साझा अक्षर

शिक्षा

प्याब्सन झापाको भवन स्तरोन्नति गरिदैं। 

प्याब्सन झापाको भवन स्तरोन्नति गरिदैं। 

झापा।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले भवनको स्तरोन्नति गर्ने भएको छ । बिर्तामोड  नगरपालिका १ स्थित गैरीगाउँमा रहेको एक तले भवनको स्तरोन्नति गर्दै आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । जसका लागि प्याव्सन झापाका प्रमुख सल्लाहकार एवम् कोशी प्रदेशका सचिव गौरीमान फागोको संयोजकत्वमा ११ सदस्यीय भवन निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा एलपी उप्रेती, छत्रवहादुर कार्की सहित सचिवालयका अन्य सदस्य रहेका छन् । सचिवालमा हरिकृष्ण पठक, टीआर गौतम, इश्वरा श्रेष्ठ, लक्ष्मीप्रसाद उप्रेती, अमृत कुमार तिम्सिना, जीवन शिवाकोटी , विनोद सुब्बा र नारायण सुवेदी रहेका छन् । समितिले भवन निर्माणको काम तत्कालै शुरु गर्ने जनाइएको…
Read More
शिक्षक आन्दोलनबारेमा प्रतिपक्षी दलहरूबाट संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

शिक्षक आन्दोलनबारेमा प्रतिपक्षी दलहरूबाट संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाण्डाै।। विपक्षी दलहरूले शिक्षक आन्दोलन र मागबारे संसद्‍मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । विगतमा सरकार र नेपाल शिक्षक महासङ्घबीच भएका सम्झौताहरू कार्यान्वयनको मागसहित महासङ्घको आह्वानमा भइरहेको शिक्षक सडक आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै विपक्षी दलका सांसदहरूले छलफलका ६ बुँदा पेश गरेका छन् । जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउने सांसदहरूमा नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, आम जनता पार्टीका प्रभु साह हुनुहुन्छ । त्यसअघि प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलसहित सत्तापक्षका सांसदहरूले पनि हिजो शिक्षकहरूको आन्दोलनमा बल प्रयोग गरेकोमा विरोध गर्दै उनीहरूको…
Read More
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, ५० बढी घाइते,आन्दोलनमा घुसपैठ भएको महासंघको भनाई

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, ५० बढी घाइते,आन्दोलनमा घुसपैठ भएको महासंघको भनाई

काठमाडौं।विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ । शिक्षकहरू प्रदर्शन गर्दै बानेश्वर पुगेकामा निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछी प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो सोही बेला शिक्षकहरूबाट प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो । दोहोरो झडपका क्रम बिच ५० जना भन्दा बढी शिक्षकहरू घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ । घाइतेहरूलाई शहरको विभिन्न अस्पतालमा उपचार गरिन्दै गरेको जनाइएको छ । उता सोही आन्दोलनको समाचार संकलन गर्दै  बानेश्वर पुगेकी पत्रकार सविना कार्की समेत घाइते भएकी छन् ।पानीको फोहोराबाट कार्कीको आँखामा गम्भीर चोट लागेको छ।…
Read More
कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले तयारीमा निरन्तर लाग्न विद्यार्थीलाई बोर्डको आग्रह

कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले तयारीमा निरन्तर लाग्न विद्यार्थीलाई बोर्डको आग्रह

काठमाडौं।। राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले परीक्षाको तयारीमा निरन्तर लाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित भएको जनाउँदै सामाजिक सञ्जालमा संप्रेषण भएको सूचनाले विद्यार्थीलाई भ्रमित पार्न खोजेको भन्दै यस्ता भ्रममा नपरी परीक्षाको तयारीमा जुट्न विद्यार्थीहरुलाई बोर्डले आग्रह गरेको छ । बोर्डले एक विज्ञप्ती जारी गर्दै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार हुने जानकारी दिँदै सामाजिक सञ्जालमा आएको विज्ञप्ति अनधिकृत भएकाले भ्रम फैलाउनेलाई कारबाही गरिने जनाएको छ । बोर्डले सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक एवं प्रधानाध्यापकलाई अपिल पनि गरेको छ ।…
Read More
शिक्षक आन्दोलनका कारण २८ हजार सरकारी विद्यालय बन्द

शिक्षक आन्दोलनका कारण २८ हजार सरकारी विद्यालय बन्द

झापा । सरकार र शिक्षकबीच यसअघि भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा आज १६औं दिन पनि शिक्षकहरुले सडक आन्दोलनलाई निरन्तरता दिँदैछन् । यता सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्नेसमेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते बोलाइसकेको छ  शिक्षक महासङ्घले भने सङ्घीय संसद्को अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भएसपछि मात्रै आन्दोलन रोकिने बताउँदै आएको छ । तर उता कतिपय निजी विद्यालयमा भने नयाँ शैक्षिक सत्रका कक्षा सञ्चालन हुन थालिसकेका छन् । शिक्षकहरूले माग गरिरहेको शिक्षा ऐनको विधेयक विगत १८ महिनादेखि टुङ्गो नलाग्दा शिक्षकहरूको…
Read More
लामो समय स्मार्टफोन चलाउदा हुन सक्छ यि समस्या….

