साझा अक्षर

साझा अक्षर

साझा अक्षर

910 Posts
सामुदायिक परोपकार गोल्डकप: उपाधिका लागि टप सेभेन र रेड डेभील्स ए भिड्दै

सामुदायिक परोपकार गोल्डकप: उपाधिका लागि टप सेभेन र रेड डेभील्स ए भिड्दै

  इलाम कार्तिक १० रेड डेभिल्स ए नयाँ बजार र टप सेभेन एफसी प्याङ ईलामको माई जोगमाई ५ सोयाङ लोकसाङमा जारी तेस्रो श्री परोपकार सामुदायिक गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि भीड्ने भएका छन् आज भएको पहिलो सेमिफाइनल खेलमा रेड डेभिल्स ए ले लोक्साङ एफसी लाई दुई एक गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।   रेड डेभिल्स ए का लागि शेखर राईले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए। पहिलो हा फ १-०को अवस्थामा सकिएको थियो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै लोक्साम एफसीले बराबरी गोल फर्कायो उसका लागि जर्सी नम्बर ८ का मुकेश मगरले बराबरी गोल गरेका थिए। तर उक्त…
Read More
झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक उद्घाटन खेलमा नेपाल पुलिस र चर्च बोइज युनाइटेड भिड्ने।

झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक उद्घाटन खेलमा नेपाल पुलिस र चर्च बोइज युनाइटेड भिड्ने।

  बिर्तामोड, कात्तिक १० । एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही कात्तिक १५ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा महिला गोल्डकपले आज सोमबार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच हुनेछ ।   त्यस्तै, दोस्रो खेल कात्तिक १६ गते नेपाल एपिएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले खेल्नेछ । झापा महिला गोल्डकपको तेस्रो खेल कात्तिक १७ गते संकटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।…
Read More
सामुदायिक परोपकार गोल्डकप सेमिफाइनल समीकरण पूरा

सामुदायिक परोपकार गोल्डकप सेमिफाइनल समीकरण पूरा

  इलाम कार्तिक १०  इलामको माई जोगमाई ५ सोयाङ लोकसाङमा जारी तेस्रो श्री परोपकार सामुदायिक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । हिजो भएका दुई क्वाटर फाइनलबाट रेड डेभिल्स ए र टप सेभेन एफसी अन्तिम चारमा प्रवेश गरेसँगै सेमीफाइनल सेमीकरण पूरा भएको हो। त्यसअघि शनिबार भएको दुई क्वाटर फाइनलबाट रेड डेभील्स बी र लोक्साङ फुटबल क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन्। शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा रेड डेभिल्स बि ले पूर्व क्षितिज एलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। सोही दिन भएको दोस्रो क्वार्टर फाइनल खेलमा लोक्साङ  एफसीले युवाशक्ति एफसीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय…
Read More
नेपाल र अमेरिका बिच प्रतिस्पर्धा आज बिहान ११ बजेर १५ मिनेट देखी

