साझा अक्षर

झापामा राजनीतिक दलहरुबाट प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धता… 

झापामा राजनीतिक दलहरुबाट प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धता… 

झापामा राजनीतिक दलहरुबाट प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धता… 

झापा। ।झापामा राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धतासहित हस्ताक्षर गरेका छन्। बिर्तामोडमा आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा झापाका १० वटा राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धतासहित हस्ताक्षर गरेका हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाले ’प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिबद्धता’ विषयक अन्तर सम्वाद कार्यक्रमको आयोजना गरेको थियो सोहि कार्यक्रममा सहभागी राजनीतिक दलहरुले साझा प्रतिवद्धता जनाएका हुन्। कार्यक्रममा नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, नेकपा (माओवादी केन्द्र) झापा संयोजक राजु आचार्य अग्नि, राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सचिव शम्भु सुस्केरा, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा…
Read More

एमालेको संसदीय दलको बैठक आज

काठमाडौं।। आज शनिबार नेकपा एमालेको संसदीय दलको बैठक आह्वान गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजे बैठक बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। आज बस्ने बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुनेछ।यस्तै, दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए।
Read More
नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग

नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग

  मेचीनगर । नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग चयन भएका छन् । नकलबन्दा समाज विकास समितिको सभाहलमा बिहीबार सम्पन्न संस्थाको प्रथम साधारणसभाबाट दुई वर्षे कार्यकालका लागि अध्यक्षमा गुरुङ्ग चयन भएका हुन् । त्यसैगरी, संस्थाको उपाध्यक्षमा हिरा सुर्खेती, सचिवमा सुरज तामाङ, कोषाध्यक्षमा निखिल खड्का तथा सदस्यहरुमा सञ्जु कार्की, प्रज्वल बस्नेत, रामबहादुर गुरुङ्ग, किशोर उपरकोटी र विकुल खडिया चयन भए । संस्थाका अध्यक्ष भक्त गुरुङ्गको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर–५ का वडा सदस्यहरु पुष्पकुमार गेलाल, माया प्याकुरेल, निवर्तमान वडा सदस्यहरु मेघराज गेलाल, नारायण खड्का, नकलबन्दा बचत तथा ऋण सहकारी…
Read More
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर सार्वजनिक विदा

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर सार्वजनिक विदा

  झापा वैशाख १८ ।। आज १ मे अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । मजदुर आन्दोलनको सम्झना र मदजुरहरुको पेशागत हक अधिकारको वकालत गर्दै १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको श्रम संगठन एवम् श्रमिक नेताको सम्मेलनले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार…
Read More
यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भण्डारी र भुर्तेललाई

यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भण्डारी र भुर्तेललाई

  झापा   ।।  मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन राजा महेन्द्रलाई प्रदान गरेको विरोधमा आवज उठाउँदा जेल परेका दुई व्यक्तिलाई यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरिने भएको छ । पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम २०२८ सालमा  तत्कालीन युवराज बीरेन्द्र बीर बिक्रम शाहमार्फत २५ लाख रुपैयाँ महेन्द्रलाई पठाइएको थियो । सो क्रममा याम भण्डारी (मेचीनगर) र दिव्य भुर्तेल (भद्रपुर) ले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातना सहित जेल चलान गरिएको थियो । उनीहरुको सहासिक कदमको उच्च सम्मान गर्दै जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार राशिको पूर्ण–टुङ्ग आदर्श…
Read More
सरकारी नीतिहरूका कारण व्यवसाय गम्भीर सङ्कटमा परेको भन्दै नेपाल औषधि व्यवसायी सङ्घको चिन्ता…. 

सरकारी नीतिहरूका कारण व्यवसाय गम्भीर सङ्कटमा परेको भन्दै नेपाल औषधि व्यवसायी सङ्घको चिन्ता…. 

काठमाडौं।। नेपाल औषधि व्यवसायी सङ्घले सरकारी नीतिहरूका कारण औषधि व्यवसाय गम्भीर सङ्कटमा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले औषधि आपूर्ति तथा वितरण प्रणाली अव्यवस्थित भएको र यसले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने चेतावनी दिएको हो। सङ्घका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अत्यावश्यक औषधिहरूको खरिद र व्यवस्थापनमा देखिएको अव्यवस्था, ढिलासुस्ती र निर्णय प्रक्रियाको अस्पष्टताले औषधि व्यवसायीहरू समस्यामा परेका छन्। औषधि आपूर्ति तथा वितरणको जिम्मेवारी प्रदेश सरकार र स्वास्थ्य बीमा बोर्डमार्फत गरिँदै आएको भए पनि पूर्वतयारी विना सञ्चालन गर्दा औषधिको सहज उपलब्धता रोकिएको सङ्घले जनाएको छ। सङ्घले सरकारको ुरिर्जभ एन्टीयोटिकु का सम्बन्धी नयाँ नियमले समस्या…
Read More
अदालतले माग्यो गगन थापालाई लिखित जवाफ

अदालतले माग्यो गगन थापालाई लिखित जवाफ

काठमाडौं।। सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले महामन्त्री थापासँग लिखित जवाफ पेस गर्न आदेश दिएको हो । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे टिप्पणी गरेपछि अधिवक्ताहरू विशाला थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले आइतबार सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा महामन्त्री थापाले संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र त्यसविरुद्ध परेको रिटमाथि भइरहेको अदालती कारबाहीबारे टिप्पणी गरेका थिए ।
Read More
धनकुटातर्फ जादै गरेको बोलेरो अरुण नदीमा खस्यो…

धनकुटातर्फ जादै गरेको बोलेरो अरुण नदीमा खस्यो…

बिराटनगर ।। खाँदबारीबाट धनकुटातर्फ यात्रा गर्ने क्रममा रहेको बोलेरो जीप नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार प्रदेश १–०२–००२ च ४१०३ नम्बरको बोलेरो सुर्तीबारीस्थित नदीमा खसेको हो। प्रहरीका अनुसार सोमबार दिउँसो जीपले सोही स्थानमा पैदलयात्री ६६ वर्षीय ढोकरबहादुर पाण्डेलाई ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित भएको जीप अरुण नदीमा खसेको बताइएको छ। जीपले ठक्कर दिएका चैनपुरका पाण्डेको उपचार गरिएको छ। उनको अवस्था सामान्य रहे पनि जीपसहित नदीमा चालक २० वर्षीय किरण गुरुङ र जीप धनी ४० वर्षीय रमेश राई खसेको जनाइएको छ। दुई जना मात्र सवार रहेको जीप नदीमा खसेसँगै दुवै जनालाई नदीमा…
Read More
शिक्षक आन्दोलनबारेमा प्रतिपक्षी दलहरूबाट संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

शिक्षक आन्दोलनबारेमा प्रतिपक्षी दलहरूबाट संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाण्डाै।। विपक्षी दलहरूले शिक्षक आन्दोलन र मागबारे संसद्‍मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । विगतमा सरकार र नेपाल शिक्षक महासङ्घबीच भएका सम्झौताहरू कार्यान्वयनको मागसहित महासङ्घको आह्वानमा भइरहेको शिक्षक सडक आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै विपक्षी दलका सांसदहरूले छलफलका ६ बुँदा पेश गरेका छन् । जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउने सांसदहरूमा नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, आम जनता पार्टीका प्रभु साह हुनुहुन्छ । त्यसअघि प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलसहित सत्तापक्षका सांसदहरूले पनि हिजो शिक्षकहरूको आन्दोलनमा बल प्रयोग गरेकोमा विरोध गर्दै उनीहरूको…
Read More
प्रथम स्यालडागी नकआउट फुटबल कप को उपाधि सैनिक ११ फुटबल क्लबलाई

प्रथम स्यालडागी नकआउट फुटबल कप को उपाधि सैनिक ११ फुटबल क्लबलाई

  झापा ।। “ युवा उमेर होइन एउटा सोच हो। सोचमा खोट नहोस् सोच बदलौं देश बदलिन्छ" भन्ने नाराका साथ स्यालडाँगी युवा परिवार बिर्तामोड छ झापाको आयोजनामा सम्पन्न प्रथम स्यालडाँगी नकआउट फुटबल कप २०८२ को उपाधि सैनिक ११ फुटबल क्लब बिर्तामोड १० ले हात पारेको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित स्यालडागी खेलमैदानमा भएको फाइनल भीडन्तमा आयोजक स्यालडागी युवा परिवारलाई टाई ब्रेकर मा पराजित गर्दै उपाधि जित्न सफल भएको हो। निर्धारित समयमा दुवै टोलीबाट एकएक गोलको बराबरी भएसँगै निर्णय ट्राइबेकरमा पुगेको हो।  ट्राइबेकरमा आयोजक स्यालडाँगी युवा परिवारलाई ४/२ गोल अन्तरले पराजित गर्दै सैनिक ११ फुटबल क्लबले उपाधि जितेको हो।…
Read More