साझा अक्षर

तमोर बगर मा दुई महिलाको शव फेला

तमोर बगर मा दुई महिलाको शव फेला

  धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव भेटिएको छ । शवको पहिचान खुलेको छैन । छिमेकी जिल्ला तेह्रथुम र पाँचथरमा सोधपुछ भइरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । केही दिन यताको अविरल वर्षाले तमोर नदीमा बाढी आइरहेको छ । छिमेकी जिल्लाबाट शव बगाएर ल्याएको हुनसक्ने आशङ्का गरिएको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको छ । बिहान करिब ८ः३० बजे शव भेटिएको हो । शव भेटिएको स्थान मूलघाटदेखि करिब १ किलोमिटर पश्चिममा छ । त्यस्तै, चौबिसे गाउँपालिका ४ स्थित फलामेटार तमोर नदीमा…
Read More
चाडबाड नजिकिएसँगै भारतीय  बजारमा किनमेल गर्ने नेपालीको घुइँचो

चाडबाड नजिकिएसँगै भारतीय बजारमा किनमेल गर्ने नेपालीको घुइँचो

  बिर्तामोड असोज १३।। नेपालीहरूको महान चाड दशैं तिहार आउन अब केही समय मात्र बाँकी छ। दसैं तिहार  नजिकिएसँगै सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरु किनमेलका लागि ठूलो संख्यामा भारतीय बजारमा जान थालेका छन्। झापाको मेची नगरपालिका र भद्रपुर नगरपालिका संग जोडिएको भारतीय बजारमा अहिले चाड पर्वका लागि आवश्यक सामग्री किन्न आउने नेपालीहरुको भीडभाड देखिन्छ। नेपाली बजारमा भन्दा सस्तो मूल्यमा सामान पाइने भएकाले भारतीय बजारको आकर्षण बढेको भारतीय बजार पानी ट्याङ्कीमा सामान किन्न आएका नेपालीहरू को भनाइ छ किनमेल गर्न सीमावर्ती पानी ट्याङ्की बजार आएकी बिर्ता मोड ५ की बासिन्दा सोनाती चौधरीले सामान सस्तो पर्ने भएकाले भारतीय बजार आएको बताइन्। नजिकिँदै…
Read More
झ्याप्लेखोला पहिरोमा ३ वटा गाडी पुरिँदा ३० भन्दा बढीको मृत्यु

झ्याप्लेखोला पहिरोमा ३ वटा गाडी पुरिँदा ३० भन्दा बढीको मृत्यु

  धादिङ । निरन्तर बर्षाका कारण धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा ३ वटा गाडी पुरिँदा हालसम्म ३० भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परि एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएको थियो । चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको धादिङ प्रहरीले जनाएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । थापाकाअनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको शंकामा खोजी कार्य जारी रहेको छ ।…
Read More
डिभी भर्ने मिति घोषणा,अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भर्न सकिने

डिभी भर्ने मिति घोषणा,अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भर्न सकिने

 एजेन्सी  ।। अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आगामी डिभी लोटरी भर्ने मिति घोषणा गरेको छ । आगामी न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ५ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । दर्ता अवधिमा एक व्यक्तिको लागि एक भन्दा बढी आवेदनहरु पेश गरेमा त्यस व्यक्तिको लागि सबै आवेदनहरु अयोग्य हुने चेतावनी ब्यूरो अफ कन्सुलर अफेयर्सले दिएको छ । डिभी २०२६ को लागि अहिले अँग्रेजीमा कार्यक्रम निर्देशिका सार्वजनिक गरिएको छ भने अतिरिक्त भाषाहरूमा अनौपचारिक अनुवादहरू थपिने जनाइएको छ । यो बर्ष क्युबा डिभी लोटरीका लागि अयोग्य भएको छ भने योग्यताका सन्दर्भमा विगतका बर्षहरुको…
Read More
बिर्तामोडमा रेविज खोप कार्यक्रम सुरु

बिर्तामोडमा रेविज खोप कार्यक्रम सुरु

  बिर्तामोड, १२ असोज : बिर्तामोडमा रेविज खोप कार्यक्रम सुरु भएको छ । नगरपालिकाले विश्व रेविज दिवश २०८१ का अवसरमा खोप सप्ताह कार्यक्रम आजदेखि सुरु गरेको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले कार्यक्रम उद्घाटन गर्दै सबै वडामा जनप्रतिनिधिसहित लागेर यो सप्ताह सफल बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले रेबिज नियन्त्रणका लागि सकेसम्म धेरै कुकर, विरालोलाई खोप लगाउन आग्रहसमेत गर्नु भयो । भोलि वडा नम्बर १ का विभिन्न स्थानमा खोपकेन्द्र स्थापना गरी रेविजविरुद्दको खोप लगाईने छ । सबै वडा कार्यालयको समन्वयमा आवश्यक्ता अनुसार खोपकेन्द्र स्थापना गरी कार्यक्रम सञ्चालन गरीने पशुपंछि मत्स्य विकाश शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो । कार्यपालिका…
Read More
झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएयो

झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएयो

  काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले गरेको छ। पहिरो ले पुरिएको बसमा  कति यात्रु थिए भन्ने एकिन भइनसकेको र उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ।
Read More
गणपति बेकरीको तेस्रो शाखा चन्द्रगढीमा खुल्यो

गणपति बेकरीको तेस्रो शाखा चन्द्रगढीमा खुल्यो

  बिर्तामोड । झापाको बिर्तामोड बाट आफ्नु सेवा सुरु गरेको  गणपति बेकर्सले आफ्नो तेस्रो शाखा अन्तर्गत झापाको चन्द्रगढीबाट सेवा सुरु गरेको छ। आज शनिबार पत्रकार सम्मेलन गरी चन्द्रगढी शाखाको बारेमा जानकारी दिइएको हो । ‘फ्रेञ्चाइज मोडेलमा शाखा शुरु गरेका हौं,’ गणपतिका सञ्चालक राजु ढकालले भने । चन्द्रगढी विमानस्थल गेट अगाडी रहेको क्याफे बिडीपी (भद्रपुर)ले गणपतिको फ्रेञ्चाइज लिएको क्याफेका सञ्चालक रियाज ढकालले जानकारी दिए । करिब ६० लाखको  लगानीमा  सञ्चालनमा आएको क्याफे नजिकै रहेको चन्द्रगढी  विमानस्थललाई लक्षित गरी खोलिएको सञ्चालकले बताएका छन्। गणपति बेकरीको तेस्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको चन्द्रगढी शाखाले नेफोलिटाना पिज्जा, कफी, बर्थडे केक आफैँ उत्पादन गरेर ग्राहकलाई  सेवा…
Read More
मेची राजमार्ग अन्तर्गत हेवाखोलाको बेली ब्रिज बाडीले बगायो

मेची राजमार्ग अन्तर्गत हेवाखोलाको बेली ब्रिज बाडीले बगायो

  पाँचथर ।  गतवर्षको बाढीले पक्की पुल बगाएपछि बनाइएको हेवाखोलाको बेली ब्रिज पुन बाढीले बगाएको छ। मेचिराजमार्ग अन्तरगत  फिदिम ४ र हिलिहाङ ७ जाेड्ने हेवाखाेलाकाे बेली ब्रिज हेवा खाेलामा आएकाे बाढिले बगाएकाे फिदिम  ४ का वडाध्यक्ष उपेन्द्र लावतिले जानकारि दिए । बाढिले हिलिहाङ तर्फकाे पिल्लर बगाएकाे बताईएकाे छ ।  गत वर्ष असारमा आएकाे बाढिले हेवाखाेलाकाे पक्कि पुल बगाए पछि साेहि स्थानमा अस्थाई ब्रिज बनाईएकाे थियाे । ब्रिज बगाए पछि पाँचथरकाे हिलिहाङ,याङवर र ताप्लेजुङ तर्फकाे यातायात पुर्णरूपमा बन्द भएकाे छ । बेली ब्रिज बगाएसँगै नजिकिँदै गरेका चाडपर्वमा आवतजावत गर्न पनि स्थानीयलाई शास्ती भएको छ भने मालसामान ढुवानी गर्न पनि समस्या देखिएको…
Read More
सामान निकाल्न खोज्दा आमाछारीको पहिरोमा पुरीएर मृत्यु

सामान निकाल्न खोज्दा आमाछारीको पहिरोमा पुरीएर मृत्यु

धनकुटा।। १२ असोज।। पाख्रिवासमा पहिरोले घर बगाउदा आमाछोरीको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका वडा नं. ५ गुराँसे डाँडाको ३५ वर्षीया आशा तामाङ र उनकी आमा करीब ५० वर्षीया रामकुमारी तामाङको मृत्यु  भएको हो। बिहान करीब साढे ३ बजे तिर घर बगाउन लागेपछि घरमा रहेको सामान निकाल्न गएका आमाछारीको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। यता धनकुटाको छथर जोरपाटी गाँउपालिका ६ सिधुवामा पहिरोले गोठ पुर्दा १० भन्दा बढी चौपाया पुरेको वडाध्यक्ष दीपक गुरुङले जानकारी दिए। उनका अनुसार सिधुवा बजार पछाडिबाट गएको पहिरोको कारण बजारका केही घर समेत जोखिममा परेका छन्। यस्तै निरन्तरको वर्षाले चौविसे…
Read More
झापाको विभिन्न स्थानमा आएको बाढीले बगाउँदा तीनजना बेपत्ता

झापाको विभिन्न स्थानमा आएको बाढीले बगाउँदा तीनजना बेपत्ता

बिर्तामोड ।।  लगातारको झरीका कारण आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । कचनकवलको जमुना खोला, गौरीगञ्जको किस्ने खोला र कमल गाउँपालिकाको कृष्णे खोलाले बगाउँदा तीन जना बेपत्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी राजमार्गमा पर्ने किस्ने खोलाको पुलबाट हाम फाल्दा गौरीगञ्ज-२ भाकुरमारीस्थित सुकुम्वासी बस्तीका अन्दाजी ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनले पुल माथिबाट शुक्रबार दिउँसो ४ बजे हाम फालेका थिए । उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । त्यस्तै कमल गाउँपालिका-१…
Read More