शनिश्चरे । नेपाल निजामती कर्मचारी संगठन अर्जुनधाराको अध्यक्षमा त्रिविक्रम पोखरेल चयन हुनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति झापाको आयोजनामा अर्जुनधारा नगरपालिकाको सभाहलमा आज भएको प्रथम पालिका अधिवेशनबाट पोखरेल अध्यक्षमा चयन हुनुभएको हो । संगठनको उपाध्यक्षमा खगेन्द्र लिङ्देन, सचिवमा हरिप्रसाद रिजाल, सहसचिवमा कमल पौडेल र कोषाध्यक्षमा मन्जु खतिवडा चयन हुनुभएको छ । त्यस्तै संगठनको सदस्यहरुमा डेनिस कडरिया, दुर्गा भट्टराई, पुष्पा पौडेल, मीना अधिकारी, माधव भण्डारी, पूजा कोइराला, रोशन सिलवाल र कृष्ण नेपाल चयन हुनुभएको नवनिर्वाचित उपाध्यक्ष खगेन्द्र लिङ्देनले जानकारी दिनुभयो । यस्तै अधिवेशनले लेखा परीक्षण आयोग समेत गठन गरेको छ । आयोगको संयोजकमा चुडामणि खनाल चयन हुनुभएको…
अर्जुनधारा फागुन २८ ।। हाम्रो चाहना स्वास्थ्य र दुव्र्यसनरहित समाजको परिकल्पना भन्ने मूल नाराका साथ एक दिने लागू औषध दुव्र्यसन रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर ९ गोलधापस्थित खुल्ला प्राङ्गणमा आयोजित कार्यक्रममा लागू औषध अहिलेको समस्या भएको बताउँदै लागूऔषधबाट युवापिढीमा पर्न गएको असरलाई मध्यनजर गर्दै सो कुलतमा फसेकालाई सही बाटोमा ल्याउन र नयाँ युवा युवतीलाई लागू औषधको कुलतबाट टाढा राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुरेन् राईले बताउनुभयो । स्थानीय स्तरमा रचनात्मक कार्य गर्दै आएको गोलधाप युवा क्लबद्वारा आयोजित लागुपदार्थ दुव्र्यसन रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता र अर्जुनधारा…
धुलाबारी । विद्यार्थी, अभिभावक र अतिथिले भरिभराउ टाउन हल । विद्यार्थीहरुको आ आफ्नो प्रस्तुती नृत्य, गायन र भाषणले माहोल निकै तातेको थियो । प्रमुख अतिथिका रुपमा मेचीनगर ९ का वडा अध्यक्ष कन्चन तामाङ थिए । उनी पनि विद्यार्थीको प्रतिभालाई नजिकबाट हेरिरहेका थिए । यत्तिकैमा एउटा नृत्य प्रस्तुत भयो । सम्बोधन तिमीलाई गर्दैछु भन्ने गीत गन्जियो । त्यसपछि विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्न थाले । अघि रमझमम रहेको माहोल एकाएक शान्त तथा भावुक बन्यो । नृृत्य विद्यालयका संस्थापक प्रिन्सिपल अणु प्रधानको सम्झनामा कोरियाग्राफर गरिएको थियो । जसले विद्यालयलाई स्थापना गरेर २० वर्ष पुरा गरेपछि प्रधानको निधन भएको थियो । विद्यालयकी निर्देशक अमृता…
काँकरभट्टिा । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधीका लागि काँकरभिट्टाले बिहिवार हुने अन्तिम सेमिफाइनल खेल चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवस चौधरीले बचाए । टाइब्रेकरमा काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो । धरानका मिलन राई, सबिन राई, प्रज्वल थापा, अजय विष्टको…
झापा । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ । मच्छिन्द्रले जितमा १–० को संघर्षपूर्ण जित निकाल्यो । मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए । उनले स्टेफन कामाहाको पासमा पेनाल्टी एरियाबाट गोल गरे । मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेडको सामना गर्नेछ । खेलको ११ औँ मिनेटमा मच्छिन्द्रका आदित्य शाक्यको क्रसमा स्टेफन कामाहाले गरेको हेडर बाहिरियो । खेलको ३५ औँ मिनेटमा मछिन्द्रका पुजन श्रेष्ठको फ्रिकिकलाई विदेशी खेलाडी…
