साझा अक्षर

फरवार्डको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

फरवार्डको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

फरवार्डको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अर्जुनधारा।२३ असोज ।।अर्जुनधारा नगरपालिका वडा नम्बर ८ मा रहेको फरवार्ड एजुकेशन फाउण्डेशन झापा प्रा.लि.ले नेपालीहरूको साझा चार्ड दशैं, तिहार, नेपाल सम्वत् ११४५ र छठ पर्व २०८१को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । फरवार्डको कार्यालयमा संस्थाका प्रबन्ध निर्देशक इन्द्रप्रसाद गिरीको अध्यक्षतामा तथा अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि उप्रेतीले उद्घाटन गरेको कार्यक्रममा संस्थापक गिरीले संस्थाको वर्तमान अवस्था र भावी रणनीति बारे जानकारी गराएका थिए। कार्यक्रममा आइइएलटीएस कक्षा प्रमुख हेमन्तराज घिमिरे, जापानिज भाषा प्रमुख श्रीकृष्ण भट्टराई, कोरियन भाषा प्रमुख गोविन शर्मा तिम्सिना, कम्प्युटर प्रशिक्षक इन्द्रकुमार रामलगायतले शुभकामना मन्तव्य राखेका थिए।संस्थाका सल्लाहकार अमित खम्बूले…
Read More
राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा पत्रकार अर्जुन राजवंशी चयन 

राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा पत्रकार अर्जुन राजवंशी चयन 

  बिर्तामोड । असोज २२।। राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा झापाली पत्रकार अर्जुन राजवंशी चयन  भएका छन् । राजवंशी समाज विकास समिति केन्द्रीय समितिले आज मंगलबार झापाको घैलाडुब्बामा आयोजना गरेको बृहत्त भेलामार्फत पत्रकार  राजवंशीलाई राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भेलाले राजवंशी समाज विकास समितिको विधानअनुसार मनोनित समेत गरी २५ सदस्यीय युवा समिति गठन गरेको हो । राजवंशी युवा समितिको उपाध्यक्ष पुरुषतर्फ विक्रम राजवंशी, उपाध्यक्ष महिलातर्फ पिङ्की राजवंशी, महासचिवमा प्रशान्तकुमार राजवंशी, दुई जना सचिवमा कपिलदेव राजवंशी र मेनुका राजवंशी तथा कोषाध्यक्षमा अनिल राजवंशीलाई सर्वसम्मत चयन गरेको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए…
Read More
वर्षा रोकिएसँगै सप्तकोशीमा जेटबोट…..

वर्षा रोकिएसँगै सप्तकोशीमा जेटबोट…..

सुनसरी। २२ असोज।। वर्षा रोकिएसँगै सप्तकोशीमा जलसतह र बहाव घट्दै गएपछी जेटबोट सञ्चालनमा ल्याइएको छ । सुनसरीको चतरास्थित सप्तकोशी नदी भएर आवतजावत गर्न यात्रुहरूलाई सहज होस् भन्ने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका हुन्।उनका अनुसार वर्षा रोकिएसँगै सप्तकोशीमा जलसतह र बहाव घट्दै गएपछि पुनः जेटबोट सञ्चालन सुरु गरिएको हो। दसैँका बेलामा जेटबोटको माध्यमले चतराबाट १० मिनटमा भोजपुरसम्मको यात्रा गर्न सकिने जनाइएको छ । चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सिमाना हतुवागढीसम्म उक्त बोट सञ्चालन हुँदै आएको छ । यस वर्ष पनी बर्खा समय सुरु भएसँगै सप्तकोशीमा जेटबोट सञ्चालनका लागि सुनसरी प्रशासनले रोक लगाएको थियो ।
Read More
अनैतिक सम्बन्ध लियो ज्यान, मध्यरातमा मुनाको घरमा गएका थिए राजेश

अनैतिक सम्बन्ध लियो ज्यान, मध्यरातमा मुनाको घरमा गएका थिए राजेश

  बिर्तामोड ।। झापा बाह्रदशी- ७ की  मुना मेचे (राजवंशी) संगको अनैतिक सम्बन्धका कारण राजेश ठाकुरको हत्या भएको अनुसन्धानबाट खुलेको छ। श्रीमान् अभय राजवंशी वैदेशिक रोजगारीका लागि साउदी अरब गएपछि मुना पाँच वर्षका सन्तानसहित घरमा एक्लै बस्दै आएकी थिइन्। मध्यराति राजेश मुनाको घर गएपछि सो घटना भएको प्रहरीको अनुसन्धाबाट खुलेको छ। राजेश गत जेठ १५ गते राति करिव ११.३० बजे मुनाको घरमा गएका थिए। बाह्रदशी ५ फूलवारी घर भएका राजेश करिव ३ किलोमिटर उत्तर मध्यरातमा सिमलवारीस्थित मुनाकहाँ गएको खुलेको हो। यसअघि सम्बन्ध बनेर बिग्रिसकेको अवस्थामा राजेश मुनाको घरमा गएपछि उनले आफ्ना देवर गणेश राजवंशीलाई आफ्नो घरमा चोर पसेको भन्दै खबर…
Read More
चौथो मिस्टर झापाको उपाधि अभिजित राजवंशीलाई

