काठमाडौँ असार २९ ।। काठमाडौँको बुढानलकण्ठमा पहिलोपटक खुल्ला पुरुष फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ। इन्टरनेसनल इभेन्ट्स नेपालले आयोजना गर्न लागेको उक्त फुट्सल प्रतियोगिता बुढानीलकण्ठ स्थित देवी स्पोर्ट्स हाउसमा यही श्रावण २ र ३ गते हुने आयोजकले जानकारी दिएको छ। आई सी एस एजुकेशन माईग्रेसन मुख्य प्रायोजक रहेको प्रतियोगिताको एक्सट्रीम इनर्जी ड्रिंक्स पावर स्पोन्सर रहेको छ। प्रतियोगितामा काठमाडौँ; लगायत देशका विभिन्न फुट्सल क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ। साउन ३ गते हुने फाइनल विजेताले नगद १ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् यसैगरी विधागत रूपमा…
झापा असार २९।। नेपालि साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पढेको पाइन्छ । तत्कालीन श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए…
काठमाडौं।।सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु एक वर्ष पुग्दा पनि भेटिएका छैनन् । गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरो सँगै त्रिशूलीमा खसेका थिए। बसमा सवार यात्रुमध्ये ३९ जना अझै बेपत्ता छन् ।नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए ।तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता रहेका छन्…
काठमाण्डौ – घरपरिवारबाट टाढा बसेर खाडीका बिभिन्न देशमा पसिना बगाएर आर्जन गरेको रकम रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई रहेको छ । उनले यूएई , कतारमा लगाएत मध्यपूर्वी देशहरूमा वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीले वार्षिक रूपमा झन्डै साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने खाडी देशमा कार्यरत श्रमिकलाई सम्मान गर्ने वातावरण राज्यले बनाउनुपर्नेमा जोड दिएका हुन। ओमानमा रहेका नेपालीले गरेको सम्मान कार्यक्रममा घिसिङले श्रमको सम्मान गर्ने वातावरण नबनेसम्म देशको आर्थिक समृद्धि हासिल हुन नसक्ने उल्लेख गरे । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल…
काठमाडौँ।। विवादका कारण निर्धारित मिति अर्थात् असार १० मा बजेट ल्याउन नसकेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट असार २९ गते ल्याउने भएको छ । शुक्रबार बसेको कार्यपालिकाको बैठकले बजेट आइतबार ल्याउने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर मेयर बालेन्द्र साह र अन्य जनप्रतिनिधिबीचको विवादबीच शुक्रबार बसेको कार्यपालिका बैठकमा नयाँ बजेट असार २९ गते पेश गर्ने सहमति बनेको हो । काठमाडौँ महानगरकी उपप्रमुख सुनीता डङ्गोलले नगर सभामा उक्त बजेट पेश गर्नेछिन् । शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निर्धारण गरिसकेको छ । उपमेयर सुनिता…
झापा।।आज नेप्से परिसूचक २५.८९ अङ्कले बढेर २ हजार ७ सय ३१विन्दुमा पुगेको छ ।हिजोको कारोबार हेर्दा ७ अर्ब ४५ करोडको भएकोमा आज ३ सय १२ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर ९ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएका कारण बढेको देखिएको हो । आज सबै समूहको शेयर बढेकोमा बैंकिङ समूहको शेयर ३ प्रतिशतले उकालो लागेको छ भने जलविद्युत्, व्यापार समुह को कारोबार त्यति चित्तबुझ्दो भएन। माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ४६ प्रतिशत र विकास बैंक समूहको शेयर १ दशमलव १२ प्रतिशतले बढेको छ ।समग्रमा बजार बढेको दिन कर्पाेरेट विकास बैंकको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।आज…
झापा असार २५ ।। अर्जुनधारा नगरपालिका वडा नम्बर ८ सनिश्चरे बजारमा महिलाहरूको सामूहिक कुटाईबाट अर्की एक महिलाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका वार्ड नं ४ भाङवारी घर भई ८ नम्बर वडा शनिश्चरे क्याम्पस नजिक डेरा गरी बस्ने २२ बर्षिया युवती गंगा राईको मृत्यु भएको हो। आफ्ना पति गंगाको कोठामा गएको झोकमा सुस्मिता भुसालले साथी भेला गराई सामूहिक कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार राति ११ः३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने ३२ वर्षीया सुस्मिताले सोही ठाउँका ५४ वर्षीया मैया श्रेष्ठ,३८ वर्षीया बबिता विक,२४ वर्षीया मेनुका पाँचकोटे र ६०…
बिर्तामोड असार २५।। कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापाको समन्वयमा सञ्चालित १५ दिवसीय सीप अभिवृद्धि तालिम समापन भएको छ । असार ८ गतेबाट झापाको बिर्तामोड स्थित प्रथम आइटी कलेजको सभा हलमा सञ्चालित तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै औपचारिकरुपमा तालिम समापन गरिएको हो । आजको आवश्यकता, व्यवसायिक उच्च दक्षता भन्ने नारा दिएर हेल्भेटास नेपाल इन्स्योर परियोजनाको लगानीमा सहकारी संस्थाहरु, सहकारी पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा आइटी सेक्टरमा कार्यरत कर्मचारीहरुलाई ६० घण्टे तालिम दिइएको हो । बिर्तामोडस्थित प्रथम आईटी सिस्टम प्रालि र प्रयास प्रारम्भले तालिमको आयोजना गरेका थिए । तालिममा ४५ जना हाराहारीको सहभागिता थियो । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख…
बिर्तामोड ।। झापाको बिर्तामोड नगरपालिका वडा नं.३ मा रहेको लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको नि:शुल्क दन्त परीक्षण गरिएको छ । लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आज लिङ्कन मन्टेश्वरीमा अध्ययनरत सबै बालबालिकाको दन्त परीक्षण गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । अधिकांश बालबालिकामा दाँतको समस्या देखिने भएकाले समयमै समस्याको पहिचान गरी उपचार गर्ने उद्देश्यले दन्त परीक्षण गरिएको सञ्चालक पौडेलले बताए स्कुलमा पढ्ने प्ले ग्रुपदेखि युकेजीसम्मका सबै बालबालिकाको दन्त परीक्षण गरिएको छ । लोक स्वास्थ्य डेन्टल क्लिनिककी दन्त चिकित्सक डा.आस्मा भट्टराईले नेतृत्वको टोली बालबालिकाको दाँत परीक्षण गरेको थियो । डाक्टर भट्टराईले बालबालिकामा देखिएको दाँतको समस्याका बारेमा उनीहरूको अभिभावकलाई जानकारी गराएकी…
बिर्तामोड, २२ असार।। बिर्तामोड नगरपालिकाले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा ४.०० जीपीए (GPA) प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ। नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई दोसल्ला ओढाएर नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो। सम्मानित विद्यार्थीहरूमा वडा नं. २ स्थित मोहनमाया माध्यमिक विद्यालयका येलिना तिम्सिना, अनुपमा निरौला, अनुराग लुईटेल र अश्विन लुईटेल; वडा नं. ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयकी विद्या दाहाल; वडा नं. १ स्थित बाल्मिकी एजुकेशन फाउण्डेसनका अंकित कटुवाल र हृदय प्रसाद सिवाकोटी; तथा वडा नं. ५ स्थित अनारमनी लिबर्टी स्कुलका सौरभ अग्रवाल र सरोज निरौला रहेका छन्। उनीहरूका साथै अभिभावकहरू…