साझा अक्षर

प्रमुख समाचार

युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक

युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक

काठमाडौं। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले रुस-युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक गरेका छन्।फ्रान्स, बेलायत र अन्य युरोपेलीले गठबन्धन बनाउने भएका हुन्। यसमा अमेरिकालाई समावेश गर्ने योजना बनाइएको छ। युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीसहित १८ युरोपेली देशको नेतृत्व सहितको सम्मेलनपछि स्टेइमरले आफूहरू इतिहासको महत्त्वपूर्ण मोडमा आइ पुगेको बताए।बैठकले युक्रेनमाथिको सैन्य सहयोग यथावतै राखेर रुस माथिको आर्थिक दबाब बढाउने सहमति गरेको छ। युद्धको अन्त्य गर्ने सवालमा युक्रेनको भविष्यको सुरक्षाको ग्यारेन्टी तथा युक्रेनको सार्वभौम रक्षाको विषयलाई महत्त्व दिने सहमतिसमेत गरेका छन्। भविष्यमा हुने खतराबाट बचाउनका लागि युक्रेनको रक्षा संयन्त्रलाई बलियो बनाउने सहमति भएको छ। युरोपेली देशले सधैँका…
Read More
आज महाशिवरात्री पर्व धुमधामका साथ मनाईदै।

आज महाशिवरात्री पर्व धुमधामका साथ मनाईदै।

झापा।आज देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी महाशिवरात्री पर्व मनाइँदैछ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाईने यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये शिव रात्रीलाई पवित्र पर्वका रूपमा धुमधामका साथ मनाउने गरिन्छ । काठमाण्डौ स्थित प्रशिद्ध शक्तिपीठ पशुपति नाथ मन्दिर त्यसै गरी पुर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वर धाम लगायत देशभर रहेका भगवान शिवजीको मन्दिरहरुमा दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लाग्ने गर्छ र धुमधामका साथ भक्तजनहरुले पूजा आराधना गरी मनाउने गर्दछन् । निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुधको अभिषेक र भगवान शिवको महिमा भजन किर्तन पूजा आराधना गरी मनाइने शिवरात्रीलाई पर्वको राजा समेत भनिन्छ र…
Read More
डिभी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश।

डिभी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश।

काठमाडौं। फागुन २।। ट्रम्प प्रशासनले डिभी लट्री खारेज गर्ने तयारी गरेको संगै जर्जियाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका सांसद माइक कोलिन्सले डिभी लोटरी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश गरेका छन् । सांसदहरूले  ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत् आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने काम भइरहेको समेत उल्लेख गरेका छन्। योग्यतामा आधारित प्रक्रियाबाट आप्रवासी छनोट गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्। विधेयक पेश गर्नुको उद्देश्य भिसा लट्री अन्त्य गर्नु र लट्री विजेताहरूले परिवारका सदस्यहरूलाई प्राथमिकतायुक्त ग्रीन कार्डको लागि तुरुन्तै प्रायोजन गर्ने क्षमतालाई हटाउनु हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी कार्यक्रमको विरोध गर्दै आएका…
Read More
बिपी राजमार्ग भोलिदेखि खुल्ने

बिपी राजमार्ग भोलिदेखि खुल्ने

काठमाण्डौ। २४ असोज।। असोज दोस्रो हप्ता परेको अविरल वर्षाका कारण बन्द गरिएको बिपी राजमार्ग भोलिदेखि खुल्ने भएको छ । बाढीपहिरोले धेरै भाग बगाएका कारण आवतजावतमा समस्या देखिएपछी बन्द गरिएको उक्त राजमार्ग भोलिदेखि बाटोको अवस्था हेरेर एकतर्फी वा दुईतर्फी खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिएका हुन्। उनका अनुसार पर्वमा पनि बिहानैदेखि जनशक्ति र मेसिनहरु सडक बनाउन खटिएर आज रातभरी र भोलि बिहान केहीबेर काम गरेर सडक खुलाइने छ।
Read More
फरवार्डको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

फरवार्डको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अर्जुनधारा।२३ असोज ।।अर्जुनधारा नगरपालिका वडा नम्बर ८ मा रहेको फरवार्ड एजुकेशन फाउण्डेशन झापा प्रा.लि.ले नेपालीहरूको साझा चार्ड दशैं, तिहार, नेपाल सम्वत् ११४५ र छठ पर्व २०८१को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । फरवार्डको कार्यालयमा संस्थाका प्रबन्ध निर्देशक इन्द्रप्रसाद गिरीको अध्यक्षतामा तथा अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि उप्रेतीले उद्घाटन गरेको कार्यक्रममा संस्थापक गिरीले संस्थाको वर्तमान अवस्था र भावी रणनीति बारे जानकारी गराएका थिए। कार्यक्रममा आइइएलटीएस कक्षा प्रमुख हेमन्तराज घिमिरे, जापानिज भाषा प्रमुख श्रीकृष्ण भट्टराई, कोरियन भाषा प्रमुख गोविन शर्मा तिम्सिना, कम्प्युटर प्रशिक्षक इन्द्रकुमार रामलगायतले शुभकामना मन्तव्य राखेका थिए।संस्थाका सल्लाहकार अमित खम्बूले…
Read More
अभिभावक नभएको  समयमा ताप्लेजुङको एक घरमा आगलागी

अभिभावक नभएको समयमा ताप्लेजुङको एक घरमा आगलागी

ताप्लेजुङमा गए राति एक घर आगलागी हुँदा ५ लाख मूल्य बराबरको क्षति भएको छ। जिल्लाको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङमा भएको आगलागीबाट ५ लाख मूल्य बराबरको क्षति भएको हो। ताप्लेजुङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार हाङपाङ गैरीगाउँ बस्ने दुर्गाबहादुर आङवुहाङको ढुङ्गा,माटो र बाँससहितले बनेको एकतले घरमा आगलागी भएको हो। घरका अभिभावक नभएको र बच्चाहरू मात्र रहेको समयमा आगलागी भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन। आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको जानकारी प्राप्त भएको समेत प्रहरीले बताएको छ।
Read More
नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु मृत फेला

नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु मृत फेला

  झापा।। विराटनगर स्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ । अस्पतालको प्रसूति वार्डको शौचालयभित्र शिशु मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार अवैध शारीरिक सम्पर्कबाट गर्भवती भएकी महिलाले शिशु (छोरा) जन्माएर अस्पतालको शौचालयमा फालेको हुनसक्छ । शिशु कसले जन्माएर फालेको हो भन्ने अहिलेसम्म यकिन भइनसकेको बस्नेत बताउँछन् । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
Read More
गायन रियालीटी सो ‘याक्थुङ स्टार’ को दोस्रो संस्करण सुरु, भदौ १ देखि डिजिटल अडिसन हुने

गायन रियालीटी सो ‘याक्थुङ स्टार’ को दोस्रो संस्करण सुरु, भदौ १ देखि डिजिटल अडिसन हुने

  बिर्तामोड साउन ३२।। पहिलो संस्करणको अपार सफलतापछि गायन रियालीटी सो ‘याक्थुङ स्टार’ को दोस्रो संस्करणको डिजिटल अडिसन भदौ १ गते (भोलि) देखि हुने भएको छ । आज आयोजक अमर कृति म्युजिक प्रालिले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो। याक्थुङ भाषा याक्थुङ लिपि याक्थुङहरुको सान, अस्तित्व र मौलिकता बचाउने याक्थुङ स्टारको अभियान भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको  ब्रोसिस माबोहाङ लिम्बूले जानकारी दिए । याक्थुङहरूको हराउँदै गइरहेको भाषा लिपि संस्कार संस्कृति रीतिरिवाजलाई विश्वभर प्रचारप्रसार गर्ने र लोप हुँदै गइरहेको ढेक याक्थुङ  मौलिकताको उजागर गर्ने उद्देश्य सहित याक्थुङ स्टार आयोजना गरिएको आयोजक अमर कृति म्युजिक प्रालीका सञ्चालक  लिम्बुले जानकारी…
Read More
एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना पाँचजनाको मृत्यु

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना पाँचजनाको मृत्यु

  नुवाकोट साउन २३ ।।    नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको पुष्टि गरे । नागरिक उड्ययन प्राधिकरणका अनुसार एयर डाइनेष्टीकोनाइन एन-एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाँदै थियो । डीएसपी भारतीकाअनुसार सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटनामा परेको हेलिकप्टर जलेपछि यात्रुको ज्यान गएको हो । एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिए प्रहरी र स्थानीयबासीले आगो निभाउने कोसिस गरिरहेका छन् । त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १.५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन…
Read More
झापाको भिन्नाभिन्नै ठाउँबाट अवैध लत्ता कपडा बरामद

झापाको भिन्नाभिन्नै ठाउँबाट अवैध लत्ता कपडा बरामद

  बिर्तामोड साउन २३ ।। झापाको दुई भिन्न स्थानबाट सशस्त्र प्रहरीले आज अवैध कपडा बरामद गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चिया बगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको रू १२ लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिनुभयो । बुद्धशान्ति–७ सुनमाई चिया बगानबाट नेपाल सुरक्षा बेस टिमाइबाट खटिएको मोबाइल टोलीले विशेष सूचनाको आधारमा आज राति ७ः१० बजे चिया बगानभित्र लुकाई छिपाई राखेको करिब रू १० लाख बराबरको बरामद गरेको हो । त्यस्तै, नेपाल…
Read More