चौथो मिस्टर झापाको उपाधि अभिजित राजवंशीलाई

  बिर्तामोड असोज २१ ।। झापाको बिर्तामोडमा सम्पन्न चौथो संस्करणको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको उपाधि अभिजित राजवंशीले जितेका छन् । ७० केजी तौल समूहका उनले उपाधिसँगै नगद एक लाख ५१ हजार र ट्रफी प्राप्त गरे । उनले क्लासिक फिटनेसको प्रतिनिधित्व गरेका थिए । त्यस्तै, ६५ केजी तौल समूहका बिक्की राजवंशी दोस्रो भए । ग्यालेक्सी फिटनेसका उनले नगद एक लाख एक हजार र ट्रफी पाए । तेस्रो भएका दिवस श्रेष्ठले नगद ७६ हजार र ट्रफी पाए । ६० केजी तौल समूहका उनी ग्यालेक्सी फिटनेसका हुन् । त्यस्तै, चौथो भएका प्रकाश सुनारले नगद ५१ हजार र ट्रफी प्राप्त गरे । ५५…
Read More
सिन्धुलीमा बस दुर्घटना, दुईजनाको मृत्यु

सिन्धुलीमा बस दुर्घटना, दुईजनाको मृत्यु

  काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । बस आज दिउँसो ३ बजे  दुर्घटना भएको जनाइएको छ । बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Read More
हराइरहेका हजामको सब विरिङ खोलामा उत्खनन् गर्दा सडेको अवस्थामा फेला

हराइरहेका हजामको सब विरिङ खोलामा उत्खनन् गर्दा सडेको अवस्थामा फेला

  बिर्तामोड असोज २० ।। गत जेठ १५ गतेदेखि हराएका बाह्रदशी गाउँपालिका–५ फूलवारी का २२ वर्षीय राजेश हजामको शव फेला परेको छ। हजमको  शव बाह्रदशी गाउँपालिका – ७ स्थित विरिङ खोलामा उत्खनन् गर्दा सडेको अवस्थामा फेला परेको हो । साविक डाँगीवारी – ३ स्थित ‘लाफादी’ घाटको पश्चिम तर्फ खोला किनारमा अन्दाजी ५ फुट गहिरो खाडल खनेर हजामको शव पुरिएको अवस्थामा प्रहरीले उत्खनन् गर्दा भेटेको बाह्रदशी गाउँपालिका – ७ का वडाध्यक्ष मित्रप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार पानी बग्ने भाग भन्दा ५/७ मिटर पर हजामको शव पुरिएको अवस्थामा प्रहरीले फेला पारेको हो । दुई दिन लगाएर गरिएको उत्खनन्को क्रममा हजामको…
Read More
बिर्तामोडका मुख्य ठाउँहरुमा जेब्रा क्रसिङ निर्माण

बिर्तामोडका मुख्य ठाउँहरुमा जेब्रा क्रसिङ निर्माण

  बिर्तामोड, १९ असोज : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिर्तामोडका मुख्य ठाउँहरुमा जेब्रा क्रसिङ निर्माण गरेको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख निरीक्षक गणेश पौडेलले जानकारी दिनु भयो । उहाँका अनुसार मुक्तिचोक वरीपरी, भाटभटेनी सुपर मार्केट अगाडि र मोहनमाया माध्यमिक विद्यालय अगाडि गरेर ९ वटा जेब्रा क्रसिङ निर्माण गरिएको छ । यस अघि निर्माण गरिएका जेब्रा क्रसिङको रङ खुइलिएर देखिनै छाडेपछि यात्रुलाई सहज बनाउने उदेश्यले जेब्रा क्रसिङ निर्माण गरेको बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताउनु भयो । वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)अर्जुन प्रसाद सोडारीले स्थानिय विभिन्न…
Read More
न्युटन्स् एजुकेसन र कन्काई हस्पिटल बीच सम्झौता

न्युटन्स् एजुकेसन र कन्काई हस्पिटल बीच सम्झौता

बिर्तामोड,  न्युटनस् एजुकेसन एकेडेमीले   कन्काई हस्पिटलसँग सम्झौता गरेको छ। न्युटनस् एजुकेसन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूको आकस्मिक दुर्घटनाको उपचारका लागि  कन्काई हस्पिटलसँग सम्झौता भएको छ । विद्यालय परिसरभित्र भएका दुर्घटनाको लागि बिर्तामोड ५ स्थित कन्काई हस्पिटल प्रा.लि. र न्युटन्स् एजुकेसन एकेडेमीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।उक्त सम्झौतापत्रमा विद्यालयका तर्फबाट प्रिन्सिपल देबेन्द्र हुमागाईं र कन्काई हस्पिटलका तर्फबाट अध्यक्ष युवराज डाँगीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको न्यूनतम रु १००० देखि अधिकतम रु १ लाख सम्मको दुर्घटना औषधि उपचार बीमा विद्यालयको तर्फबाट गरिएको छ भने कन्काई हस्पिटल प्रा.लि.को तर्फबाट विभिन्न सेवाहरूमा छुट सुविधासहित अतिरिक्त सुविधा समेत प्रदान गरिएको छ । (more…)
Read More
हेटौडाबाट११ करोड रुपैयाँको सुनसहित दुई भारतीय पक्राउ

हेटौडाबाट११ करोड रुपैयाँको सुनसहित दुई भारतीय पक्राउ

  मकवानपुर असोज १९।। मकवानपुर प्रहरीले करिब साढे ११ करोडको अवैध सुन सहित दुई भारतीयलाई पक्राउ गरेको छ। नेपालीका ठूला चाडपर्व नजिकिँदै जाँदा हेटौंडामा अवैध सुन अनेक उपाय अपनाएर भित्र्याउने क्रम बढेपछि प्रहरी चनाखो भएको छ । मकवानपुर प्रहरीले शनिबार विहान ११ करोड बढीको अवैध सुनसहित हेटौंडामा २ भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले पूर्वपश्चिम सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपियाँको अवैध सुनसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघङ्ची थाना पुजारबाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली…
Read More