साझा अक्षर

ताजा खबर

आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाण्डौ – आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका झन्डै २२ लाख बालबालिकालाई खुवाइने भएको हो । त्यस्तै एक वर्षदेखि पाँच वर्षसम्मका झन्डै १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको छ । त्यस्तै बालबालिकामा कुपोषणको परीक्षण गरिनेछ भने बालभिटासमेत दिइनेछ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा झन्डै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदैछन् । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट शुरू भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि…
Read More
प्रि–मनसुनका कारण आएको विपद्जन्य घटनामा ४१ जनाको मृत्यु, दुई सय बढी घाइते

प्रि–मनसुनका कारण आएको विपद्जन्य घटनामा ४१ जनाको मृत्यु, दुई सय बढी घाइते

काठमाडौँ।। यो वर्ष प्रि–मनसुनका कारण आएको विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु र दुई सय भन्दा धेरै घाइते भएका छन्। विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु र दुई सय ५७ जना घाइते भएको रााष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको हो। प्राधिकरणका अनुसार यस अवधिमा करोडौँ रुपैयाँ बराबरको क्षति समेत भएको छ। अहिले प्रि–मनसुनको अवधि छ। साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अङ्ग्रेजी महिनाको मार्च देखि मे महिनासम्मको समयलाई प्रि–मनसुन भनिन्छ। प्राधिकरणका अनुसार प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले समान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई नेपालका केही स्थानमा असिना पर्ने, हुरीबतास चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधि हुने गर्छ।…
Read More
बानिया बन्धु समाज झापाको भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न

बानिया बन्धु समाज झापाको भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न

प्रकाश बानियाँ झापा। । बानिया बन्धु समाज, झापाले एक कार्यक्रमको आयोजना गरी भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।समाजले नयाँ वर्ष २०८२ को अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको हो। सोही अवसरमा बानियाँ समाजको जिल्ला कार्यसमितिको कार्यालयमा नयाँ होल्डिङ बोर्ड राख्ने कार्य समेत सम्पन्न भएको जनाइएको छ। कार्यक्रमसँगै आयोजित बैठकमा समाजको समग्र गतिविधिलाई अझ व्यवस्थित, सशक्त र प्रभावकारी बनाउने विषयमा त्यसैगरी आगामी गोठपूजा कार्यक्रमको आयोजना सम्बन्धमा लगायतका विविध विषयमा छलफल गरिएको समाजका उपाध्यक्ष उपेन्द्र बानियाँले बताएका छन्। कार्यक्रम अध्यक्ष भक्तबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष शेरबहादुर बानियाँ, केन्द्रीय सचिव मनोज बानियाँ लगायत जिल्लाका अग्रज बन्धुहरू, बुद्धिजीवी…
Read More
बिहिबारदेखि फेरी पानि पर्ने पुर्वानुमान

बिहिबारदेखि फेरी पानि पर्ने पुर्वानुमान

झापा। कोशी प्रदेशको पाँचथर, ताप्लेजुङ र सोलुखुम्बु जिल्ला आसपासका केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।गत मङ्गलवारदेखि सक्रिय भएको पानी पार्ने प्रणाली अहिले केही कमजोर भए पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भएको हो । बिभागका अनुसार देशका विभिन्न भागमा राती आकाश खुल्ने र बिहानपख घाम लाग्ने सम्भावना भएपनी दिउँसोदेखि बेलुकासम्म केहि ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । आउँदो बिहीवारदेखि भने फेरी पानी पार्ने प्रणाली सक्रिय हुने मौसमविद्को अनुमान रहेको छ।जस्ले गर्दा हिउँदे बाली थन्क्याउन असर पुर्‍याउन सक्ने भएकाले आउँदो बिहीवारदेखि केही दिन बाली भित्र्याउने काम नगर्न मौसमविद्को सुझाव छ । यो समय पहाडी तथा…
Read More
आज देशभर हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै

आज देशभर हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै

झापा।। आज वैशाख १ गते। २०८२ सालको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास गर्दै नयाँ वर्ष मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन्। “विक्रम ६० संवत्सर मध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने। सूर्य मेष राशिमा प्रवेश…
Read More
झापा सहित धेरै ठाउँमा मेघगर्जन सहित वर्षा,भोलि सम्म चल्ने अनुमान…

झापा सहित धेरै ठाउँमा मेघगर्जन सहित वर्षा,भोलि सम्म चल्ने अनुमान…

झापा।। आज बिहानै देखि झापा,ईलाम सुनसरी, सोलुखुम्बु लगाएत धेरै ठाउँहरूमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले झापा सहित देशका विभिन्न भागमा मेघगर्जन वर्षा भएको हो। पानि पर्न केही समय रोकिए पनि आज दिनभर र भोलि सम्म नै वर्षाको सम्भावना रहेको जानकारी छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली…
Read More
बैशाख १३बाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने

बैशाख १३बाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने

मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम भेलाबाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने जानकारी गराइएको हो । २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ६१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटि बाहुण्डाँगी रहेका…
Read More
स्थापना दिवसमा सहारामा रक्तदान कार्यक्रम

स्थापना दिवसमा सहारामा रक्तदान कार्यक्रम

झापा। बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले रक्तदान कार्यक्रम आयोजना गरी आफ्नो ३०औँ स्थापना दिवस मनाएको छ।हाल बढ्दै गएको रगत अभावलाई परिपूर्ति गर्नका लागि संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो। सहाराले सामाजिक उत्तरदायित्व बहन गर्दै रगतकै अभावका कारणले गर्दा अकालमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आज स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले जानकारी दिए । साहारा नेपाल साकोसको ३० औं स्थापना दिवसको अवसरमा ८१ युनिट रगत संकलन भएको जनाइएको छ। यता सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले हरेक वर्ष स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरिरहेको र आज…
Read More
आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्तामा आउन मन्त्रालयको आग्रह

आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्तामा आउन मन्त्रालयको आग्रह

काठमाडौं ।  आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा रहेकै बेला उनीहरूले उठान गरेका विषय आन्दोलनप्रति मन्त्रालय जानकार रहेको जनाउँदै वार्ताका लागि बोलाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको जनाएका हुन् । विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको जनाएका हुन् । त्यसका लागि शिक्षक…
Read More
ताप्लेजुङबाट झापा आउँदै गरेको बोलेरो दुर्घटना, ५ जना घाइते…

ताप्लेजुङबाट झापा आउँदै गरेको बोलेरो दुर्घटना, ५ जना घाइते…

इलाम। । ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेकफेल भई इलाममा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। आज साँझ मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका १ रक्से नजिकै मे १ ज २६ ४५ नं. को बोलेरो अचानक ब्रेकफेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो । बोलेरोमा सवारमध्ये पाँचजना घाइते भएका छन्। घाइते हुनेहरूमा ताप्लेजुङ फुङ्लिङ –१० बस्ने ३९ वर्षीय मंगलबिर लिम्बू (दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको ), ताप्लेजुङ मिक्वा खोला –१ बस्ने अन्दाजी ४१ वर्षीया कमला लिम्बू ( कम्मरमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको ) त्यसैगरी फुङ्लिङ– १० बस्ने अन्दाजी ६२ वर्षीया दुर्गामाया…
Read More