साझा अक्षर

समाचार

गर्मी बढेसँगै सर्पदंशबाट बच्न मन्त्रालयको आग्रह

गर्मी बढेसँगै सर्पदंशबाट बच्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बच्न आग्रह गरेको छ । गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बच्न मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने भएकाले सतर्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विषालु सर्प रहेका छन् । यस्ता सर्पको टोकाइबाट बच्न सबैमा आग्रह छ ।” सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्न, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्नेजस्ता कार्य नगर्न, कुनै पनि मलम, रासायनिक पदार्थ, तातोचिसो प्रयोग नगर्न, बिरामीको आत्मविश्वास कायम राख्ने, डस्ने सर्पको पहिचान गर्ने र बिरामीलाई जतिसक्दो चाँडो…
Read More
निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहको आग्रह

निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहको आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकार निजी क्षेत्रमैत्री नीति लिई अघि बढिरहेको र व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा मंगलबार कार्यदलले उद्योग, वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग संविधान संशोधनका विषयमा सुझाव लिने क्रममा संयोजक शाहले निजी क्षेत्रसँग सहकार्य नगरी देशको आर्थिक विकास सम्भव नभएको बताए । सरकारले कुनै पनि व्यवसायीलाई लक्षित गरेर धरपकड नगरेको दाबी गर्दै उनले गम्भीर आपराधिक गतिविधि र राज्यलाई क्षति पुर्‍याउने कार्यमा संलग्नहरूमाथि मात्रै कानुनी कारबाही भइरहेको स्पष्ट पारे । 'प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय वा अन्य कुनै निकायबाट कसैलाई समात्ने…
Read More
मङ्गलबार राति , बुधबार र बिहीबार विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम सम्मको वर्षा हुने सम्भावना

मङ्गलबार राति , बुधबार र बिहीबार विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम सम्मको वर्षा हुने सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार राति सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । बुधबार सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि हावाहुरीको सम्भावना छ । महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षा…
Read More
सहकारीको बेथिति जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीको बेथिति जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सरकारले सहकारीको बेथिति जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।  मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले भन्नुभयो, ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको छ ।’  प्रवक्ता पोखरेलका अनुसार सरकारले वर्षे धानको न्यूनतम समर्थन मूल्यसमेत तोकेको छ । मोटो धानको न्यूनतम समर्थन मूल्य ३६ सय ६० र मध्यम धानको समर्थन मूल्य ३८ सय ६० रुपियाँ प्रति क्विन्टल तोकिएको हो ।  त्यसैगरी सरकारले नेपाल चीन जोड्ने विद्युत प्रशारण लाइन चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत…
Read More
सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले शुरू गरेको सरकारी ‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा

सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले शुरू गरेको सरकारी ‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा

सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले शुरू गरेको सरकारी ‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार भएको छ । हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई ‘डिजिटल’ र व्यवस्थित बनाउने प्रयासस्वरूप राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत कागजात घरमै पुर्‍याउने कार्य तीव्र बनाएको जनाएको हो । विभागकी महानिर्देशक मनमाया भट्टराई पँगेनीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले धेरैजसाे जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको छ । तल्लो तहसम्मै संयन्त्र परिचालन गरेर सेवा विस्तार गरिरहेका छौँ । नागरिकले सरकारी कागजात लिन कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः घट्दै गएको छ, उहाँले भन्नुभयो । विभागका अनुसार कार्यक्रम शुरू…
Read More
जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुदै

जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुदै

पाँचथर ।। पाँचथरको मिक्लाजुङ–६ जोगीडाँडामा “प्रथम जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता २०८३” आयोजना हुने भएको छ। जोगीडाँडा युवा खेलकुद समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिता २०८३ साल जेष्ठ १५, १६ र १७ गते मिक्लाजुङ–६ पञ्चमी आधारभूत विद्यालयको प्राङ्गण जोगीडाँडामा सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रु. ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. ३० हजारसहित मेडल र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडीहरूलाई बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट लिबेरो तथा अन्य विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि प्रवेश शुल्क रु. ३ हजार ५ सय…
Read More
प्रथम उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड ३ लाई

