बिर्तामोड । बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वडालाई जोड्ने स्थानीय टिमाई खोलामा बनेको कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । झापा क्षेत्र नम्बर १ का सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोलुबुंगे गौडा रमिते गौडा झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । टिमाई खोलामा बनेको सो पुलको लम्बाई ४७७ मिटर लामो छ भने यसको निर्माणमा पाँच करोड ९८ लाख ७६१ रुपैयाँ खर्च भएको जनाइएको छ । पुल उद्घाटन कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ लगायतको उपस्थिति रहेको थियो । कोशी प्रदेशकै लामो उक्त झोलुङ्गे पुल उद्घाटन पूर्व नै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको…
झापा ।। सल्यानमा आफ्नै आमाले दुई नाबालिका छोरीको हत्या गरेकी छिन् नाबालिका घरभित्रै मृत भेटिएको प्रकरणमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका- ११ गलगौल (सिस्नेपातल) का ३ वर्षीया करिश्मा राना र ६ महिने नाबालिका राघवी राना मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले बताए । बुधबार बिहान ती दिदीबहिनीसँगै आमा पूर्णिमा राना पनि घरमै थिइन् । यही प्रकरणमा प्रहरीले आमालाई हिरासतमा लिएको हो। दुई छोरीका बुवा टेकमान राना कामका लागि नुवाकोटमा थिए । घटना शंकास्पद देखिएपछि प्रहरीले आमा पूर्णिमालाई नियन्त्रणमा लिएको थियो । दुई छोरी हत्या आरोपमा नियन्त्रणमा लिएपछि प्रहरीले पूर्णिमासँग सोधपुछ गरेको…
बिर्तामोड पुस २४ ।। झापाको बिर्तामोडमा नवजात शिशु मृत फेला परेको छ । बिर्तामोड ५ को जात्रुवारीमा अन्दाजी ३÷४ महिनाको जस्तो देखिने नवजात शिशु बेवारिसे अबस्थामा फालिएको फेला परेको हो । आज दिउँसो अन्दाजी २.३० बजे जात्रुबारीको घुमाउरो टोलस्थित सडकको छेउमा नवजात शिशु फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।त्यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । करिव एक महिनाअघि पनि त्यस ठाउँमा त्यस्तै नवजात शिशुको शव फेला परेको थियो ।
एजेन्सी ।। चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको छ। तिब्बतको द्रिगी आसपास केन्द्रबिन्दू भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ३६ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ। भूकम्पको धक्का नेपाल भारत भुटान लगायतका देशहरुमा समेत महसुस गरिएको थियो। नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
झापा पौष २३ चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको छ आज मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्काले नागरिकहरु सडकमा निस्किएका थिए । भूकम्पको धक्का पूर्वी नेपालका अधिका ंश जिल्लाहरूमा महसुस गरिएको छ। तराइका जिल्ला र काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । बिहान भूकम्प आउँदा अधिकांश मानिसहरु सुतिरहेका थिए । भूकम्पले हल्लाएपछि मानिसहरु दौडेर सडकमा जम्मा भएका थिए । भूकम्पको धक्का क्रोक्रो हल्लाएजसरी विस्तारै तर केही लामो समय महसुस भएको थियो । भूकम्पको…
झापा पुस २१ ।। झापाको काँकरभिट्टामा भारतीय गाडीले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । हिजो साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बरको स्करपियो गाडीले ठक्कर दिँदा मेचीनगर-६ साठ्ठीबिघा बस्ने ६५ वर्षीया माला थापालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। भारतको पानिट्याङ्कीतर्फ जाँदै गरेको डब्ल्युबी ७४ बिएन ६८८५ नम्बरको गाडीले थापालाई सडक काट्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ । थापाको उपचारको क्रममा राति साढे १० बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको टाउको र बायाँ हातको औँलामा चोट लागेको थियो । थापाका पति तत्कालीन गाउँ पञ्चायतका अध्यक्ष लक्ष्मण…
सर्लाही । सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ । उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता भएका थिए । पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए । कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय…
एजेन्सी ।। चीनमा ह्यूमन मेटान्यूमो अर्थात् एचएमपीभी भाइरसको सङक्रमण फैलिएको छ । कोरोना भाइरसका जस्तै लक्षण रहेको यो सङक्रमणबाट सयौं नागरिक बिरामी परेका छन् । अस्पतालमा यस्ता लक्षणसहित बिरामीको चाप बढ्दो छ । पाँच वर्ष अघि चीनबाट कोरोना महामारी फैलिएको थियो । अहिले फैलिएको एचएमपीभी भाइरसबाट साना बालबालिका र कमजोर समूहमा पर्ने वृद्धवृद्धा, दीर्घरोगी उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरसबाट सङ्क्रमितमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण छन् । खोक्दा र हाँच्छ्यु गर्दा भाइरस…
बिर्तामोड । बिर्तामोडमा रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल लिङ्कन मन्टेश्वरी स्कुलमा निस्शुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बिर्तामोड आँखा अस्पतालको व्यवस्थापनमा सञ्चालित रहेको नेशनल एडभान्स डेन्टलको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो । उक्त शिविरमा विद्यार्थी र अभिभावक गरेर ८० जनाको दन्त परिक्षण गरिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । विद्यालयले प्रत्येक वर्ष बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्दै आएकोमा यस वर्ष भने दाँतको परिक्षण गरिएको स्कुलका सञ्चालक सरौज पौडेलले बताए ।