भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजीबाट नेपाल फर्किएका विद्यार्थीले पत्रकार सम्मेलन गर्दै आफूहरू कलेजमा फर्किन सक्ने अवस्थामा नरहेको बताएका छन्। नेपाल आएर कलेजमा भएको घटनाबारे जानकारी दिन आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनीहरूले सो कुरा बताएका हुन्। एक विद्यार्थीले परिचय नखुलाउन आग्रह गर्दै हाेस्टेलबाट निकाल्दा कलेजले बाहिरबाट मान्छे लिएर कुटपिट गरेको बताएका छन्। उनका अनुसार ‘घटना भएको अर्को दिन हामीले प्रकृतिको न्यायका लागि आन्दोलन गर्यौँ। त्यसपछि हामीलाई निकालियो। निकाल्दा बाहिरबाट मान्छे लिएर कुटपिट गरियो। त्यसरी त कुकुरलाई पनि कुटिँदैन’, भनेर गुनासो समेत गरेका छन्। ‘कुटिएका हामीहरू यहाँ छौँ। त्यहाँ कुरा मिल्यो रे ! कसरी मिल्यो?’ उनले प्रश्न गर्दै…
भद्रपुर, फागुन ९ । आयोजक टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ७२ औँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा राईले गोल गरे । खेलको ७४ औँ मिनेटमा भद्रपुरले पेनाल्टीमा…
काठमाडौं।९ फागुन।। गएको माघ महिनामा देशभर ४ सय ७८ वटा आगलागीका घटना भएका छन्।उक्त घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन्। मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएको उनले बताएका छन् । त्यसैगरी घटनाबाट १७ परिवार विस्थापित भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा तीन हजार ५०३ जना प्रहरी परिचालन गरिएको थियो । कोशी प्रदेशमा एक सय २९ वटा, मधेशप्रदेशमा ८९, बागमती प्रदेशमा ४२, काठमाडौँ उपत्यकामा ३७, गण्डकी प्रदेशमा…
बिर्तामोड, ८ फागुन : बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिनेछ । नगरका ४ वटा स्थानमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १मा फागुन ११ गते, वडा नम्बर १० मा फागुन १२ गते, वडा नम्बर ९ मा फागुन १३ गते र बिर्तामोड नगरअस्पतालमा १५…
भद्रपुर, फागुन ८ । झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको हारको बदला लिएको छ । झापाका लागि खेलको २९ औँ मिनेटमा एक मात्र गोल बबिन बोहोराले गरे । एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए । उनको गोल नै निर्णायक बन्यो । झापाले क्वार्टर फाइनलमा चर्च…
मङ्गलबारे फागुन ७ ।। शेखर राईको ह्याट्रिक मद्दतमा सूर्योदय नगरपालिका रोङ गाउँपालिकालाई पराजित गर्दै दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सूर्योदय नगरपालिकाले रोङ गाउँपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। सूर्योदयको जितमा जर्सी नम्बर १० का शेखर राईले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्न सफल भए भने अर्को एक गोल सौरभ कार्कीको नाममा रह्यो देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा पहिलो हाफको नवौँ मिनेटमा सौरभ कार्कीको गोलबाट सूर्योदय नगरपालिकाले अग्रता बनाएको थियो। कर्नरबाट आएको बललाई कार्कीले वान टचमै जाली चुमाइदिएका थिए। त्यसैगरी पहिलो…
बिर्तामोड, फागुन ७ । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लाेसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ३९ औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो । सो बललाई भद्रपुरका…
मङ्गलबारे फागुन ६ ।। डिफेन्डिङ च्याम्पियन माई नगरपालिकालाई पराजित गर्दै फाकफोकथुम गाउँपालिका दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा फाकफोकथुम गाउँपालिकाले माई नगरपालिकालाई टाईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा निर्धारित समयमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् माई नगरपालिकाका जर्सी नम्बर ९ हरि मगरले पहिलो हाफको एघारौँ मिनेटमा गरेको प्रहार क्रस बार नजिकैबाट बाहिरियो त्यस्तै दोस्रो हाफको १९औँ मिनेटमा जर्सी नम्बर ९९ का सुवास नेम्बाङको प्रहारलाई भने फाकफोकथुम गाउँपालिकाका गोलकिपर रोशन लिम्बुले बचाए।…
बिर्तामोड, ६ फागुन : बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर बितरण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषिलाई प्रविधि मैत्री बनाउन हरेक वर्ष यस प्रकारका सामाग्री बितरण गर्दै आएको बताउनु भयो । उहाँले कृषकहरुको मागलाई ध्यानमा राखेर विभिन्न प्रकारका सिपमुलक तालिम र मेशिन वितरण गर्दै आएको बताउँदै आगामी दिनमा अझै बढाएर लैजाने बताउनु भयो । कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्माले कृषकले प्राप्त गरेका सामाग्रीलाई उपलव्धी मुलक बनाउन सबैलाई आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै…
मङ्गलबारे फागुन ५ ।। सूर्योदय नगरपालिका दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज सोमबार भएको खेलमा देउमाई नगरपालिकालाई ३- १ गोल अन्तरले पराजित गर्दै सूर्योदय नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो। देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा पहिलो हाफको १२ औं मिनेटमा सूर्योदय नगरपालिकाको तर्फबाट जर्सी नम्बर १० का शेखर राईले गोल गर्दै टिमलाईअग्रता दिलाएका थिए । तर दोस्रो हाफको सत्रौँ मिनेटमा देउमाई नगरपालिकाका जर्सी नम्बर ७ का किरण राईले गोल गर्दै टोलीलाई खेलमा फर्काए देउमाई नगरपालिकाले गोलको खुसियाली मनाउन नपाउँदै सूर्योदय नगरपालिकाले पुन खेलमा अग्रता लियो सूर्योदय नगरपालिकाका तर्फबाट सुसन कार्कीले…