साझा अक्षर

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

  बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्विमिङ पुलमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ। शुक्रबार साँझ बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईँ स्विमिङ पुलमा मृत फेला परेको भनी पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई खबर गरेका थिए। मृतक प्रसाईँ आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न शुक्रबार दिउँसो पार्कमा पुगेका थिए । पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको उनले बताएका छन् घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
Read More
क्वेभर ब्यान्डको नयाँ म्युजिक भिडियो सार्वजनिक

क्वेभर ब्यान्डको नयाँ म्युजिक भिडियो सार्वजनिक

  झापा भाद्र १३ ।।नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेको क्वेभर ब्यान्ड नेपालले आफ्नो नयाँ गीत "संगीत मेरो" को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेको छ। निमा वाङ्गेल तामाङ, को स्वरमा रहेको गीतमा सुबास श्रेष्ठ (ड्रम), सन्तोष श्रेष्ठ (बास गिटार), सुरज गहतराज  (लीड गिटार), र सुदीप सिवा (बाँसुरी) ले साथ दिएका छन्। गीतको मिक्सिङ र एरेञ्ज जोनी तामाङ ले गरेका हुन्। भिडियोमा समना कार्की, युगेन लोहार र समिक्ष्या गौतम को अभिनय रहेको छ।  बिनोद जंग क्षेत्रीले छायाङ्कन गरेको म्युजिक भिडियोमा  सहायक छायांकन रबिन बस्नेत को रहेको छ। भिडियो सम्पादन सुभ बिबाह क्रिएसन स्टुडियो काँकरभिट्टा ले गरेको हो। सार्वजनिक म्युजिक भिडियोमा स्थानीय स्तरका…
Read More
अर्जुनधारामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै

अर्जुनधारामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै

  झापा भाद्र १३ ।।  झापाको अर्जुनधारामा अर्जुनधारा राष्ट्रिय महिला भलिबल लिग प्रतियोगिता हुने भएको छ। लक्ष्मी माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता २०८२असोज ६ गतेदेखि ११ गतेसम्म अर्जुनधारा ६ स्थित लक्ष्मी माविको खेलमैदानमा हुनेछ लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमहरु नेपाल एपीएफ, नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लब ,कोशी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र न्यु डाइमण्ड भलिबल क्लब को सहभागिता रहनेछ प्रतियोगिता आयोजना गर्न विभिन्न समिति तथा उपसमिति निर्माण गरी काम सुरु गरिएको छ। प्रभा काम्बाङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा रोशन डाँगी, फडेन्द्र सिग्देल, कृष्ण खड्का, मिलन लिम्बु ,जीवन लिङ्देन, जीवन खनाल ,विराज सुवेदी ,सुशील…
Read More
दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरिय भेट्रान्स  फुटबल प्रतियोगिता भदौ २७ देखि

दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरिय भेट्रान्स फुटबल प्रतियोगिता भदौ २७ देखि

  बिर्तामोड ।।अर्जुनधारा नगरपालिका वडा नम्बर ९ घोलधापमा दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरिय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता अर्जुनधारा ९ स्थित नमुना सामुदायिक वनको खेलमैदानमा २०८२ भदौ २७ गतेदेखि असोज ६ गतेसम्म सञ्चालन हुनेछ। गोलधाप युवा क्लबको आयोजनामा हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । सो कार्यक्रममा क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता तथा अर्जुनधारा नगर खेलकुद विकास समितिका सल्लाहकार वीरबहादुर राईको प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगिताको फाइनल असोज ६ गते सम्पन्न हुनेछ । विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३१ हजारसहित ट्रफी, मेडल र…
Read More
हरितालिका तीज अन्तर्गत आज दर खाने दिन

हरितालिका तीज अन्तर्गत आज दर खाने दिन

  झापा भाद्र ९ ।।  नेपाली नारीहरुको महान चाड हरितालिका तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ। तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ। विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितले सुयोग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट बनेका मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ। महिला यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि…
Read More
सुटकेसभित्र महिलाको शव फेला