नेपाल र अमेरिका बिच प्रतिस्पर्धा आज बिहान ११ बजेर १५ मिनेट देखी

काठमाडौं।। आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाको खेल आज (आइतबार) बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ । केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबारबाट लिग-२ का महत्त्वपूर्ण खेल खेल्न लागेको हो । लिग-२ अन्तर्गत युएई र अमेरिकासँग हुने शृङ्खलाकाका रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रने छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई हटाएर विश्वकप लिग-२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ। लिग-२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल आइतबारदेखि कात्तिक १९…
Read More
मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्लाजुङ ४ रविस्थित मिक्लाजुङ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्को उपाधि दाबेदार मानिएको मङ्गलबारे क्रिकेट टिमलाई चार विकेटले पराजित गर्दै कुरुम्बा हिल्स राइडरले उपाधिमाथि कब्जा जमाएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको मंगलबारेले  बीस ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कुरुम्बाले  १९.२ ओभरमा  ६ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्दै उपाधि जितेको हो। ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको मङ्गलबारे क्रिकेट टिमले बलिङमा भने त्यति राम्रो प्रदर्शन गर्न नसक्दा उपाधि चुम्नबाट वञ्चित भएको…
Read More
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाजुङ स्थित मिक्लाजुङ क्रिकेट एसोसिएसनको आयोजनामा आयोजित प्रिमियर लिग  गाउँपालिकाको केन्द्र रविबजार स्थित मिक्लाजुङ क्रिकेट मैदानमा असोज २५ गतेदेखि असोज २८ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा फिदिम क्रिकेट क्लब, पारुहाङ क्रिकेट टिम ,मङ्गलबारे क्रिकेट टिम, इलाम क्रिकेट एकाडेमी फर युथ ,याक्खेवा क्रिकेट टिम, सप्तमी क्रिकेट टिम, कुरुम्बा क्रिकेट टिम र रवि कर्मचारी क्रिकेट टिम गरी कुल आठवटा टिमहरूको सहभागिता रहेको छ असोज २८ गते हुने फाइनल विजेताले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै…
Read More
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार अलपत्र पुल भएकै स्थानमा पुगेर युवाहरुको समुहले प्ले कार्ड सहित प्रदर्शन गरेको हो । उनीहरुले 'हामीबाट भयो के भुल, सरकार चाँडो बना पुल', 'नचाहिने भ्यू टावर भन्दा चाहिने पुल बना सरकार,' 'सरकार ! पूर्ण निर्माण सँगै विकास निर्माण पनि गर' जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् । हुलाकी सडकको यो पुल १४ वर्षदेखि अलपत्र छ । ठेक्का लिएको निर्माण कम्पनीले काम नगर्दा पुल अलपत्र छोडिएको हो । पुल नबन्दा यहाँका स्थानियबासी जोखिम…
Read More
आज विजयादशमी टीकाको साइत बिहान ११:५३ मा

आज विजयादशमी टीकाको साइत बिहान ११:५३ मा

  झापा ।। आज असोज १६ गते विहीवार,  बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन विजया दशमी टिका लगाउने दिन यो वर्ष आज असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा बडादशैँको टीकाको उत्तम साइत रहेको छ ।नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो । यस वर्षको बडादशैँ गत असोज ६ गते‌ घटस्थापनाको दिनदेखि प्रारम्भ भएको हो । यो वर्ष गत असोज १३ गते सोमवार फूलपाती, असोज १४ गते मंगलवार महाअष्टमी ‌तथा कालरात्रि परेको थियो । असोज १५ गते बुधवार महानवमी तथा आज असोज १६ गते बिहीबार दशमी मनाइँदै छ । आजबाट आफन्त तथा अग्रज व्यक्तित्वहरूबाट टिका…
Read More
दशैको सातौं दिन आज घर घर मा फूलपाती भित्राइँदै

दशैको सातौं दिन आज घर घर मा फूलपाती भित्राइँदै

  झापा ।। दशैको सातौं दिन आज सप्तमी  दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए। “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी,…
Read More
इलाममा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते

इलाममा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते

  इलाम, १२ असोज । इलामको सूर्योदय नगरपालिका–६ हर्कटेस्थित मेचीराजमार्गमा सोमबार बिहान करिब ८ बजे दुई मोटरसाइकल आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। इलामबाट झापा तर्फ जाँदै गरेको प्रदेश ०२–००७ प ८८६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०३–००१ प ४८५१ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। दुर्घटनामा इलाम रोङ गाउँपालिका–३ का २६ वर्षीय विजय तामाङ (४८५१ नम्बरका चालक) दाहिने हात र पेटमा चोट लागी प्रारम्भिक उपचारपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ। उनीसँगै रहेका झापा गौरदह नगरपालिका–७ का २० वर्षीय सन्दीप सिटौलाको अनुहारमा चोट लागी मनमोहन अस्पतालमै पठाइएको…
Read More