निश्चल आचार्य झापा ।। पछिल्ला वर्षहरूमा नेपालमा गायन तथा नृत्यका रियालिटी शोहरू एकपछि अर्को गर्दै आयोजना भइरहेका छन्। नेपाली तारा, नेपाल आइडल , भ्वाइस अफ नेपाल , भ्वाइस अफ किड्स, मेरो भ्वाइस युनिभर्सल , मेरो डान्स युनिभर्स छमछमी जस्ता कार्यक्रमहरूले नयाँ प्रतिभा खोज्ने र तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने काम गर्दै आएका छन्। यस्ता प्रतियोगितामा सहभागी प्रतियोगीहरू अहिले सांगीतिक क्षेत्रमा आफ्नो भविष्य निर्माण गरिरहेका छन्। धेरैले यस्ता प्रतियोगितामा विजयी बनेर नाम र दाम दुवै कमाउन सफल भएका छन् भने कति प्रतिस्पर्धीहरु सोही कारण आफ्नो सांगीतिक करियर मात्र नभएर देश नै छोडेर पलायन भएका छन् …
झापा भाद्र ७ ।। आज भाद्र कृष्ण औंशी अर्थात बुबाको मुख हेर्ने दिन प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान्…
झापा ।। नेपाली चलचित्र र म्युजिक भिडियो क्षेत्रमा सक्रिय निर्देशक सरोज अधिकारीले करिब तीन वर्षपछि नयाँ म्युजिक भिडियो 'तन् दिए मन दिए'को म्युजिक भिडियोबाट नेपाली सांगीतिक क्षेत्रमा फर्किएका छन् छन्। सार्वजनिक भएको केही समयमा नै भिडियोले सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया पाउँदै, दर्शक तथा श्रोतामाझ चर्चा कमाउन थालेको छ। यस म्युजिक भिडियोमार्फत करिब चार–पाँच वर्षपछि कलाकार चिरञ्जीवी अधिकारी पनि पुनः दर्शकमाझ फर्किएका छन्। उनीसँगै भूपाल मानसिंह कार्की, भूमिका मिश्र र आर्यन चुडालले म्युजिक भिडियोमा अभिनय गरेका छन्। नयाँ कलाकारहरूको जोडी र प्रस्तुतिलाई दर्शकले रुचाउने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ। निर्देशक अधिकारी पछिल्लो पटक ठूला ब्यानरको फिल्म ‘रावायण’ मा सहायक…
बिर्तामोड भाद्र २ ।। समग्र झापाको इतिहास समेटिएको त्यो झापाः औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार नामक पुस्तक प्रकाशनमा आउने भएको छ । झापाका पत्रकार एवम् लेखक तीर्थ सिग्देलको आठौं कृतिको रुपमा भदौं दोस्रो सातादेखि यो किताब बजारमा आउन लागेको हो ।किताबमा झापा जिल्ला गठन भएयताको इतिहास समेटिएको र त्यस कालखण्डको जनजीवन, भोगाई र संघर्षका घटनाहरु समावेश गरिएको लेखक सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकमा १९७२ सालमा मोरंग जिल्लाबाट झापा बनेपछिको यो जिल्लाको इतिहास संकलन गरिएको छ भने औलोको प्रकोप, बसाइँसराई र भूमिसुधारसँग सम्बन्धित घटनाहरुका जीवित पात्रहरुका बयान गराइएको छ ।इतिहास बिधाको लेखकको यो तेस्रो पुस्तक हो । यसअघि…
बिर्तामोड भाद्र १ ।। नेपाली गायन रियालिटी शो “मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सल– सिजन २” को फाइनलमा पुग्न सफल भारत सिक्किम निवासी दुई प्रतिस्पर्धीहरू यतिखेर भारत तथा नेपालका विभिन्न सहरहरूमा भोट माग्ने क्रममा रहेका छन्। अहिलेसम्मको धेरै धनराशी पुरस्कार भएको चर्चित रियालिटी शो मेरो भ्वाइस युनिभर्सलमा भारत दार्जिलिङ निवासी दीपराज राई गायनबाट फाइनलमा प्रवेश गरेका छन् भने अमृता राई नृत्य विधाबाट फाइनलमा प्रवेश गरेकी छन्। फाइनलमा आफ्नो प्रस्तुतिसँगै दर्शकको भोट पनि त्यतिकै आवश्यक पर्ने हुनाले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दर्शक महानुभावहरुलाई भोट गर्न अपिल गर्दै उनीहरू यतिबेला देश विदेश दौडाहामा रहेका छन् कार्यक्रमको सिलसिलामै उनीहरू आज…