प्रथम उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड ३ लाई

  बिर्तामोड जेठ ४ ।। प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिका वडा नं ३ ले जितेको छ। बिर्तामोड ९ स्थित दुर्गा माविको खेलमैदानमा आज सम्पन्न फाइनलमा उपाधि दावेदार मानिएको बिर्तामोड ५ लाई ३-१ सेटले पराजित गर्दै वडा नं ३ ले उपाधि जितेको हो। पहिलो सेट बिर्तामोड नगरपालिकाले २५-२१ को सेटमा जितेको थियो। तर त्यसपछि लगातार तीन सेट जित्दै बिर्तामोड नगरपालिका ३ ले उपाधि जितेको हो। दोस्रो सेट बिर्तामोड ३ ले २५ -२० ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट २५-१५ ले जित हात हासिल गर्यो चौथो सेटमा २५-१९ को नतिजा हात पार्दै बिर्तामोड ३ च्याम्पियन बनेको हो पहिलो…
Read More
सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता” हुने

सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता” हुने

  पाँचथर, फाल्गुनन्द ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–३ पौवा सारतापमा “सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता” आयोजना हुने भएको छ। स्थानीय स्तरमा भलिबल खेलको विकास, युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्ने तथा स्वर्गीय सुखबिर नेम्बाङले जिल्लाको भलिबल क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप प्रतियोगिता आयोजना गर्न लागिएको हो। फाल्गुनन्द गाउँपालिका–३ स्थित श्री सारताप मनोरत्न माध्यमिक विद्यालयको खेलमैदानमा यही जेठ २९, ३० र ३१ गते प्रतियोगिता सञ्चालन गरिने तयारी भइरहेको छ। प्रतियोगितामा पाँचथर जिल्लाका विभिन्न पालिका  हरूको सहभागिता रहने छ। स्वर्गीय सुखबिर नेम्बाङ फाल्गुनन्द गाउँपालिका वडा नम्बर–३ का पूर्व वडा अध्यक्षसमेत हुन्। उनी क्षेत्रीय स्तरका चर्चित भलिबल खेलाडीका रूपमा परिचित थिए। खेलकुदमार्फत सामाजिक…
Read More
प्रथम उपमेयर कप वडास्तरीय भलिबल आजबाट सुरु वडा न.३,८,५ र ६ सेमीफाइनल प्रवेश

प्रथम उपमेयर कप वडास्तरीय भलिबल आजबाट सुरु वडा न.३,८,५ र ६ सेमीफाइनल प्रवेश

  झापा जेष्ठ ३ ।। प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिता आजबाट झापाको बिर्तामोडमा सुरु भएको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ९ खेलकुद विकास समितिको आयोजना र बिर्तामोड नगर खेलकुद विकास समितिको सहआयोजनामा प्रतियोगिता सुरु भएको हो। बिर्तामोड ९ गरामनि स्थित दुर्गा माविको खेलमैदानमा आज भएको खेलबाट जित निकाल्दै वडा नम्बर ५, ६,३ र ८ सेमी फाइनलमा प्रवेश गरेका छन्। बिर्तामोड ३ ले बिर्तामोड ४ लाई २५-१७ र २५-१६ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो। बिर्तामोड ३ बाट विमान खड्का अभिषेक कामती भरत यादव धुर्व भण्डारी जस्ता अनुभवी खेलाडीहरू सहभागी छन्। त्यस्तै अर्को खेलमा बिर्तामोड ५ले…
Read More
धाईजन चाराली च्यालेन्ज कप, उपाधि जित्ने दुवै टिमको दाबी

धाईजन चाराली च्यालेन्ज कप, उपाधि जित्ने दुवै टिमको दाबी

  झापा ।। धाईजन चारअलि महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आफूहरूले जित्ने सहभागी रतखोला फुटबल एकेडेमी दार्जिलिङ भारत र आयोजक धाइजन चाराली फुटबल क्लबका प्रशिक्षक र कप्तानले  दाबी गरेका छन् । मेचीनगर नगरपालिका वडा नम्बर १२ स्थित स कालिका खेलमैदानमा आज आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि हात पार्ने दाबी गरेका हुन् । फाइनल खेल आइतबार यसै मैदानमा हुँदैछ। रतखोला फुटबल एकेडेमी दार्जिलिङका प्रशिक्षक विद्युतदासले आफ्ना अनुभवी खेलाडीहरू भएका कारण उपाधि आफूले जित्ने दाबी गरे त्यस्तै क्याप्टेन प्रतिज्ञा क्षेत्रीले आफूहरू उत्कृष्ट खेल्दै  आयोजकलाई होम ग्राउन्डको एडभान्टेज भएपनि होम ग्राउन्डमै आयोजकलाई पराजित गर्दै उपाधि आफूले जित्ने दाबी गरिन्। त्यस्तै आयोजक…
Read More