साझा अक्षर

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम ll चैत्र २८।। पाँचथरको याङनाममा जारी याङनाम गोल्ड कप फुटबल प्रतियोगितामा आजको खेलमा जित निकाल्दै झापाको सैनिक ११ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन तिजोक स्पोर्टिङ क्लब नवमीडाँडा पाँचथरलाई ६-० गोल अन्तरले पराजित गर्दै सैनिक ११ झापा सेमिफाइनल प्रवेश गरेको हो। सैनिकलाई जित दिलाउनका लागि घनश्याम कार्कीले ह्याट्रिक सहित चार गोल गर्दा सिमोन लिम्बु र सुजन लिम्बुले एक एक गोल गरे। उता पराजित तिजोग स्पोर्टिङ क्लब पाँचथरले भने पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा डिफेन्डिङ च्याम्पियन चौथो संस्करणमा भने पहिलो खेलबाटै घर फर्किएको छ l फिदिम नगरपालिका १० याङनाम स्थित इमानसिंह रङ्गशालामा आजबाट…
Read More
कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

फाकफोकथुमll चैत्र २८ ll कर्मचारी ११ आमचोक र मेतालुङ एफसी इलामको फाकफोकथुम ६ एकतप्पाको जानकी मा.बि.को खेल मैदानमा जारी खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आजको खेलमा पहिलो खेलमा द नाईट एफसीलाई ३/१ ले पराजित गर्दै कर्मचारी एफसी सेमिफाइनलमा प्रबेश गरेको हो । कर्मचारीको लागि हितेन लिम्बुले २ गोल गरे भने एक अन्गोल उपहारस्वरूप पायो । नाईट एफसिका लागि सम्राट बर्देवाले एक गोल फर्काएका थिए । त्यस्तै दोस्रो खेलमा मेतालुङ एफसिले सिम्सारा एफसिलाई ७/१ को फराकिलो गोलले जित निकाल्दै सेमिमा पुग्ने दोस्रो टिम बन्यो । उस्का लागि सुदर्शन लिम्बूले ह्याटि्रक सहित ४ र सुबास गुरुङले पनि ह्याटि्रक…
Read More
आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले आजदेखि ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ । बिस्का जात्रा तथा नयाँवर्ष २०८३ को अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको गन्तव्य मध्यपुरको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आज उद्घाटन गर्नुभयो । प्रत्येक वर्ष मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्का जात्रा–२०८२ लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रमका साथ सो कार्यक्रम शुभारम्भ गरिएको हो । कार्यक्रममा मन्त्री श्रेष्ठले बागमती प्रदेशले यहाँको मौलिक कला, संस्कृति, जात्रा, परम्परा र सम्पदाको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै पहिलो पटक मध्यपुर थिमीको जिब्रो छेड्ने जात्रालाई वार्षिक दुई लाख रुपैयाँका…
Read More
प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

झापा, चैत २८ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक गरेको छ ।जिल्लास्तरीय बैठकपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका निर्णयहरू कार्यान्वयनमा जोड दिँदै प्याब्सनले विद्यालयहरूलाई समयमै तयारीमा जुट्न आह्वान गरेको हो । प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीका अनुसार नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै वार्षिक कार्ययोजना, विद्यालय सुधार योजना निर्माण, शिक्षक तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सबै सदस्य विद्यालयलाई आग्रह गरेको छ । भर्ना प्रक्रिया समयमै सम्पन्न गरी पठनपाठनलाई नियमित बनाउनु अहिलेको प्राथमिकता रहेको प्याब्सन झापाका अध्यक्ष कार्कीले भने ।बैठकले विद्यालयहरूले निर्धारित समयभित्रै नतिजा प्रकाशन…
Read More
झन्डै ४० हजार हाराहारीमा ‘लाइसेन्स’ छपाइ

झन्डै ४० हजार हाराहारीमा ‘लाइसेन्स’ छपाइ

सुरक्षण मुद्रण केन्द्रले गाडी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र पारेको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाकाअनुसार अहिले दैनिक झन्डै ४० हजार हाराहारीमा ‘लाइसेन्स’ छपाइ भइरहेको छ । अहिलेसम्म छपाइ हुन बाँकी रहेका झन्डै २९ लाख ‘लाइसेन्स’ लाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । यसमध्ये आउँदो वैशाख १२ गतेभित्र १२ लाख ‘लाइसेन्स’ छपाइ सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । यसैबीच सेवाग्राहीलाई थप सहजताका लागि यातायात व्यवस्था विभागले दैनिक रूपमा छपाइ भएका तथा वितरण गरिने लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ । यसले सेवाग्राहीलाई आफ्नो लाइसेन्सको अवस्थाबारे सहज रूपमा जानकारी लिन…
Read More
पर्यटनका लागि प्रकृति, संस्कृति र व्यवसाय’ भन्ने नारासहित ‘कोशीमा बिहार उत्सव’हुने