झापा फागुन २७ ।। झापाको बिर्तामोडमा गए राति दुई समूह वीच तरबारसहित ग्याङफाइट हुँदा तीनजना घाइते भएका छन् । राति १२:४५ बजे बिर्तामोड नगरपालिका वडा न.४ भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्ट अगाडी सोही रेस्टुरेन्टमा खाई-पिई गरी घर फर्किने क्रममा दुई समूहबीच ग्याङफाइट भएको थियो । ग्याङफाइटमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी ३७ का खगेन्द्रराज आङ्दम्बे, वडा नं ४ बस्ने अजय खवास र वडा नम्बर ९ बस्ने बर्ष अन्दाजी ३५ का विश्वदिप राजवंशी घाइते भएका छन् । आङ्दम्बेको गालाको बायाँ साइडमा काटिएको (अबस्था गम्भीर), खवासको बायाँ हातको माझी औला काटेको (अबस्था सामान्य) र राजवंशीको अनुहार र खुट्टामा चोट…
काठमाडौं।। नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महासङ्घ द्वारा हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताएका छन् । महासङ्घले गत फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासङ्घको आपत्ति छ । महासङ्घका अध्यक्ष सुवेदीले स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको मुख्य मुद्दा शिक्षा ऐनबाट सम्बोधन हुनुपर्ने र विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री ऐन ल्याउने विषयमा आफूहरूको गम्भीर…
काँकरभिट्टा । नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल सफल भए भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए । यसअघि भएको टाइब्रेकरमा चर्च व्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले…
कम्प्युटर विज्ञान अन्तर्गत पर्ने एक क्षेत्र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भनेको मानिसको दिमागले जस्तै सोच्न सक्ने गरी तिब्र गतिमा बिकास हुदै गएको छ।अझ सजिलो संग बुझ्न यसको काम गर्ने तरिका बुझ्न जरूरी हुन्छ । यो सिस्टम आफैं चल्दैन, यसमा डेटा अर्थात् सूचना तथा तथ्याङ्क हाल्नुपर्छ, जसको एक खालको तथ्याङ्कको स्रोत हुन्छ । अनि एआई सिस्टमले त्यसलाई प्रशोधन गर्छ । सुरुमा तालिम दिएको तरिकाबाट मोडेल बनाउँछ र डेटाको हिसाबले परिणाम दिन्छ, अन्तरक्रिया गर्छ वा मानव दिमागको नक्कल गर्छ । यसमा काम गर्नको लागि मुख्य चार प्रक्रियाको आवश्यकता पर्छ, मसिन लर्निङ, न्युरल नेटवर्क, डेटा तथा डेटा प्रोसेसिङ र एल्गोरिदम । यसको प्रयोग मानिसले…
झापा फागुन २५ ।। पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आज काठमाडौँमा प्रदर्शन हुँदैछ । राप्रपाको आह्वानमा राजतन्त्र पुनःस्थापना पक्षधरहरूले आज काठमाडौँमा प्रदर्शन को तयारी गरेका हुन् । पोखरामा रहेका पूर्वराजा शाह आज काठमाडौँ फर्किँदै छन् । उनको स्वागतका साथै राजतन्त्रका पक्षधरहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रदर्शन गर्दैछन् । दिउँसो करिब तीनबजे शाह काठमाडौँ फर्किने तयारी छ । सोही अनुसार प्रहरीले काठमाडौँको सुरक्षा व्यस्था कडा पारेको छ । ‘साविकको भन्दा धेरैं १२-१३ सयको संख्यामै आज प्रहरी खटाइएको छ,’ प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले भने, ‘सोही अनुपातमा अन्य सुरक्षा फोर्स पनि खटाइने तयारी छ।’ राजतन्त्र पुनःस्थापना पक्षहरूको गतिविधिले सत्तामा रहेका दुई दल…