साझा अक्षर

मोबाइल चोर्नकै लागि वृद्धाको हत्या, हत्यारा पक्राउ

मोबाइल चोर्नकै लागि वृद्धाको हत्या, हत्यारा  पक्राउ

मोबाइल चोर्नकै लागि वृद्धाको हत्या, हत्यारा पक्राउ

  झापा मंसिर ।  झापाको झापा गाउँपालिका-६ पुष्पाञ्जली टोलमा  र्वर्ष ८३ की वृद्धा फुलमाया मुर्मुको हत्या गरी फरार भएका  दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका-७ का २८ बर्षीय अजय यादव र २४ बर्षीय अशोक यादव रहेको प्रहरीले जनाएको छ । मंसिर २२ गते दिउँसो करिब ४:३० बजे फुलमाया मुर्मु आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार उनको टाउको र चिउडोमा फरुवा र कलको हेनडलले प्रहार गरी हत्या गरिएको थियो। घटनास्थलमा कर्तव्य गरी मार्न प्रयोग भएका कलको ह्याण्डिल र फरुवा बरामद गरिएको छ। मोबाइल चोर्ने उद्देश्यले वृद्धाको हत्या गरिएको प्रहरीले जनाएको छ।  वृद्धाको हत्यापछि चोरी…
Read More
एक करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित तीन जना पक्राउ

एक करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित तीन जना पक्राउ

कैलाली : कैलालीको भजनि नगरपालिका– ५ स्थित कौवाखेडा सीमाबाट एक करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। सुर्खेतको चौकुनी गाउँपालिका– १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनारलाई सशस्त्र प्रहरीले शनिबार  नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई  शङ्का लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार पाँच सय ६१ रुपियाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार चार सय ६० रुपियाँ बराबरको आठ किलो ९ सय…
Read More
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै छ। आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्ने छ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्ने छ। पहिलो खेल बिहान ९ बजेबाट सुरू हुनेछ। दोस्रो खेल १ बजेबाट सुरू हुनेछ। जनकपुर जारी एनपीएलमा अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको छ। तर नेट रनरेटका आधारमा भने तीनै खेल जितेको सुदूरपश्चिम रोयल्सभन्दा पछाडि छ। तीनै खेल जितेर समान ६ अंक बटुलेको सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो। जनकपुरको आजको प्रतिद्वन्द्वी लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ। तीनमा…
Read More
दमक भ्यु टावरको केपी शर्मा ओलीले भोलि उद्घाटन गर्ने

दमक भ्यु टावरको केपी शर्मा ओलीले भोलि उद्घाटन गर्ने

  बिर्तामोड मङ्सिर २२।।  झापाको  दमकमा निर्माण गरिएको बहुपयोगी १८ तले भवन (दमक भ्यु टावरको) भोलि उद्घाटन हुने भएको छ। दमक नगरपालिका–३ दापगाछीमा  एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। । ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको  शिलान्यास गरेका थिए…
Read More
दक्षिण भारतमा कार दुर्घटना पाँच जनाको मृत्यु

दक्षिण भारतमा कार दुर्घटना पाँच जनाको मृत्यु

  एजेन्सी ।। दक्षिणी भारतको  राज्य तेलङ्गानामा शनिबार बिहानै कार तालमा खस्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटना राज्यको यादद्री भुवनगिरि जिल्ला जलालपुर नजिकै भएको हो । कार चालकले गाडीमाथि नियन्त्रण गुमाएकाले दुर्घटना भएको हाे । प्रहरीका अनुसार पाँचै जनाको शव निकालिएको छ भने घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
Read More
पश्चिमी वायुको प्रभावको कारण अत्याधिक चिसो बढ्यो तराईमा हुस्सु

पश्चिमी वायुको प्रभावको कारण अत्याधिक चिसो बढ्यो तराईमा हुस्सु

  झापा मंसिर २२ ।। केहीदिन देखि देशमा पश्चिमी वायुको आंशिक प्रभाव पार्न थालेको छ। सोही वायुको कारण कोशी  र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी , गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा…
Read More
धानको समर्थन मूल्य  तोकियो, खाद्य कम्पनीले ५० हजार क्विन्ट ल धान खरिद गर्न

