साझा अक्षर

समाचार

सरकारी कार्यालयमा पनि विद्युतीय भुक्तानी (Q R) प्रणाली लागू हुने

सरकारी कार्यालयमा पनि विद्युतीय भुक्तानी (Q R) प्रणाली लागू हुने

  झापा असर ३० ।। साउन १ गतेदेखि सरकारी कारोबारमा पूर्णत विद्युतीय भुक्तानी कायम हुने भएको छ। याे व्यवस्थासँगै अब सरकारी काराेबार नगदरहित हुने भएकाे छ। गत जेठ १५ गते प्रस्तुत गरेको बजेटको व्यवस्था अनुसार विद्युतीय भुक्तानीको व्यवस्था मिलाउन अर्थमन्त्रालयले सरोकारवाला निकायहरूलाई परिपत्र जारी गरेको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष अर्थात साउन १ गते लागू हुने गरी सबै सरकारी निकायलाई विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गर्ने सम्बन्धमा सूचना जारी गरेको हो। मन्त्रालयले सबै मन्त्रालय/आयोग/सचिवालय/कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, सार्वजनिक संस्थानहरू, बोर्ड/समिति/ प्रतिष्ठान सबै संस्थाहरू विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउन भनेको छ। सरकारले…
Read More
आज २१२औँ भानु जयन्ती, देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

आज २१२औँ भानु जयन्ती, देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

  झापा असार २९।। नेपालि साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पढेको पाइन्छ । तत्कालीन श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए…
Read More
रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने कुलमान घिसिङको भनाई…..

रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने कुलमान घिसिङको भनाई…..

काठमाण्डौ – घरपरिवारबाट टाढा बसेर खाडीका बिभिन्न देशमा पसिना बगाएर आर्जन गरेको रकम रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई रहेको छ । उनले यूएई , कतारमा लगाएत मध्यपूर्वी देशहरूमा वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीले वार्षिक रूपमा झन्डै साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने खाडी देशमा कार्यरत श्रमिकलाई सम्मान गर्ने वातावरण राज्यले बनाउनुपर्नेमा जोड दिएका हुन। ओमानमा रहेका नेपालीले गरेको सम्मान कार्यक्रममा घिसिङले श्रमको सम्मान गर्ने वातावरण नबनेसम्म देशको आर्थिक समृद्धि हासिल हुन नसक्ने उल्लेख गरे । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल…
Read More
शेयर बजार आज पनि बढ्यो

शेयर बजार आज पनि बढ्यो

झापा।।आज नेप्से परिसूचक २५.८९ अङ्कले बढेर २ हजार ७ सय ३१विन्दुमा पुगेको छ ।हिजोको कारोबार हेर्दा ७ अर्ब ४५ करोडको भएकोमा आज ३ सय १२ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर ९ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएका कारण बढेको देखिएको हो । आज सबै समूहको शेयर बढेकोमा बैंकिङ समूहको शेयर ३ प्रतिशतले उकालो लागेको छ भने जलविद्युत्, व्यापार समुह को कारोबार त्यति चित्तबुझ्दो भएन। माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ४६ प्रतिशत र विकास बैंक समूहको शेयर १ दशमलव १२ प्रतिशतले बढेको छ ।समग्रमा बजार बढेको दिन कर्पाेरेट विकास बैंकको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।आज…
Read More
अर्जुनधारामा सामूहिक कुटाइबाट महिलाको मृत्यु, श्रीमानसहित पाँच पक्राउ।

अर्जुनधारामा सामूहिक कुटाइबाट महिलाको मृत्यु, श्रीमानसहित पाँच पक्राउ।

  झापा असार २५ ।। अर्जुनधारा नगरपालिका वडा नम्बर ८ सनिश्चरे बजारमा महिलाहरूको सामूहिक कुटाईबाट अर्की एक महिलाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका वार्ड नं ४ भाङवारी घर भई ८ नम्बर वडा शनिश्चरे क्याम्पस नजिक डेरा गरी  बस्ने  २२ बर्षिया युवती गंगा राईको मृत्यु भएको हो। आफ्ना पति गंगाको कोठामा गएको झोकमा सुस्मिता भुसालले साथी भेला गराई सामूहिक कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार राति ११ः३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने ३२ वर्षीया सुस्मिताले सोही ठाउँका ५४ वर्षीया मैया श्रेष्ठ,३८ वर्षीया बबिता विक,२४ वर्षीया मेनुका पाँचकोटे र ६०…
Read More
क्यान झापाको समन्वयमा १५ दिने सीप अभिवृद्धि तालिम सम्पन्न

