झापा चैत्र ०५ ।। मोरङको धनपालथाल गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ। आगलागीमा परी १२ घर जलेर नष्ट भएका छन। धनपालथान गाउँपालिका उपाध्यक्ष नसिमा बानुले दिएको जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ६ र ७ को सिमावर्ती क्षेत्र कदमाहामा मंगलबार दिउँसो आगलागी भएको हो। त्यसक्रममा ३ वर्सिया बालिकाको जलेर मृत्यु भएको हो। स्थानीय मोहम्मद हनिफकी छोरी ३ वर्षीया रेश्मा खातुनको मृत्यु भएको हो। दुई जना बालबालिका हराएका थिए, त्यसमध्ये एक जना बालक फेला परेका छन्। एकजना बालिकाको मृत्यु भएको छ,’ उनले भनिन्। आगलागीमा १२ वटा घर जलेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी…
झापा चैत्र ।। काठमाडौँबाट आज बिहान प्रहरीले २५ करोड रुपैयाँ सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको प्रहरीले जनाएको छ यसअघि उनी सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका थिए फल्स बटम बनाएर रकम लुकाइएको ट्रकसहित प्रहरीले सिन्धुपाल्चोकका कुसान लामालाई पक्राउ गरेको हो । उनलाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो ।प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो…
झापा चैत ५ ।। भोजपुरमा सामान्य विवादमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ । फागुन २७ गते बिहान १० बजे भोजपुर टेम्केमैयुङ २ छिनामखु बस्ने ६१ वर्षीय देशकुमार राई र सोही ठाउँ बस्ने ७४ वर्षीय प्रेमकुमार राईविच सामान्य विवाद हुँदा देशकुमारले प्रेमकुमारलाई सिमलीको लठ्ठीले हानेका थिए । घाइते प्रेमकुमारको हिजो साँझ ५ बजे आफ्नै घरमा मृत्यु भएको हो । कुटपिट गर्ने देशकुमारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखिएको छ । त्यस्तै मोरङमा आफ्नै बाबुलाई छोराले चक्कु प्रहार गरेका छन् । हिजो दिउँसो ३.५५ बजे मोरङ रंगेली ७ तित्री टोल बस्ने ६१वर्षीय चन्देश्वर चौधरीलाई उनकै छोरा ३५ वर्षीय अशोक…
बिर्तामोड, चैत ४ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफी झापामा अनावरण गरिएको छ । साथै, जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौँमा चैत १६ गतेदेखि हुने प्रतियोगिताको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा अनावरण गरिएको झापा गोल्डकप तथा भद्रपुर झापा गोल्डकपका सचिवालय सदस्य तथा मिडिया प्रमुख हिमाल खरेलले जानकारी दिए । रंगशाला परिसरमा आयोजित ट्रफी अनावरण तथा प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।ट्रफी अनावरण तथा…
बिर्तामोड, ३ चैत्र : बिर्तामोडमा महिला मेयर भएकाकारण आएको सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न भएका छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) मा आज कालोपत्रे गरेसंगै ७ वटा योजनाहरु सम्पन्न भएका हुन् । सघन सहरी विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा ६ वटा सडकको स्तरोनन्ति र एउटा सामुदायिक भवन निर्माण गरीएको हो । स्तरोनन्ति गरीएका सडकहरुमा वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) र अतिथि सदन रोड (९ सय २५ मि), वडा नम्बर २ को बानालाल मार्ग (१ कि.मि), वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय…
