्सी ।। भारतको तेलंगाना राज्यको संगारेड्डी जिल्लास्थित पासामईलरम औद्योगिक क्षेत्रको सिगाची केमिकल्स फ्याक्ट्रीमा भएको र आगलागीमा परी कम्तीमा ३४ जनाको ज्यान गएको छ। सूचना अधिकारीका अनुसार घटनामा हालसम्म ३५ जना घाइते भएका छन् र तिनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। २४ जना अझै हराइरहेका जनाउँदै खोजी कार्य जारी रहेको जानकारी दिएको छ। घटनास्थलबाट ५७ जनालाई सुरक्षित उद्धार गरिएको छ। ज्यान गुमाउनेमध्ये चार जनाको पहिचान भइसकेको छ। बाँकीको पहिचानका लागि प्रयास भइरहेको जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'तेलंगानाको संगारेड्डीमा फ्याक्ट्रीमा आगलागी हुँदा मानिसहरूको मृत्यु भएको खबरले म अत्यन्त दुःखी छु। पीडित…
बिर्तामोड, झापा असार १३।। आर्टिफिसियल इन्टेलिजेन्स (AI) विषयक अन्तर्राष्ट्रिय सम्मेलन ‘इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (ICRTAI 2025)’ को सम्पूर्ण तयारी पूरा भएको छ। नेपालमै पहिलोपटक हुन लागेको यो सम्मेलन आगामी असार १४ र १५ गते झापाको बिर्तामोडमा हुने छ। कार्यक्रम नुमा डिजिटल फर्मको आयोजनामा र मेची बहुमुखी क्याम्पस, भद्रपुरको सह–आयोजनामा आयोजना हुँदैछ। नुमा डिजिटल फर्मका चिफ युयुत्शु बञ्जाराले सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन्। सम्मेलनमा नेपालसहित अमेरिका, जापान, दक्षिण कोरिया, फिलिपिन्स र भारतका एआई विज्ञ तथा प्राध्यापकहरू सहभागी हुने छन्। उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी अनुसन्धान पत्र (रिसर्च पेपर) प्रस्तुत गर्नेछन्। कार्यक्रम संयोजक तथा मेची क्याम्पसका आईटी विभाग प्रमुख…
बिर्तामोड, असार ९ : बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर सभाको सोमबार सुरु भएको बैठकमा नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगर विकासका विभिन्न महत्त्वकांक्षी योजनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । नगरपालिकाले शिक्षा विकास कार्यक्रम अन्तर्गत नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर सुधार गर्दै प्राविधिक तथा व्यवसायिक शिक्षा र जीवनोपयोगी सीप सिकाइमा विशेष जोड दिएको छ । विद्यालयहरूलाई प्रविधिमैत्री कक्षाकोठा निर्माण र प्रविधिमा आधारित सिकाई व्यवस्थापनका लागि प्रोत्साहन गर्दै नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार…
बिर्तामोड, ८ असार : बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ। आज एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक रेनुका थापा खातुनलाई १ सय ६३ जना विद्यार्थीका लागि तयारी गरिएको पोशाक हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकाले प्रत्येक वर्ष ४० लाख रुपैयाँ बराबरको पोशाक वितरण गर्दै आएको जानकारी दिनुभयो। पोशाक वितरणले अभिभावकलाई राहत मिलेको उल्लेख गर्दै उहाँले बालबालिकाको सरसफाइमा विशेष ध्यान दिन अभिभावक र विद्यालयलाई आग्रह गर्नुभयो। त्यसैगरी, शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीले सबै विद्यार्थी एउटै प्रकृतिको…
बिर्तामोड असार ५ ।। इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (आईसीआरटीएआई २०२५) अन्तर्राष्ट्रिय सम्मेलन आगामी असार १४ र १५ झापाको बिर्तामोडमा हुने भएको छ । नेपालको प्रविधि इतिहासमा नयाँ अध्याय शुरु हुँदै गर्दा नुमा डिजिटल फर्मको आयोजना तथा मेची बहुमुखी क्याम्पस भद्रपुर झापाको सहआयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनका संयोजक तथा मेची बहुमुखी क्याम्पसका आईटी विभाग प्रमुख सुनिल शर्माका अनुसार कार्यक्रममा नेपालका साथै अमेरिका, जापान, दक्षिण कोरिया, फिलिपिन्स्, र भारतका प्राध्यापक तथा विषय विज्ञहरूले रिसर्च पेपर प्रस्तुत गर्नेछन् । शर्माका अनुसार आईसीआरटीएआई २०२५ केवल प्रविधि प्रदर्शन गर्ने मञ्च होइन। यो सम्मेलनले नीति निर्माण, सार्वजनिक संवाद र…