पर्यटनका लागि प्रकृति, संस्कृति र व्यवसाय’ भन्ने नारासहित ‘कोशीमा बिहार उत्सव’हुने

चैत २६ र २७ गते धरानमा ‘कोशीमा बिहार उत्सव’ हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उत्सव हुन लागेको जानकारी दिइएको हो । उत्सव भानुचोकस्थित खुला क्षेत्रमा आयोजना हुनेछ । पर्यटन कार्यालय धरानको प्रवर्द्धन, सुनसरी उद्योग वाणिज्य संघको संयोजन तथा होटल एसोसिएसन अफ धरान र होटल व्यवसायी समिति धरानको सहकार्यमा कार्यक्रम सञ्चालन गरिन लागेको हो । 'पर्यटनका लागि प्रकृति, संस्कृति र व्यवसाय' भन्ने नारासहित आयोजना हुन लागेको उक्त उत्सव कोशी प्रदेश सरकारले सन् २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा निजी क्षेत्रसँगको सहकार्यमा गर्न लागिएको कार्यक्रम संयोजक नारायण लिम्बूले बताए । प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै यस वर्षलाई पर्यटन विकासको आधार…
Read More
घोप्टेभीरको भित्तो काट्ने काम सम्पन्न

घोप्टेभीरको भित्तो काट्ने काम सम्पन्न

पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भीरको भित्तो काट्ने काम सम्पन्न भएको छ । ६ दिनसम्म रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरेको मुग्लिन–मलेखु सडकका सूचना अधिकारी सचेन्द्र मिश्रले जानकारी दिनुभयो । उहाँकाअनुसार घोप्टेभीरको २५० मिटर लामो सडकमा झन्डै ५० मिटर माथिबाट भित्तो काटेर सडकलाई थप ४ मिटर फराकिलो बनाइएको छ । भित्तो काटिएसँगै अब सडक १२ मिटर फराकिलो भएको छ । यस्तै मनकामना केबुलकारबाट रमाइलो डाँडा जाने सडकको बीच भागमा पर्ने अर्को एक भित्तो काट्ने काम आधा सकिएको र त्यहाँ ७० मिटर सडक छेउको भित्तो काटेर विस्तार गर्ने योजना रहेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।…
Read More
सरकारकाे प्राथमिकतामा फाप्ला क्रिकेट रङ्गशाला

सरकारकाे प्राथमिकतामा फाप्ला क्रिकेट रङ्गशाला

शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई प्राथमिकतामा राखेर बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज रङ्गशालाको निरीक्षण गर्दै मन्त्री पोखरेलले यो रङ्गशाला राष्ट्रिय आयोजना बैंकमा समावेश भइसकेकाले अब सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउने बताउनुभयो । उहाँले यो रङ्गशाला निर्माण भएपछि समग्र देशको आर्थिक विकासका लागि ‘गेम चेन्जर’ परियोजना हुने उल्लेख गर्नुभयो । धनगढी उपमहानगरपालिका–३ मा निर्माण भइरहेको परियोजनाको जग्गा प्राप्ति, डीपीआर, ईआईए जस्ता प्राविधिक प्रक्रियाहरू पूरा भइसकेको छ । ‘ड्रिम फाप्ला’ अभियानअन्तर्गत यहाँ अन्तर्राष्ट्रिय मापदण्डअनुरूप ५० हजार दर्शक अट्ने क्षमताको क्रिकेट रङ्गशाला चरणबद्ध रूपमा निर्माण…
Read More
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ आज सामान्य बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनसम्म स्थिर रहेको सुनको भाउ हिजो घटेर तोलाको २ लाख ९१ हजार ४ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको ४ हजार ७८० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Read More
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर

सङ्घीय मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम हेरफेर गर्नुभएको हो । यसअघि तेस्रोमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौँ नम्बरमा पुग्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत् हुनुहुन्छ भने तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाल आउनुभएको छ । चौथौ वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ रहनुभएकाे छ ।
Read More