पाँचथर ।। पाँचथरको मिक्लाजुङ–६ जोगीडाँडामा “प्रथम जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता २०८३” आयोजना हुने भएको छ। जोगीडाँडा युवा खेलकुद समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिता २०८३ साल जेष्ठ १५, १६ र १७ गते मिक्लाजुङ–६ पञ्चमी आधारभूत विद्यालयको प्राङ्गण जोगीडाँडामा सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रु. ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. ३० हजारसहित मेडल र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडीहरूलाई बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट लिबेरो तथा अन्य विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि प्रवेश शुल्क रु. ३ हजार ५ सय…
बिर्तामोड जेठ ४ ।। प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिका वडा नं ३ ले जितेको छ। बिर्तामोड ९ स्थित दुर्गा माविको खेलमैदानमा आज सम्पन्न फाइनलमा उपाधि दावेदार मानिएको बिर्तामोड ५ लाई ३-१ सेटले पराजित गर्दै वडा नं ३ ले उपाधि जितेको हो। पहिलो सेट बिर्तामोड नगरपालिकाले २५-२१ को सेटमा जितेको थियो। तर त्यसपछि लगातार तीन सेट जित्दै बिर्तामोड नगरपालिका ३ ले उपाधि जितेको हो। दोस्रो सेट बिर्तामोड ३ ले २५ -२० ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट २५-१५ ले जित हात हासिल गर्यो चौथो सेटमा २५-१९ को नतिजा हात पार्दै बिर्तामोड ३ च्याम्पियन बनेको हो पहिलो…
पाँचथर, फाल्गुनन्द ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–३ पौवा सारतापमा “सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता” आयोजना हुने भएको छ। स्थानीय स्तरमा भलिबल खेलको विकास, युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्ने तथा स्वर्गीय सुखबिर नेम्बाङले जिल्लाको भलिबल क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप प्रतियोगिता आयोजना गर्न लागिएको हो। फाल्गुनन्द गाउँपालिका–३ स्थित श्री सारताप मनोरत्न माध्यमिक विद्यालयको खेलमैदानमा यही जेठ २९, ३० र ३१ गते प्रतियोगिता सञ्चालन गरिने तयारी भइरहेको छ। प्रतियोगितामा पाँचथर जिल्लाका विभिन्न पालिका हरूको सहभागिता रहने छ। स्वर्गीय सुखबिर नेम्बाङ फाल्गुनन्द गाउँपालिका वडा नम्बर–३ का पूर्व वडा अध्यक्षसमेत हुन्। उनी क्षेत्रीय स्तरका चर्चित भलिबल खेलाडीका रूपमा परिचित थिए। खेलकुदमार्फत सामाजिक…
झापा जेष्ठ ३ ।। प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिता आजबाट झापाको बिर्तामोडमा सुरु भएको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ९ खेलकुद विकास समितिको आयोजना र बिर्तामोड नगर खेलकुद विकास समितिको सहआयोजनामा प्रतियोगिता सुरु भएको हो। बिर्तामोड ९ गरामनि स्थित दुर्गा माविको खेलमैदानमा आज भएको खेलबाट जित निकाल्दै वडा नम्बर ५, ६,३ र ८ सेमी फाइनलमा प्रवेश गरेका छन्। बिर्तामोड ३ ले बिर्तामोड ४ लाई २५-१७ र २५-१६ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो। बिर्तामोड ३ बाट विमान खड्का अभिषेक कामती भरत यादव धुर्व भण्डारी जस्ता अनुभवी खेलाडीहरू सहभागी छन्। त्यस्तै अर्को खेलमा बिर्तामोड ५ले…
झापा ।। धाईजन चारअलि महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आफूहरूले जित्ने सहभागी रतखोला फुटबल एकेडेमी दार्जिलिङ भारत र आयोजक धाइजन चाराली फुटबल क्लबका प्रशिक्षक र कप्तानले दाबी गरेका छन् । मेचीनगर नगरपालिका वडा नम्बर १२ स्थित स कालिका खेलमैदानमा आज आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि हात पार्ने दाबी गरेका हुन् । फाइनल खेल आइतबार यसै मैदानमा हुँदैछ। रतखोला फुटबल एकेडेमी दार्जिलिङका प्रशिक्षक विद्युतदासले आफ्ना अनुभवी खेलाडीहरू भएका कारण उपाधि आफूले जित्ने दाबी गरे त्यस्तै क्याप्टेन प्रतिज्ञा क्षेत्रीले आफूहरू उत्कृष्ट खेल्दै आयोजकलाई होम ग्राउन्डको एडभान्टेज भएपनि होम ग्राउन्डमै आयोजकलाई पराजित गर्दै उपाधि आफूले जित्ने दाबी गरिन्। त्यस्तै आयोजक…
बिर्तामोड ।। झापाको बिर्तामोडमा आयोजना हुन लागेको प्रथम उपमेयर कप वडा स्तरीय भलिबल प्रतियोगिता (पुरुष) २०८३ को खेलतालिका सार्वजनिक गरिएको छ । वडा नं. ९ खेलकुद विकास समितिको आयोजना तथा बिर्तामोड नगर खेलकुद विकास समितिको सह आयोजनामा सञ्चालन हुने प्रतियोगिता गरामनीस्थित दुर्गा माविको खेलमैदानमा हुनेछ । प्रतियोगितामा बिर्तामोड नगरपालिकाभित्रका १० वटा वडाको सहभागिता रहनेछ । सार्वजनिक गरिएको खेल तालिकाअनुसार उद्घाटन खेलमा वडा नं. ९ र वडा नं. १० बीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल बिहान ९ बजे सुरु हुने तालिका सार्वजनिक गरिएको छ । पहिलो दिन प्रारम्भिक चरणका कुल ६ खेल सञ्चालन हुनेछन् । प्रारम्भिक चरण पार गरेका टोलीबीच…
झापा ।। पाहुना टिम रथखोला फुटबल क्लब दार्जिलिङ भारत झापाको धाइजनमा जारी धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। यो सँगै फाइनलमा आयोजक धाइजन चारआली फुटबल क्लबसँगको भेट पक्का गरेको छ मेचीनगर १२ धाइजनस्थित कालिका खेलमैदानमा आज भएको अन्तिम सेमिफाइन खेलमा उपाधि दावेदारका रुपमा हेरिएको जनता सेभेन फुटबल क्लब सूर्योदय इलामलाई ३ -१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। रथखोलाका तर्फबाट ममता राय, प्रतिज्ञा क्षेत्री र सुजु राईले एकएक गोल गरे। पराजित जनता सेभेनको तर्फबाट नेहा श्रेष्ठले एक गोल फर्काइन्। प्रतियोगिताको फाइनल खेल आगामी जेष्ठ ३ गते धाइजन चाराली फुटबल क्लब र रथखोला…
झापा ।। आयोजक धाइजन चारआली फुटबल क्लब झापाको धाइजनमा जारी धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मेचीनगर १२ धाइजनस्थित कालिका खेलमैदानमा आज भएको पहिलो सेमिफाइन खेलमा भद्रपुर ब्लेजरस् लाई दुई शून्य गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। आयोजकका लागि पहिलो हाफमा सरस्वती राजवंशी दोस्रो हाफको इन्जुरी टाइममा करुणा राईले गोल गरिन्। पराजित भद्रपुर ब्लेजर्सले भने आज सोचे अनुरुपको प्रदर्शन गर्न सकेन खेल अवधिभर आयोजकको दबाबमा रह्यो। अन्तिम अन्तिम समयमा पाएका केही अवसरहरूलाई पनि सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी आयोजक धाइजन चारआली फुटबल क्लबकी सरस्वती राजवंशी…
झापा ।। झापाको बिर्तामोडमा महिलाको सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ज्योति ब्युटी सलुन एण्ड एकेडेमीले प्रेरणादायी सामाजिक पहल सुरु गरेको छ। बिर्तामोड–२ चारपानेस्थित एकेडेमीले आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म पूर्ण रूपमा निःशुल्क नेल आर्ट तालिम सञ्चालन गर्ने भएको छ। आजको प्रतिस्पर्धात्मक समयमा केवल शैक्षिक प्रमाणपत्रले मात्र भविष्य सुनिश्चित नहुने यथार्थलाई आत्मसात गर्दै महिलालाई व्यावहारिक सीपमार्फत आत्मनिर्भर बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको संस्थाले जनाएको छ। ७ दिने उक्त तालिम संस्थाको आफ्नै सुविधा सम्पन्न तालिम हलमा सञ्चालन हुनेछ भने सीमित सहभागी मात्र समावेश गरिने भएकाले इच्छुक महिलालाई समयमै सम्पर्क गरी नाम दर्ता गराउन आग्रह गरिएको छ। संस्थाका…
झापा वैशाख ३० ।। झापाको मेचीनगर १२ धाइजनस्थित कालिका खेलमैदानमा जारी धाइजन चारआली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ। आज भएको अन्तिम क्वाटर फाइनल खेलमा कन्काई नगरपालिका सुरुङ्गा झापालाई 5-0 गोल अन्तरले पराजित गर्दै जनता सेभेन फुटबल क्लब सूर्योदय नगरपालिका इलाम अन्तिम चारमा प्रवेश गरेसँगै सेमीफाइनल समीकरण पुरा भएको हो। जनता सेभेन फुटबल क्लब इलामका लागि ललिता मण्डलले ह्याट्रिक सहित चार गोल गरिन् भने रेखा बिष्टले एक गोल गरिन्। पराजित कन्काई नगरपालिका सुरुङ्गा झापाले भने पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी जनता सेभेनकी ललिता मण्डल वुमन्स…