लामो समय स्मार्टफोन चलाउदा हुन सक्छ यि समस्या….

काठमाडौं।। आजको समय बिज्ञान र प्रविधिको हो। समय अनुसार ठुला साना बिभिन्न सामग्री हरूको बिकास भईरहेको छ। समय अनुसार सोहि सामग्रीहरूको प्रयोग गरि आफ्नो दैनिकी चलाइरहेको पाइन्छ जस्ले गर्दा हरेक काम सहजै सम्पन्न भएको पनी पाइन्छ। यसै समयमा बिकास भएको एक यन्त्र हो स्मार्ट फोन।पछिल्लो समय स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग नै बनिसकेको छ । बालबालिकादेखि वृद्धसम्म सबैजना स्मार्टफोन चलाउँछन् । भर्खरै गरिएको एक अनुसन्धानका अनुसार स्मार्टफोनको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने देखिएको छ । अहिले स्मार्टफोनले हाम्रो जीवनलाई निकै सहज बनाइदिएको छ । स्मार्टफोनको प्रयोग गरी घरमै बसेर संसारको जुनसुकै ठाउँमा कुरा गर्नेदेखि पैसाको कारोबार र अध्ययन…
Read More
शैक्षिक सत्र२०८२ सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक

शैक्षिक सत्र२०८२ सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक

काठमाडौं।। शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा सकिएर नतिजा पनि आउन थालिसकेको अवस्था छ। चालु शैक्षिक सत्र सकिन लाग्दा नयाँ शैक्षिक सत्र २०८२ को स्वागत तर्फ समग्र शिक्षा क्षेत्र अगाडी बढिरहेको देखिन्छ। बैशाखको पहिलो साता बाट धेरै विद्यालयहरूमा पढाइ सुरू हुने गरेको अगाडीका वर्षहरू हेर्दा पनी अनुमान गर्न सकिन्छ।यसै कुरालाई मध्यनजर गरेर पठनपाठन सुरु हुनुअघि नै पुस्तक छपाइ सम्बन्धी काम हरू सम्पन्न गरी सम्बन्धित ठाउँमा पुर्याउने कार्य समेत सुरू भईसकेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय…
Read More
सुक्खा मौसममा डढेलो लाग्न नदिउ…..

सुक्खा मौसममा डढेलो लाग्न नदिउ…..

झापा।। अहिलेको समयमा बिभिन्न ठाउँहरूमा सुकेका पातहरू धेरै हुने अथवा धेरै स्थानमा सुक्खाहुने समय छ। सुक्खा समय भएकै कारण धेरै भागमा डढेलोको जोखिम प्राय हरेक वर्ष हुने गरेको पाईन्छ।यस वर्ष पनि सामुदायिक, निजी र राष्ट्रिय वनमा डढेलो लागिरहेको पाइन्छ। विज्ञहरूका अनुसार डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गर्छ। डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण‚ १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ। ३ प्रतिशत डढेलोका कारण थाहा पाउन नसकिएको उनिहरूको भनाई रहेको छ। त्यसो त सरकारले हरेक वर्ष वन डढेलो सम्बन्धित जनचेतना सप्ताह लगाएतका डढेलो नियन्त्रणका लागी बिभिन्न कार्यक्रम गर्दछ तर अझैपनी धेरै प्रयासहरु प्रभावकारी हुन नसक्दा यो समस्या…
Read More
एसइई परीक्षा आजदेखि पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुदै

एसइई परीक्षा आजदेखि पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुदै

  झापा चैत्र ७ ।। माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुदैछ । परीक्षा तालिकाअनुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार…
Read More
होलिबेलको बार्षिक उत्सवमा जब विद्यार्थीले संस्थापक अणु प्रधानलाई सम्झिए…

होलिबेलको बार्षिक उत्सवमा जब विद्यार्थीले संस्थापक अणु प्रधानलाई सम्झिए…

धुलाबारी । विद्यार्थी, अभिभावक र अतिथिले भरिभराउ टाउन हल । विद्यार्थीहरुको आ आफ्नो प्रस्तुती नृत्य, गायन र भाषणले माहोल निकै तातेको थियो । प्रमुख अतिथिका रुपमा मेचीनगर ९ का वडा अध्यक्ष कन्चन तामाङ थिए । उनी पनि विद्यार्थीको प्रतिभालाई नजिकबाट हेरिरहेका थिए । यत्तिकैमा एउटा नृत्य प्रस्तुत भयो । सम्बोधन तिमीलाई गर्दैछु भन्ने गीत गन्जियो । त्यसपछि विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्न थाले । अघि रमझमम रहेको माहोल एकाएक शान्त तथा भावुक बन्यो । नृृत्य विद्यालयका संस्थापक प्रिन्सिपल अणु प्रधानको सम्झनामा कोरियाग्राफर गरिएको थियो । जसले विद्यालयलाई स्थापना गरेर २० वर्ष पुरा गरेपछि प्रधानको निधन भएको थियो । विद्यालयकी निर्देशक अमृता…
Read More