सुटकेसभित्र महिलाको शव फेला

  झापा भदौ ८ ।। रौतहटको गौरमा सुटकेश भित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेश भित्र महिलाको शव भेटिएको हो ।   शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो ।   सुटकेसभित्र कोचेर राखेको अवस्थामा शव फेला परेको डीएसपी कार्कीले बताए । महिलाको पहिचान खुलेको छैन ।   प्रहरीले मुचुल्कापछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ । घटनाका बारेमा…
Read More
रियालिटी शोहरूमा भोटिङ सिस्टम हाउगुजी

रियालिटी शोहरूमा भोटिङ सिस्टम हाउगुजी

  निश्चल आचार्य झापा ।।    पछिल्ला वर्षहरूमा नेपालमा गायन तथा नृत्यका रियालिटी शोहरू एकपछि अर्को गर्दै आयोजना भइरहेका छन्। नेपाली तारा,  नेपाल आइडल , भ्वाइस अफ नेपाल , भ्वाइस अफ किड्स, मेरो भ्वाइस युनिभर्सल , मेरो डान्स युनिभर्स  छमछमी जस्ता कार्यक्रमहरूले नयाँ प्रतिभा खोज्ने र तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने काम गर्दै आएका छन्।   यस्ता प्रतियोगितामा सहभागी प्रतियोगीहरू अहिले सांगीतिक क्षेत्रमा आफ्नो भविष्य निर्माण गरिरहेका छन्। धेरैले यस्ता प्रतियोगितामा विजयी बनेर नाम र दाम दुवै कमाउन सफल भएका छन् भने कति प्रतिस्पर्धीहरु सोही कारण आफ्नो सांगीतिक करियर मात्र नभएर देश नै छोडेर पलायन भएका छन्  …
Read More
आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन

आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन

  झापा भाद्र ७ ।। आज भाद्र कृष्ण औंशी अर्थात बुबाको मुख हेर्ने दिन प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान्…
Read More
सरोज अधिकारीको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

सरोज अधिकारीको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

  झापा ।। नेपाली चलचित्र र म्युजिक भिडियो क्षेत्रमा सक्रिय निर्देशक सरोज अधिकारीले करिब तीन वर्षपछि नयाँ म्युजिक भिडियो 'तन् दिए मन दिए'को म्युजिक भिडियोबाट  नेपाली सांगीतिक क्षेत्रमा फर्किएका छन् छन्। सार्वजनिक भएको केही समयमा नै भिडियोले सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया पाउँदै, दर्शक तथा श्रोतामाझ चर्चा कमाउन थालेको छ। यस म्युजिक भिडियोमार्फत करिब चार–पाँच वर्षपछि कलाकार चिरञ्जीवी अधिकारी पनि पुनः दर्शकमाझ फर्किएका छन्। उनीसँगै भूपाल मानसिंह कार्की, भूमिका मिश्र र आर्यन चुडालले म्युजिक भिडियोमा अभिनय गरेका छन्। नयाँ कलाकारहरूको जोडी र प्रस्तुतिलाई दर्शकले रुचाउने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ। निर्देशक अधिकारी पछिल्लो पटक ठूला ब्यानरको फिल्म ‘रावायण’ मा सहायक…
Read More
तीर्थ सिग्देलको ‘त्यो झापा’ भदौ दोस्रो साता बजारमा आउने

तीर्थ सिग्देलको ‘त्यो झापा’ भदौ दोस्रो साता बजारमा आउने

  बिर्तामोड भाद्र २ ।। समग्र झापाको इतिहास समेटिएको त्यो झापाः औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार नामक पुस्तक प्रकाशनमा आउने भएको छ । झापाका पत्रकार एवम् लेखक तीर्थ सिग्देलको आठौं कृतिको रुपमा भदौं दोस्रो सातादेखि यो किताब बजारमा आउन लागेको हो ।किताबमा झापा जिल्ला गठन भएयताको इतिहास समेटिएको र त्यस कालखण्डको जनजीवन, भोगाई र संघर्षका घटनाहरु समावेश गरिएको लेखक सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकमा १९७२ सालमा मोरंग जिल्लाबाट झापा बनेपछिको यो जिल्लाको इतिहास संकलन गरिएको छ भने औलोको प्रकोप, बसाइँसराई र भूमिसुधारसँग सम्बन्धित घटनाहरुका जीवित पात्रहरुका बयान गराइएको छ ।इतिहास बिधाको लेखकको यो तेस्रो पुस्तक हो । यसअघि…
Read More