आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध (पितृपक्ष) आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ । पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु…
बिर्तामोड , झापा । असोज ४ श्री हरियाली सामुदायिक वन उपभोक्ता समूह, बिर्तामोड नगरपालिका–६, बुट्टाबारी झापाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम उपभोक्ता समूहका अध्यक्ष जगतकुमार राईको अध्यक्षता र स्थानीय समाजसेवी लोकबन्धु कन्दङबाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वाको विशेष आतिथ्यतामा रहेको थियो ।कार्यक्रममा झापा जिल्ला वन महासङ्घका प्रतिनिधि, डिभिजन वन कार्यालय झापाका प्रमुख अधिकृत, समाजसेवी रामकुमार कन्दङबा। न्यायिक समिति संयोजक तेजबहादुर कन्दङबा लेखा समिति संयोजक विष्णुप्रसाद पोख्रेल र बिर्तामोड नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षहरू लगायत स्थानीय विभिन्न समाजसेवी तथा बुद्धिजीवीहरुको आतिथ्यता रहेको थियो। साधारण सभामा आर्थिक,…
असोज १ ।। आज विश्वकर्मा पूजा, मेसिनरी पार्टपूर्जा तथा प्राविधिक सामाग्रीको पूजा आजा गरी मनाइँदै छ । कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा यातायातका साधनहरू, हात हतियार, कारखानाहरू, उद्योगहरूमा पूजा अर्चना गरिनुका साथै भजनकृतन र आरती गरिन्छ । भगवान विश्वकर्माको जन्म भएको दिनका रूपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा पूजाको रूपमा मानिन्छ । यो नेपालसहित पूर्वोत्तर भारत र बंगाल राज्यमासमेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ । महादेवबाट पाएको सृष्टिको सृजना गर्ने जिम्मेवारी निभाउने क्रममा ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई…
झापा २९ भदौ ।। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु हुनेहरुको संख्या ७२ पुगेको जनाएको छ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आज (आइतबार) सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा सरकारले यस्तो जानकारी गराएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएअनुसार आन्दोलनकारीतर्फ ५९ जनाले मृत्युवरण गरेका छन् । यस्तै, प्रहरीतर्फ ३ जनाको निधन र कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरुको मृत्यु भएको हो । सरकारले जेनजी आन्दोलनमा मारिनेहरुलाई शहीद घोषणा गर्नुको साथै परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
झापा भाद्र २९ ।। नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी छन् । बिहान साढे ११ बजे उनले सिंहदरबारको गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रधानमन्त्री कार्यालयमा पुगेर जिम्मेवारी सम्हालेकी हुन् । कार्की शनिबारदेखि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन् । जेनजी पुस्ताको आन्दोलन चर्किएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते पदबाट राजीनामा दिएका थिए ।
झापा भाद्र २५ ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा संलग्न युवापुस्तालाई सन्देश पठाएका छन् । शिवपुरीस्थित नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर उनले ‘प्रिय जेन-जी बाबुनानीहरू’ शीर्षकमा सम्बोधन गर्दै यस्तो लेखेका छन्। प्रिय जेन्जी बाबुनानीहरू, आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन्। तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भूत आनन्द भर्छ। मलाई बच्चाहरूको वरिपरि रहन पाउँदा साँच्चिकै रोमाञ्चित महसुस हुन्छ। सायद तिमीहरूलाई थाहा छैन, व्यवस्था परिवर्तनको त्यो…
झापा।। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा को रुपमा लिएर जानेमा जेनजीहरूमाझ सहमति जुटेको छ। जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्। कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएको पनि बैठकमा जानकारी भएको छ। दिनभरि करिब ५ घन्टाभन्दा लामाे बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका हुन्।उनीहरूले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा सहमति गरेका हुन्।यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको सैनिक स्रोतले बताएको छ।
झापा भाद्र २५ ।। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा को रुपमा लिएर जानेमा जेनजीहरूमाझ सहमति जुटेको छ। जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्। कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएको पनि बैठकमा जानकारी भएको छ। दिनभरि करिब ५ घन्टाभन्दा लामाे बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका हुन्। उनीहरूले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा सहमति गरेका हुन्। यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको…
झापा भाद्र १८ ।। ईस्ट इन्टरकलेज टि - ट्वान्टी क्रिकेट प्रतियोगिता २०२५ को उपाधि विराटनगरको महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पसले हात पारेको छ। भद्रपुर स्थित मेची मल्टिपल क्याम्पसको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्को उपाधि दावेदार मानिएको आयोजक मेचि मल्टिपल कलेज भद्रपुर झापालाई हराउँदै महेन्द्र मोरङले उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मोरङले २० ओभरको समाप्तिमा १३६ रन जोड्न सफल भएको थियो। १३७ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको मेचीले सोचे अनुरूपको प्रदर्शन गर्न नसक्दा उपाधि महेन्द्र मोरङलाई सुम्पिएको हो। जितको लक्ष्य सहित मैदान प्रवेश गरेको मेचीका लागि बलरहरू क्रिजमा टिक्न नसक्दा सस्तैमा समेटिएको हो।…
झापा– प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि शनिबार (आज) चीन प्रस्थान गर्दैछन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चीन प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र…