झापा फागुन २९ ।। झापाको बिर्तामोड ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले होली मिलन कार्यक्रम गरेको छ। आज विद्यालय प्राङ्गणमै लिङ्कनले साना बालबालिकाहरूसँग होली मिलन कार्यक्रम आयोजना गरेको हो। बालबालिकाहरूलाई संस्कृतिसँग जोड्न र होली रङ्गहरूको पर्व हो भन्ने भावलाई बुझाउनका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका सञ्चालक सरोज पौडेल बताए । अभिभावक ,विद्यार्थी , शिक्षक, विद्यालय व्यवस्थापन समिति ,कर्मचारी लगायतको सहभागितामा होली मिलन कार्यक्रम आयोजना गरिएको हो। बालबालिकालाई समय समयमा होलि अलवा दशैं तिहार छठ सहित अन्य पर्वहरूको बारेमा जानकारी गराउँदै विद्यालयमै कार्यक्रम आयोजना गर्ने गरेको छ। बर्सेनी आउने चाडपर्वलाई एकआपसमा रङ दलेर भाइचारा साटासाट गर्ने पर्वको रुपमा लिने होलीको…
झापा । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको हो । आज बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा रकम हस्तान्तरण गर्दै उहाँले कोषको महत्व बुझेर सहयोग रकम हस्तान्तरण गरेको बताउनु भयो । उपचार कोष संयोजक भिमा शिवाकोटीले एउटामाथि अर्को ईटा थपेर मानवीय सेवाका लागि सहयोग गर्नुभएकोमा चौधरीलाई धन्यवाद दिनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला अध्यक्ष प्रदिप परियार, उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार…
शनिश्चरे । नेपाल निजामती कर्मचारी संगठन अर्जुनधाराको अध्यक्षमा त्रिविक्रम पोखरेल चयन हुनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति झापाको आयोजनामा अर्जुनधारा नगरपालिकाको सभाहलमा आज भएको प्रथम पालिका अधिवेशनबाट पोखरेल अध्यक्षमा चयन हुनुभएको हो । संगठनको उपाध्यक्षमा खगेन्द्र लिङ्देन, सचिवमा हरिप्रसाद रिजाल, सहसचिवमा कमल पौडेल र कोषाध्यक्षमा मन्जु खतिवडा चयन हुनुभएको छ । त्यस्तै संगठनको सदस्यहरुमा डेनिस कडरिया, दुर्गा भट्टराई, पुष्पा पौडेल, मीना अधिकारी, माधव भण्डारी, पूजा कोइराला, रोशन सिलवाल र कृष्ण नेपाल चयन हुनुभएको नवनिर्वाचित उपाध्यक्ष खगेन्द्र लिङ्देनले जानकारी दिनुभयो । यस्तै अधिवेशनले लेखा परीक्षण आयोग समेत गठन गरेको छ । आयोगको संयोजकमा चुडामणि खनाल चयन हुनुभएको…
अर्जुनधारा फागुन २८ ।। हाम्रो चाहना स्वास्थ्य र दुव्र्यसनरहित समाजको परिकल्पना भन्ने मूल नाराका साथ एक दिने लागू औषध दुव्र्यसन रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर ९ गोलधापस्थित खुल्ला प्राङ्गणमा आयोजित कार्यक्रममा लागू औषध अहिलेको समस्या भएको बताउँदै लागूऔषधबाट युवापिढीमा पर्न गएको असरलाई मध्यनजर गर्दै सो कुलतमा फसेकालाई सही बाटोमा ल्याउन र नयाँ युवा युवतीलाई लागू औषधको कुलतबाट टाढा राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुरेन् राईले बताउनुभयो । स्थानीय स्तरमा रचनात्मक कार्य गर्दै आएको गोलधाप युवा क्लबद्वारा आयोजित लागुपदार्थ दुव्र्यसन रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता र अर्जुनधारा…
धुलाबारी । विद्यार्थी, अभिभावक र अतिथिले भरिभराउ टाउन हल । विद्यार्थीहरुको आ आफ्नो प्रस्तुती नृत्य, गायन र भाषणले माहोल निकै तातेको थियो । प्रमुख अतिथिका रुपमा मेचीनगर ९ का वडा अध्यक्ष कन्चन तामाङ थिए । उनी पनि विद्यार्थीको प्रतिभालाई नजिकबाट हेरिरहेका थिए । यत्तिकैमा एउटा नृत्य प्रस्तुत भयो । सम्बोधन तिमीलाई गर्दैछु भन्ने गीत गन्जियो । त्यसपछि विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्न थाले । अघि रमझमम रहेको माहोल एकाएक शान्त तथा भावुक बन्यो । नृृत्य विद्यालयका संस्थापक प्रिन्सिपल अणु प्रधानको सम्झनामा कोरियाग्राफर गरिएको थियो । जसले विद्यालयलाई स्थापना गरेर २० वर्ष पुरा गरेपछि प्रधानको निधन भएको थियो । विद्यालयकी निर्देशक अमृता…