क्यान झापाको समन्वयमा १५ दिने सीप अभिवृद्धि तालिम सम्पन्न

बिर्तामोड असार २५।। कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापाको समन्वयमा  सञ्चालित १५ दिवसीय सीप अभिवृद्धि तालिम समापन भएको छ । असार ८ गतेबाट झापाको बिर्तामोड स्थित प्रथम आइटी कलेजको सभा हलमा सञ्चालित तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै औपचारिकरुपमा तालिम समापन गरिएको हो । आजको आवश्यकता, व्यवसायिक उच्च दक्षता भन्ने नारा दिएर हेल्भेटास नेपाल इन्स्योर परियोजनाको लगानीमा सहकारी संस्थाहरु, सहकारी पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा आइटी सेक्टरमा कार्यरत कर्मचारीहरुलाई ६० घण्टे तालिम दिइएको हो । बिर्तामोडस्थित प्रथम आईटी सिस्टम प्रालि र प्रयास प्रारम्भले तालिमको आयोजना गरेका थिए । तालिममा ४५ जना हाराहारीको सहभागिता थियो । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख…
Read More
लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको नि:शुल्क दन्त परीक्षण

लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको नि:शुल्क दन्त परीक्षण

  बिर्तामोड ।।  झापाको बिर्तामोड नगरपालिका वडा नं.३ मा रहेको लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको नि:शुल्क दन्त परीक्षण गरिएको छ । लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आज लिङ्कन मन्टेश्वरीमा अध्ययनरत सबै बालबालिकाको दन्त परीक्षण गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । अधिकांश बालबालिकामा दाँतको समस्या देखिने भएकाले समयमै समस्याको पहिचान गरी उपचार गर्ने उद्देश्यले दन्त परीक्षण गरिएको सञ्चालक पौडेलले बताए स्कुलमा पढ्ने प्ले ग्रुपदेखि युकेजीसम्मका सबै बालबालिकाको दन्त परीक्षण गरिएको छ । लोक स्वास्थ्य डेन्टल क्लिनिककी दन्त चिकित्सक डा.आस्मा भट्टराईले नेतृत्वको टोली बालबालिकाको दाँत परीक्षण गरेको थियो । डाक्टर भट्टराईले बालबालिकामा देखिएको दाँतको समस्याका बारेमा उनीहरूको अभिभावकलाई जानकारी गराएकी…
Read More
एसइइमा 4 जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान

एसइइमा 4 जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान

  बिर्तामोड, २२ असार।। बिर्तामोड नगरपालिकाले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा ४.०० जीपीए (GPA) प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ। नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई दोसल्ला ओढाएर नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो। सम्मानित विद्यार्थीहरूमा वडा नं. २ स्थित मोहनमाया माध्यमिक विद्यालयका येलिना तिम्सिना, अनुपमा निरौला, अनुराग लुईटेल र अश्विन लुईटेल; वडा नं. ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयकी विद्या दाहाल; वडा नं. १ स्थित बाल्मिकी एजुकेशन फाउण्डेसनका अंकित कटुवाल र हृदय प्रसाद सिवाकोटी; तथा वडा नं. ५ स्थित अनारमनी लिबर्टी स्कुलका सौरभ अग्रवाल र सरोज निरौला रहेका छन्। उनीहरूका साथै अभिभावकहरू…
Read More
चलचित्र ‘जनै हराएको मान्छेको’ पोस्टर सार्वजनिक

चलचित्र ‘जनै हराएको मान्छेको’ पोस्टर सार्वजनिक

  झापा असार २२ ।। नेपाली कथानक चलचित्र 'जनै हराएको मान्छेको' पोस्टर सार्वजनिक गरिएको छ। झापाको बिर्तामोडस्थित QFX सिनेमा हलको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो। फरक तरिकाले चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकैसाथ पोस्टर सार्वजनिक गर्दै 'जनै हराएको मान्छेको' प्रचारप्रसार सुरु गरेको छ विजय बराल, केकी अधिकारी, मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रमा, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्डी, निरु खड्का गौतम, सुवास सिंह ठकुरी आदिको अभिनय रहेको छ । हिमाल न्यौपानेद्वारा निर्देशित चलचित्रलाई कमल न्यौपाने र बिमल न्यौपानीले…
Read More
भारतमा औषधि फ्याक्ट्रीमा आगलागी ३४ जनाको मृत्यु

भारतमा औषधि फ्याक्ट्रीमा आगलागी ३४ जनाको मृत्यु

एजेन्सी ।। भारतको तेलंगाना राज्यको संगारेड्डी जिल्लास्थित पासामईलरम औद्योगिक क्षेत्रको सिगाची केमिकल्स फ्याक्ट्रीमा भएको र आगलागीमा परी  कम्तीमा ३४ जनाको ज्यान गएको छ। सूचना अधिकारीका  अनुसार घटनामा हालसम्म ३५ जना घाइते भएका छन् र तिनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।  २४ जना अझै हराइरहेका जनाउँदै खोजी कार्य जारी रहेको जानकारी दिएको छ। घटनास्थलबाट ५७ जनालाई सुरक्षित उद्धार गरिएको छ। ज्यान गुमाउनेमध्ये चार जनाको पहिचान भइसकेको छ। बाँकीको पहिचानका लागि प्रयास भइरहेको जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'तेलंगानाको संगारेड्डीमा फ्याक्ट्रीमा आगलागी हुँदा मानिसहरूको मृत्यु भएको खबरले म अत्यन्त दुःखी छु। पीडित…
Read More