झापा असार ३ ।। एसियन हाइवे अन्तर्गत पर्ने काँकडभिट्टा–लौकही सडक खण्डको पश्चिमी हिस्सामा मंगलबार देखि कालोपत्रे कार्य औपचारिक रूपमा सुरु गरिएको छ। मोरङ जिल्लाको लक्ष्मीमार्गदेखि चिसाङ खोलासम्मको सडकमा पहिलो चरणमा एकतर्फी कालोपत्रे सुरु भएको हो । सडक निर्माणको जिम्मा लिएको सिआरएफजि–टुण्डि जेभी निर्माण कम्पनीले असार महिनाभित्रै पहिलो चरणको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ। कम्पनीका कन्ट्रयाक इन्जिनियर डोरमणि पौडेलका अनुसार अहिले मौसम अनुकूल भएकाले दैनिक झन्डै आधा किलोमिटरभन्दा बढी कालोपत्रे गर्न सकिने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय रणनीतिक महत्त्व बोकेको सडक खण्ड एसियन हाइवे सञ्जालमा पर्छ, जसले नेपालको पूर्वी नाका काँकडभिट्टाबाट पश्चिमी सीमा गौरा फन्टा (कैलाली) सम्मको महत्त्वपूर्ण यातायात र…
बिर्तामोड असार १ ।। राउन्ड टेबल नेपालद्वारा आयोजित कर्पोरेट हाउस फुट्सल लिग २०८२ को उपाधि एभरेस्ट बैंक बिर्तामोडले जितेको छ। अर्जुनधारा ६ गामस्ता फुट्सल मैदानमा सम्पन्न फाइनल खेलमा उपाधि दाबेदार मानिएको बिर्ता सिटी हस्पिटललाई ४-० गोल अन्तरले पराजित गर्दै एभरेस्ट बैंक बिर्तामोडले उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै एभरेस्ट बैंक बिर्तामोडले नगद रु. ३५ हजार बराबरको नगद ट्रफी तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बिर्ता सिटी हस्पिटलले भने दोस्रो स्थान प्राप्त गर्दै आकर्षक ट्रफीमा चित्त बुझाएको छ। प्रतियोगितामा बिएनसी हस्पिटल, कन्काई हस्पिटल लक्ष्मी सनराइज बैंक, एलएनजी इन्सुरेन्स सिद्धार्थ बैंक, हिमालय इन्सुरेन्स, मेची आई हस्पिटल, अजोड इन्सुरेन्स, बिर्ता…
पाँचथर । मेचि राजमार्गअन्तर्गत फिदिम र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलामा निर्माणाधीन मोडुलर पुल (बेलिब्रिज) भाँचिँदा गम्भीर घाइते भएका ६ जना मजदुरहरूमध्ये उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीका अनुसार आइतबार राति नोबल मेडिकल कलेज, विराटनगरमा उपचाररत ३ कामदारको ज्यान गएको हो। मृत्यु हुनेमा बारा जिल्ला सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रुपलाल चौधरी, राजा चौधरी, राकेश चौधरी, रहेका छन् शनिबार पुल निर्माणको क्रममा बारीपारी जोड्ने बेलामा पुल अचानक भाँचिँदा उनीहरू गम्भीर घाइते भएका थिए। पाँचथरमै प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएपछि उनीहरूलाई बिराटनगरस्थित नोबल अस्पताल रिफर गरिएको थियो। हाल मृतक तीनै जनाको शव…
भारतको पश्चिमी शहर अहमदाबादमा बिहीबार लन्डनका लागि उडेको यात्रुवाहक विमान दुर्घटना भएको थियो । उक्त विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ। लन्डनका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएकोमा दुर्घटनास्थलमा एक जना जीवित फेला परेका छन् । भारतीय समाचार संस्थाका अनुसार विमानको ११-ए सीटमा बसेका यात्रु जीवितै भेटिएका हुन् । घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘‘हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ । हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो…
दुई सय ४२ यात्रु बोकेर लन्डनका लागि उडेको बोइङ ७८७ ड्रिमलाइनर विमान उडान भरेको केहीबेरमै विस्फोट भएको थियो। एयर इन्डियाको फ्लाइट नम्बर एआई-१७१ ले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटपछि १:४० बजे विमानस्थल नजिकै दुर्घटनाग्रस्त भयो। विमान विमानस्थल परिसरसँगै रहेको एयर कस्टम कार्गो अफिस नजिकै खसेको थियो। प्रारम्भिक रिपोर्टका अनुसार विमानको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ। हालसम्म प्राप्त जानकारी अनुसार, टेकअफका क्रममा विमान विमानस्थलको पर्खालमा ठोक्किएर आगो लागेको थियो। यद्यपि, दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ।