झापा भाद्र १८ ।। ईस्ट इन्टरकलेज टि - ट्वान्टी क्रिकेट प्रतियोगिता २०२५ को उपाधि विराटनगरको महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पसले हात पारेको छ। भद्रपुर स्थित मेची मल्टिपल क्याम्पसको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्को उपाधि दावेदार मानिएको आयोजक मेचि मल्टिपल कलेज भद्रपुर झापालाई हराउँदै महेन्द्र मोरङले उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मोरङले २० ओभरको समाप्तिमा १३६ रन जोड्न सफल भएको थियो। १३७ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको मेचीले सोचे अनुरूपको प्रदर्शन गर्न नसक्दा उपाधि महेन्द्र मोरङलाई सुम्पिएको हो। जितको लक्ष्य सहित मैदान प्रवेश गरेको मेचीका लागि बलरहरू क्रिजमा टिक्न नसक्दा सस्तैमा समेटिएको हो।…
झापा– प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि शनिबार (आज) चीन प्रस्थान गर्दैछन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चीन प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र…
बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्विमिङ पुलमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ। शुक्रबार साँझ बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईँ स्विमिङ पुलमा मृत फेला परेको भनी पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई खबर गरेका थिए। मृतक प्रसाईँ आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न शुक्रबार दिउँसो पार्कमा पुगेका थिए । पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको उनले बताएका छन् घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
झापा भाद्र १३ ।।नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेको क्वेभर ब्यान्ड नेपालले आफ्नो नयाँ गीत "संगीत मेरो" को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेको छ। निमा वाङ्गेल तामाङ, को स्वरमा रहेको गीतमा सुबास श्रेष्ठ (ड्रम), सन्तोष श्रेष्ठ (बास गिटार), सुरज गहतराज (लीड गिटार), र सुदीप सिवा (बाँसुरी) ले साथ दिएका छन्। गीतको मिक्सिङ र एरेञ्ज जोनी तामाङ ले गरेका हुन्। भिडियोमा समना कार्की, युगेन लोहार र समिक्ष्या गौतम को अभिनय रहेको छ। बिनोद जंग क्षेत्रीले छायाङ्कन गरेको म्युजिक भिडियोमा सहायक छायांकन रबिन बस्नेत को रहेको छ। भिडियो सम्पादन सुभ बिबाह क्रिएसन स्टुडियो काँकरभिट्टा ले गरेको हो। सार्वजनिक म्युजिक भिडियोमा स्थानीय स्तरका…
झापा भाद्र १३ ।। झापाको अर्जुनधारामा अर्जुनधारा राष्ट्रिय महिला भलिबल लिग प्रतियोगिता हुने भएको छ। लक्ष्मी माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता २०८२असोज ६ गतेदेखि ११ गतेसम्म अर्जुनधारा ६ स्थित लक्ष्मी माविको खेलमैदानमा हुनेछ लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमहरु नेपाल एपीएफ, नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लब ,कोशी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र न्यु डाइमण्ड भलिबल क्लब को सहभागिता रहनेछ प्रतियोगिता आयोजना गर्न विभिन्न समिति तथा उपसमिति निर्माण गरी काम सुरु गरिएको छ। प्रभा काम्बाङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा रोशन डाँगी, फडेन्द्र सिग्देल, कृष्ण खड्का, मिलन लिम्बु ,जीवन लिङ्देन, जीवन खनाल ,विराज सुवेदी ,सुशील…
बिर्तामोड ।।अर्जुनधारा नगरपालिका वडा नम्बर ९ घोलधापमा दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरिय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता अर्जुनधारा ९ स्थित नमुना सामुदायिक वनको खेलमैदानमा २०८२ भदौ २७ गतेदेखि असोज ६ गतेसम्म सञ्चालन हुनेछ। गोलधाप युवा क्लबको आयोजनामा हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । सो कार्यक्रममा क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता तथा अर्जुनधारा नगर खेलकुद विकास समितिका सल्लाहकार वीरबहादुर राईको प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगिताको फाइनल असोज ६ गते सम्पन्न हुनेछ । विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३१ हजारसहित ट्रफी, मेडल र…
झापा भाद्र ९ ।। नेपाली नारीहरुको महान चाड हरितालिका तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ। तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ। विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितले सुयोग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट बनेका मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ। महिला यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि…
झापा भदौ ८ ।। रौतहटको गौरमा सुटकेश भित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेश भित्र महिलाको शव भेटिएको हो । शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो । सुटकेसभित्र कोचेर राखेको अवस्थामा शव फेला परेको डीएसपी कार्कीले बताए । महिलाको पहिचान खुलेको छैन । प्रहरीले मुचुल्कापछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ । घटनाका बारेमा…
निश्चल आचार्य झापा ।। पछिल्ला वर्षहरूमा नेपालमा गायन तथा नृत्यका रियालिटी शोहरू एकपछि अर्को गर्दै आयोजना भइरहेका छन्। नेपाली तारा, नेपाल आइडल , भ्वाइस अफ नेपाल , भ्वाइस अफ किड्स, मेरो भ्वाइस युनिभर्सल , मेरो डान्स युनिभर्स छमछमी जस्ता कार्यक्रमहरूले नयाँ प्रतिभा खोज्ने र तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने काम गर्दै आएका छन्। यस्ता प्रतियोगितामा सहभागी प्रतियोगीहरू अहिले सांगीतिक क्षेत्रमा आफ्नो भविष्य निर्माण गरिरहेका छन्। धेरैले यस्ता प्रतियोगितामा विजयी बनेर नाम र दाम दुवै कमाउन सफल भएका छन् भने कति प्रतिस्पर्धीहरु सोही कारण आफ्नो सांगीतिक करियर मात्र नभएर देश नै छोडेर पलायन भएका छन् …
झापा भाद्र ७ ।। आज भाद्र कृष्ण औंशी अर्थात बुबाको मुख हेर्ने दिन प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान्…