इलाम । डेंगूको सङ्क्रमणबाट इलाममा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् । उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको मृतकका भाइ नरेन्द्र ढकालले जानकारी दिए । ढकालका अनुसार मृतक नारायणलाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवल शिक्षण अस्पताल पुर्याइएको थियो । तर, प्लेटलेटको सङ्ख्या ह्वात्तै घटेर उनको निधन भएको हो । श्रीमती मुना र दुई छोरी सलिना र समीक्षा ढकाल रहेका छन् ।
इलाम । लायन्स क्लब अफ बिर्तामोड सिटीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। पूर्वी नेपालको पर्यटकीय नगरी इलामको कन्याममा आईतबार साँझ एक समारोहको आयोजन गर्दै वर्ष सन् २०२४–२५को नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । लायन्स क्लब अफ इन्टरनेशनल ३२५‘सी’ का गभर्नर विकास अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबका वर्ष २०२४–२५का अध्यक्ष उपेन्द्र बानीयाँ नेतृत्वको समितिको पदस्थापन गरिएको हो । बानीयाँको अध्यक्षतामा चयन भएको वर्ष २०२४–२५ लागि समितिको प्रथम उपाध्यक्षमा राजकुमार गुप्ता, द्धितिय उपाध्यक्षमा संजय चौधरी, त्रितृय उपाध्यक्षमा प्रकाश पुरी, सचिमा लक्षुमण खड्का(प्रेम), सहसचिवमा मनोज रौनियार र कोषाध्यक्षमा राजकुमार शाह चयन हुनुभएको छ । वर्ष २०२३–२४का अध्यक्ष दुर्गा थपलियाको…
बिर्तामोड भाद्र १० ।। झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोड बसपार्क क्षेत्रमा बसोबास गर्ने नागरिकहरू पुन आन्दोलितभएका छन् । बिर्तामोड बसपार्क क्षेत्रको ५१ बिघा क्षेत्रमा रहेको ११ सय ५३ वटा कित्ताका जग्गा धनी र ४ सय भन्दा धेरै घर धनीहरू आन्दोलित भएका हुन् । सर्वोच्च अदालतले गिरीबन्धु टि स्टेटको ५१ विघा सहित जग्गा रोक्का गर्न आदेश गरेको तर सर्वोच्चले देखाएको ५१ बिघा जग्गा हाल बसपार्क क्षेत्रको नभएको स्थानहरूको तर्क रहेको छ । हाल बस पार्क भएको जग्गा गिरीबन्धु टि स्टेटको नामको नभएर नाज टि स्टेटको रहेको, नाज टि स्टेटले विगत २० वर्ष अघि कानुनी प्रक्रिया अनुसार चियाबगान ठाउँसारी गरेर…
बिर्तामोड भाद्र १० ।। ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका छन् । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट…
दोलखा —रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका-३ मा शनिबार राति भीषण वर्षापछि आएको पहिरोमा परी ११ जना बेपत्ता भएका छन् मध्यरातमा लेकखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएको रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । पहिरोले ४ वटा घर बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको सिंहले बताए । प्रहरी टोली लेकखर्कतर्फ हिँडिसकेको उनले बताए । क्षतिको थप विवरण आउन बाँकी छ ।
तेह्रथुम । तमोर नदीले बगाउँदा आठराई गाउँपालिका-५ छातेढुंगाका जीवन ओली बेपत्ता भएका छन् । छातेढुंगाको पिनासी घाटमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो ११ बजे १७ वर्षीय ओलीलाई तमोरले बगाउँदा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजार निरीक्षक बद्री दाहालले जानकारी दिए । बेपत्ता भएका ओली घरबाट बाख्रा चराउन तमोर किनारमा गएका थिए । बेपत्ता भएका ओलीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक दाहालले बताए ।
बिर्तामोड भाद्र ८ ।। झापाको अर्जुनधाराकी एक युवतीमाथी सामुहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की १६ वर्षीय ती युवतीमाथी शुक्रबार राती चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा ७ का सुनिल राजबंशी, केशबकुमार मगर, सरोज राई र अनिस लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरुलाई आज बिहान नै घरबाट पक्राउ गरिएको हो । थप तीन जनाको खोजी भइरहेको बुझिएको छ । पीडित परिवारका अनुसार पिडकमध्येका दुईजनाले शुक्रबार अपराह्न युवतीलाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरुले अर्जुनधाराकै एक होटलमा पुर्याएका थिए । त्यहाँ उनका अरु दुईजना…
कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा…
अर्जुनधारा ।। पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धामले साउनमा सम्पन्न श्रावणी पर्व–२०८१ मा १४ लाख ५७ हजार १५६ रुपैयाँ बचत गरेको छ । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार श्रावणी पर्वमा आम्दानी १७ लाख ५२ हजार ९३१ रुपैयाँ र खर्च दुई लाख ९५ हजार ७७५ रुपैयाँ भएको छ । आम्दानीतर्फ नगदी रसिदबाट आठ लाख ८२ हजार १२० रुपैयाँ, मन्दिर भेटीबाट पाँच लाख ६९ हजार ५८१ रुपैयाँ, भूमिदानबाट एक लाख ५०५ रुपैयाँ, अक्षयकोष अन्नदाताबाट ८१ हजार १०० रुपैयाँ, शीघ्र दर्शन रसिदबाट ७३ हजार ५०० रुपैयाँ, मूल मन्दिर रुद्राभिषेकबाट २६ हजार २०० रुपैयाँ, गुरुकुल अक्षयकोषबाट १० हजार ५५५ रुपैयाँ,…
तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ। शुक्रबार आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट भारतीय नम्बर प्लेटको गाडी मर्स्याङ्दी नदीमा खसेको हो। युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना, घटनास्थल र आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा गरी कुल २७ जनाको मृत्यु भएको हो,’ उनले भने। त्यसैगरी घटनामा १६ जना घाइते भएका छन्। घाइते सबैलाई सुरूमा आँबुखैरेनी अस्पतालमा पठाएको थियो। दिउँसो सवा ३ बजे नेपाली सेनाको एमआई १७ मा राखेर १२ जनालाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा…