बिर्तामोड बैशाख २४ ।। झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक सेतो र चन्द्रगढी भेट्रान्स फाइनलमा प्रवेश गरेका छन् । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बिर्तामोड भेट्रान्स निलोलाई १-० गोलले पराजित गर्दै चन्द्रगढी फाइनल प्रवेश गरेको हो । चन्द्रगढीका लागि सुबास खड्काले गरेको गोल नै निर्णायक गोल बन्यो उनले क्याप्टेन प्रेम लिम्बुको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए। । खेलमा उत्कृष्ट प्रदर्शन गरेका चन्द्रगढीका गोलकिपर रूपक गुरुङ प्लेयर अफ दी म्याच भए । उनलाई प्रमुख अतिथि बिर्तामोड साना सहरी खानेपानी संस्थाका अध्यक्ष मेघराज बास्तोलाले नगद १५०० र ट्रफी प्रदान गरे।…
बिर्तामोड बैशाख २३ चौथो बिर्तामोड भेट्रान्स प्रतियोगिता अन्तर्गत आजको खेलमा जित निकाल्दै बिर्तामोड भेट्रान्स सेतो अन्तिम चारमा प्रवेश गरेको छ। यो सँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ। बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा मेची भेट्रान्स मेचीनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको हो। बिर्तामोडको जितमा अङ्कुर कुमार खड्गी ले दुई र भूपेन लिम्बुले एक गोल गरे। पराजित मेची भेट्रान्स अनुभवी खेलाडीहरूले भरिएको बिर्तामोड भेट्रान्स विरुद्ध सोचे अनुरूपको प्रदर्शन गर्न सकेन। पहिलो हाफमा केही कमजोर प्रदर्शन गरेको मेची भेट्रान्स दोस्रो हाफमा भने केही सुधारिएको प्रदर्शन गर्दै अवसर सिर्जना गरिरह्यो…
0बिर्तामोड वैशाख २२ ।। झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता जित निकाल्दै आयोजक बिर्तामोड भेट्रान्स निलो र दमक भेट्रान्स सेमिफाइनल प्रवेश गरेका छन्। बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा भएको पहिलो खेलमा ढल्के जोबान भेट्रान्स पराजित गर्दै बिर्तामोड भेट्रान्स निलो अन्तिम चारमा प्रवेश गरेको हो। बिर्तामोडको जितका लागि रबिन राई र कृष्ण शाक्यले दुई दुई गोल गरे भने सन्तोष, राई कुमार सुब्बा र टेकराज तीलिङ सुब्बाले एकएक गोल गरे पराजित ढल्के जोबन भेट्रान्स क्लब उर्लाबारी मोरङका लागि बिनोद लामा र डे निम राईले एक एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड भेट्रान्स…
बिर्तामोड वैशाख २१ ।। झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा जित निकाल्दै स्काई भेट्रान्स फुटबल क्लब धरान र मेची भेट्रान्स मेचीनगर झापा अघिल्लो चरणमा प्रवेश गरेका छन्। बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा आज भएको पहिलो खेलमा चन्द्रगढी भेट्रान्स फुटबल क्लबलाई ट्राइबेकरमा पराजित गर्दै स्काई भेट्रान्स धरान अघिल्लो चरणमा प्रवेश गरेको हो। खेलमा अग्रता भने चन्द्रगढी भेट्रान्स क्लबले लिएको थियो। चन्द्रगढीका लागि खेलको पहिलो हाफको एघारौँ मिनेटमा मित्र बस्नेतले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरैबेर टिक्न सकेन एकपछि अर्को आक्रमण बुन्दै स्काई भेट्रान्स धरानले पहिलो हाफको…
बिर्तामोड वैशाख २० ।। झापाको बिर्तामोडमा आजबाट चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ। बिर्तामोड भेट्रान्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजबंशी रङ्गशालामा सुरु भएको हो। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिर्तामोड भेट्रान्स ‘निलो’ले दुधे भेट्रान्स फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। जसका लागि जर्सी नम्बर ८ का सन्तोष राईले खेलको इन्जुरी समयमामा गरेको गोल नै निर्णायक बन्यो। पूर्व राष्ट्रिय तथा अनुभवी खेलाडीहरूले भरिएको आयोजक टोलीले दुधे भेट्रान्स माथि खेल अवधिभर दबाब कायम राखेको थियो। मिडफिल्ड र डिफेन्स दर्बिलो बनाउँदै आक्रमण बुनेको बिर्तामोडले केही राम्रा अवसर सिर्जना गरे पनि थप…
बिर्तामोड बैशाख २० ।। झापाको धाइजनमा धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ आयोजना हुने भएको छ । धाइजन चाराली फुटबल क्लबको आयोजनामा यही वैशाख २७ गतेबाट मेचीनगर १२ स्थित कालिका खेलमैदानमाआयोजना हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ। सार्वजनिक खेलतालिका अनुसार प्रतियोगितामा आयोजक धाइजन–चारआली फुटबल क्लबसहित आदर्श युवा क्लब बुद्धशान्ति, भद्रपुर ब्लेजर, कमल गाउँपालिका, कन्काई नगरपालिका, इलामको रोङ गाउँपालिका, जनता सेभेन फुटबल क्लव सूर्योदय टीमसँगै भारत दार्जिलिङको रथखोला फुटबल एकाडेमीले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष आशिष वनले जानकारी दिए । महिला फुटबलको विकास तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा अनुभव दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । प्रतियोगिताले स्थानीय खेलकुद विकासमा समेत…
राष्ट्रपति रामचन्द्र पाैडेलले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउनुभएकाे छ । उहाँले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३ काे विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न फिर्ता पठाउनुभएकाे राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । सरकारले ६ सदस्यीय संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित ३ जनाकाे निर्णय अन्तिम हुने गरी अध्यादेश पठाएको थियो । आजै राष्ट्रपति पाैडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गर्नुभएको हो । याेसँगै मन्त्रिपरिषद्ले सिफारिश गरेका ८ मध्ये राष्ट्रपति पौडेलले ७ वटा अध्यादेश जारी गर्नुभएकाे…
नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिनुभयो । पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेता तथा जनसङ्गठनका प्रतिनिधिको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको उहाँले बताउनुभयो ।ujyaalo
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिसँग आज काठमाण्डाैमा छलफल उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गर्नुभएको हो । सभापति लामिछानेले भन्नुभयो, ‘निजी क्षेत्र सशङ्कित भएको, अलि डराएको जस्तो देखेर नै मैले तपाईंहरूसँग छलफल गर्न चाहेको हुँ । तपाईंहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौँ ।’ उहाँले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर…
Mostbet AZ - bukmeker ve kazino Mostbet - Giriş rəsmi sayt ▶️ OYNA Содержимое Mostbet AZ rəsmi saytından qazanın kimdir? Mostbet AZ - bukmeker və kazino şirkətinin Azerbaycan üçün hazırladığı rəsmi sayt. Mostbet.com tərəfindən təmin edilmiş və Azerbaycan milyardarlarda istifadəçilərə müraciət edir. Mostbet.az saytı, Azerbaycanın məsuliyyəti ilə müraciət edən istifadəçilər üçün təhlükəsiz və müraciət etmək üçün uyğun olan bir platforma təqdim edir. Mostbet Azerbaycan və Mostbet AZ saytında qeydiyyatdan keçirə bilərsiniz. Mostbet.az saytında Mostbet qeydiyyat prosesini əks etmək üçün sadə və müraciət etmək üçün uyğun olan bir sistem təqdim edilir. Mostbet Azerbaycan və Mostbet AZ saytında milyardarlarla istifadəçilər, Mostbet giriş…