धानको समर्थन मूल्य  तोकियो, खाद्य कम्पनीले ५० हजार क्विन्ट ल धान खरिद गर्न

  बिर्तामोड मंसिर २० ।।  खाद्य व्यवस्था तथा व्यापार  लिमिटेड  कम्पनीले धानको समर्थन मूल्य  तोकेको छ।कम्पनीले  प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ रुपैयाँ  तोकेको छ” कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि हो । यसै बीच विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल…
Read More
एनपीएल क्रिकेटमा जनकपुरको लगातार तेस्रो जित

एनपीएल क्रिकेटमा जनकपुरको लगातार तेस्रो जित

  काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमामा जनकपुर बोल्ट्सले तेस्रो जित हात पारेको छ।  पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य जनकपुरले तीन विकेट गुमाएर चुमेको हो।टस जितेर फिल्डिङ रोजेपछि  पोखरा एभेन्जर्सले ब्याटिङ गरेको थियो। पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनाएका थियो। जितका लागि मैदानमा उत्रिएको जनकपुरका लागि लाहिरू मालिन्था ४५, आशिफ शेख ३३,  अनिल साह १ले एक रन बनाए।  जनकपुरका लागि हर्ष ठाकर १३ र जिमी नसिमले ४० रनको अविजित पारी खेले। पोखराका लागि म्याट क्रिट्ले ३५, आन्द्रे गोस २०, दिनेश खरेल १०, कुशल भुर्तेल ६, दिलिपनाथ १०, रेइमन रिफर १७, माइकल लिस्कले २५ रनको योगदान दिए भने नारायण जोशीले…
Read More
बिर्तामोड वडा नम्बर ७ मा’एक घर एक बत्ती अभियान’ सुरु

बिर्तामोड वडा नम्बर ७ मा’एक घर एक बत्ती अभियान’ सुरु

  बिर्तामोड, १९ मंसिर :बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा'एक घर एक बत्ती अभियान' सुरुवात भएको छ । जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँडडुल गर्न सहज होस् भन्ने उदेश्यले 'एक घर एक बत्ती अभियान' सुरु गरीएको हो । यस वडामा २४ वटा टोल रहेका छन् । यी मध्ये हालसम्म हात्तीबाट बढी प्रभावित रहेका बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, स्रिजंघा, फक्तालुङ लगायतका टोलमा १५० भन्दा बढी सडक बत्ती जडान गरीएको वडाअध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिनुभयो । उहाँले यो अभियानलाई प्राथमिकताको साथ अघि बढाईने बताउनु भयो । अहिले बत्ती जडान कार्य धमाधम भईरहेको र सबै ठाउँमा आवश्यकता अनुसार…
Read More
न्युटन्स् बाल क्लद्वारा अपाङ्गता भएका दुई शिक्षकलाई सम्मान

न्युटन्स् बाल क्लद्वारा अपाङ्गता भएका दुई शिक्षकलाई सम्मान

  बिर्तामोड मंसिर १८ ।। ३० औं अन्तरास्ट्रिय अपाङ्गता दिवस तथा विद्यालयका संस्थापक हरि प्रसाईंको स्मृति दिवसको अवसरमा न्युटन्स् बाल क्लबले अपाङ्गता भएका दुई शिक्षकलाई सम्मान गरेको छ । बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेसन एकेडेमीमा रहेको बाल क्लबले समावेशी तथा दिगो भविष्यको आधार, अपाङ्ग भएका व्यक्तिहरुको प्रवल नेतृत्वको आधार भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा दुर्गा माध्यमिक विद्यालयका शिक्षकद्वय पदम अधिकारी र चन्द्र भट्टराईलाई दोसल्ला, टोपी र मायाको चिनोले सम्मान गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले जानकारी दिनुभयो। बाल क्लबका अध्यक्ष अन्स न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालयका डाईरेक्टर आशिष प्रसाईं रहेका थिए । उक्त अवसरमा बालबालिका तथा शिक्षा संचार…
Read More