झापा।। सरकारले ल्याएको शिक्षा विधेयक प्रति असहमति जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।प्याब्सन केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारले ल्याएको विधेयकमा निजी विद्यालयहरुका मागहरु सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । सरकारले ल्याएको शिक्षा विधेयकले निजी विद्यालयमाथि अनावश्यक कडाइ गरेको भन्दै देशव्यापी रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले २९ गते बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्याब्सनको केन्द्रीय कार्य समितिको निर्णयलाई ऐकेवद्धता जनाउँदै प्याब्सन झापाले समेत आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।…
बिर्तामोड साउन २१ ।। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापाले खुल्ला टिकटक तथा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । बुधबार एसको बिर्तामोड पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेको सो विषयमा जानकारी दिएको हो । ‘सुशासन र रोजगारी समाजवादको तयारी ’विषयमा टिकटक प्रतियोगिता गर्ने भएको हो । टिकटकमा सहभागीहरूले ३ मिनेटसम्मको भिडियो उत्पादन गरी यही साउन २५ गतेदेखि आगामी भदौ १ गते विहान १० बजेसम्म पार्टीले तोकेको मोवाइल नम्बरमा भिडियो पठाउनु पर्ने छ । पार्टीका जिल्ला अध्यक्ष विपी भट्टराईलेको खुल्ला प्रतियोगिता भएकाले जुनसुकै उमेर समूहका व्यक्तिले भाग लिन पाउने बताए । पार्टीले एप्रुभ गरी भदौ १ गते आफ्नो पेजमा अपलोड गरेपछि…
झापा साउन १९ ।। पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुस्थित बिरुवा गाउँमा गत शुक्रबारदेखि बेपत्ता भएका दुई बालबालिकाको शव खोलामा मृत अवस्थामा फेला परेको छ। बुधबार बिहान ६ वर्षीया नमुना राई र उनका दाजु ९ वर्षीय शिशिर राईको शव बिरुवा खोलामा फेला परेको इलाका प्रहरी कार्यालय च्याङथापुका प्रमुख भीम थेवेले जानकारी दिए। स्थानीयवासीले बिहान नमुनाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खोजी गर्ने क्रममा उनका दाजु शिशिरको शव पनि सोही खोलामा करिब २०० मिटर तल फेला परेको हो। प्रहरीका अनुसार बालबालिका नजिकैको खोलाको दहमा पौडी खेल्न गएका बेला खोलाले बगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा बाटोबाट किताबहरू छरिएको…
झापा, साउन १८।। झापा जिल्लाभरका श्रीकृष्ण प्रणामी समुदायसँग आबद्ध व्यवसायीहरूको साझा संस्था प्रणामी व्यवसायी संघ नेपाल, झापा जिल्ला कार्य समिति गठन गरिएको छ। कनकाई नगरपालिका–४ स्थित श्री कृष्ण प्रणामी मन्दिर माईधाममा सम्पन्न भेलाबाट युवा व्यवसायी टहल दास ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। कार्यक्रम श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको समन्वयमा तथा प्रणामी व्यवसायी संघ नेपालको सहभागितामा सम्पन्न भएको छ। कार्यक्रममा झापा जिल्लाभरिका श्रीकृष्ण प्रणामी व्यवसायीहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।कार्यक्रमको संयोजन सत्संग सेवा परिषद झापाका सदस्य दिनोज बजगाईले गरेका थिए भने अध्यक्षता परिषदका अध्यक्ष विष्णु प्रसाईंले गरेका थिए। श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सह–कोषाध्यक्ष अर्जुन वाग्ले प्रमुख अतिथ्यतामा…
बिर्तामोड साउन १८।। काठमाडौँमा रहेर वैदेशिक रोजगारीको लागि भरपर्दो र विश्वासिलो काम गर्दै आएको कालिञ्चोक मेनपावरको शाखा कार्यालय झापाको बिर्तामोडबाट सञ्चालनमा आएको छ। बिर्तामोड नगरपालिका वडा नं १ पश्चिम बस स्टेन नजिकै राजगढ बस स्टेनमा कार्यालय रहेर कालिञ्चोक मेनपावरको शाखा सञ्चालनमा आएको हो । आज आइतबार विधिवत रूपमा मेनपावर कार्यालयको शाखा उद्घाटन गरिएको छ । कम्पनीका सहायक निर्देशक स्वेच्छिक कार्कीले रिबन काटेर शाखा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघ झापाका प्रथम उपाध्यक्ष राजन सिलवाल, महासचिव नीरकुमार खत्री, सचिव राजेन्द्र पौडेललगायतले शुभकामना दिएका थिए । काठमाडौँ तथा झापामा रहेर लामो समय वैदेशिक रोजगार व्यवसायको अनुभव बटुलेका…