काठमाडौं– यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टंक राउत तथा प्रहरी जवान श्रीराम परियार,करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो । साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान…
काठमाडौं साउन ९।। नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार बिहान त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सौर्य एयरलाईन्सको सीआरजे सेभेन (आईजी ९एनएएमई) जहाज दुर्घटनामा परेको जनाएको छ। ऊक्त जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ बजे पोखरा उडानका क्रममा रनवे छाड्नेबित्तिकै दाहिनेतिर मोडिन गई एयरपोर्टको पूर्वतिरको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तत्कालै उद्धार कार्य शुरु गरी आगो नियन्त्रणमा लिइएको पनि जनाएको छ। त्यसक्रममा १८ जनाको शव संकलन गरिएको उसको भनाइ छ । १ जना घाइतेलाई उद्धार गरि…
काठमाडौं साउन ४॥ प्रतिपक्षी तीन दल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारलाई विश्वासको मत नदिन सहमत देखिएका छन्। शुक्रबार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका नेताहरूबीच सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएकाे थियाे।बैठकमा वर्तमान सरकारलाई विश्वासको मत नदिन तीनै दलका नेता सहमत देखिएकाे माओवादीका एक नेताले जनाकारी दिए। बैठकमा सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्नेबारे पनि सहमति भएको उनले जनाए। प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत…
काठमाडौं। साउन ४।।आज शुक्रबार बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बगडगाउँ स्थित सडकमा खसेको पहिरोका कारण हुन सक्ने ठूलो दुर्घटनाबाट बस जोगिएको छ । उक्त बस संघीय राजधानी काठमाडौंतर्फ गइरहेको समय अचानक खसेको पहिरोबाट हुनसक्ने ठूलो दुर्घटनाबाट जोगिएको हो। यात्राका क्रममा जयपृथ्वी राजमार्गअन्तर्गत बगडगाउँस्थित सडकमा माथिबाट खसेको पहिरो बसमै परेको थियो । बाटोमा लामबद्ध भएर सवारी साधन गुडिरहेका बेला सबैभन्दा पछाडि रहेको बसमा अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन भने सकेन । पहिरोले बसको पछाडीको भागलाई छोएर भिरतर्फ धकेले पनी ठूलो आकारको बस भएकाले दुर्घटना हुन पाएन। अघिल्लो शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस…
ताप्लेजुङ साउन ४॥ ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति पुर्याएको छ। गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो । अविरल वर्षासँगै राति २ बजे गएको पहिराले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए। गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ । पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताए। अध्यक्ष लिम्बूले भने, ‘सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो । पालिका केन्द्र आवासीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षतिबाट बच्न सकियो ।’ …
मेचिनगर साउन ३॥लायन्स क्लब अफ बिर्तामोड सिटीले झापाको मेचीनगरस्थित अमर प्राथमिक विद्यालयलाई ६ थान पंखा (सिलिङ फेन) बितरण गरेको छ । मेचीनगर–१२ धानजनस्थित बिद्यालयका बिद्यार्थीहरुकालागि पठनपाठनमा सहजता पुर्याउने हेतुले बिद्यालयलाई पंख बितरण गरिएको लायन्स क्लब अफ बिर्तामोड सिटीका बर्ष सन् २०२४–२५का अध्यक्ष उपेन्द्र बानियाँले जानकारी दिनुभयो। उहाँले गर्मीको समयमा टिनको छानो भएको विद्यालयको भवनमा पंखा विना नै बिद्यार्थीहरु पठनपाठन गर्न बाध्य भईरहेको भन्ने जानकारी पाएपछि लायन्स क्लव अफ बिर्तामोड सिटीले तत्कालै ६ थान पंख लगेर विद्यालयलाई हस्तनान्तरण गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, शिक्षक, बिद्यार्थी र अविभावकहरुको उपस्थितिमा विद्यालयमका भएको पंखा बितरण कार्यक्रममा लायन्स क्लब अफ…
बिर्तामोड, साउन ३ ।। झापाको बिर्तामोड ३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालाका जग्गादाता स्व. डोमालाल राजवंशीको शालिक तयार भएको छ। झापा गोल्डकपले भारतको जयपुरबाट सिंगमरमरको अर्द्धकदको शालिक तयार गरी ल्याएको हो । जुन डोमालाल राजवंशी रंगशालामा राखिनेछ । सो शालिक बिर्तामोडको ३ नं वडा कार्यालयलाई बुझाउने र वडा कार्यालयकै समन्वयमा शालिक स्थापित गरिने झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । उनले नगरपालिका र वडा कार्यालयकै समन्वयमा डोमालालकी छोरीलाई केही दिनपछि घर बनाइदिने अभियान संचालन गरिने पनि जानकारी दिए । जग्गा नछुट्याइदिँदा घर निर्माणको काम शुरु गर्न नसकिएको उनले बताए । स्व. डोमालालले दुर्गा मन्दिरको लागि करिव १२ विगाह जग्गा दान…
बिर्तामोड साउन १ ।। यो वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई संयुक्त प्रदान गरिने भएको छ । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डि कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष रेग्मी र नेपाल टेलिभिजनका झापा सम्वाददातासमेत रहेका प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव लामालाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले जानकारी दिए । असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको अध्यक्ष पाठकले…
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२ं) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको बताइएको छ ।उनले प्रधानमन्त्री नियुक्त भएपछि फेसबुकमा लेखेका छन् । ‘सबैमा सम्मान । सबैलाई धन्यवाद दिएका छन। उनले कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका थिए । उनको शपथ भोलि ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । ओलीको यो प्रधानमन्त्रीको चौथो कार्यकाल हो ।
चितवन असार २९॥ नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको दुईवटा बसको खोजीका लागि सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ । हिजो साँझ स्थगित गरिएको खोजी कार्य आज बिहानैदेखि सुरु गरिएको हो । पाइपलाइन इन्फेक्सन मार्फत सोनार क्यामेराको प्रयोग गरेर खोजी कार्य थालिएको प्रहरीले जानकारी दिए । शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए ।