साझा अक्षर

आईटी प्रविधिबाट भ्रष्टाचार नियन्त्रण सम्भव छ : प्रा शर्मा

आईटी प्रविधिबाट भ्रष्टाचार नियन्त्रण सम्भव छ : प्रा शर्मा

आईटी प्रविधिबाट भ्रष्टाचार नियन्त्रण सम्भव छ : प्रा शर्मा

  झापा फागुन २६ ।।  आईटी प्रविधिबाट भ्रष्टाचार नियन्त्रण सम्भव रहेको भन्दै प्राध्यापक सुनिल शर्माले सरकारलाई १० बुँदे सुझाव  दिएका छन् । नेपालमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि आधुनिक सूचना प्रविधिको प्रभावकारी प्रयोग गर्नुपर्ने सुझाव दिँदै शर्माले सूचना प्रविधिमा आधारित प्रणाली लागू गरिएमा सरकारी सेवा प्रणालीलाई अझ पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सकिने  बताएका छन्। झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसका सूचना प्रविधि विभाग प्रमुख प्राध्यापक  शर्मा ले अब बन्ने नयाँ सरकारका लागि सूचना प्रविधिमा आधारित भ्रष्टाचार नियन्त्रणका विभिन्न उपाय सार्वजनिक गरेका हुन्। उहाँका अनुसार भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता मात्र पर्याप्त हुँदैन। सूचना प्रविधि विज्ञ, इन्जिनियर तथा अनुसन्धानकर्तालाई नीति निर्माण र…
Read More
पोखरी युथ क्लबकोले तेस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना गर्दै

पोखरी युथ क्लबकोले तेस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना गर्दै

  फाकफोकथुम इलाम ! फागुन २४।।   नयाँ वर्ष २०८३ को अवसरमा पोखरी युथ क्लबको आयोजनामा तेस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता फाकफोकथुम गाउँपालिका वडा नम्बर ६ मा रहेको जानकी माविको खेलमैदानमा आगामी चैत २२ गतेदेखि सुरु भई नयाँ वर्ष २०८३ वैशाख १ गते सम्पन्न हुने गरी आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ। स्थानीय स्तरमा फुटबल खेलको विकास गर्ने, गाउँ–गाउँमा खेलकुद गतिविधिलाई सक्रिय बनाउने तथा ग्रामीण क्षेत्रमा रहेका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ। यस प्रतियोगितामा इलाम, पाँचथर तथा झापा जिल्लाका उत्कृष्ट टोलीहरूको…
Read More
जन्मदिनमा विपन्न बालबालिकालाई स्कूल ब्याग वितरण

जन्मदिनमा विपन्न बालबालिकालाई स्कूल ब्याग वितरण

  झापा, बिर्तामोड। मेची–महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले ले आफ्नो जन्मदिनको अवसरमा झापाको बिर्तामोड नगरपालिका–७ स्थित नगर गौरव बस्ती मा रहेका विपन्न बालबालिकालाई स्कूल ब्याग वितरण गरेकी छिन्। संस्थाले सामाजिक उत्तरदायित्व तथा शिक्षा प्रवर्द्धनलाई प्राथमिकता दिँदै आयोजना गरेको उक्त कार्यक्रममा ३० जना विपन्न बालबालिकालाई स्टेशनरी सामग्री अन्तर्गत स्कूल ब्याग वितरण गरिएको हो। आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालय जान प्रोत्साहन गर्ने तथा उनीहरूको शैक्षिक यात्रामा सहयोग पुर्‍याउने उद्देश्यले ब्याग वितरण गरिएको  गरिएको आयोजकले जनाएको छ।   कार्यक्रममा मेची–महाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला अध्यक्ष गंगा भट्टराई, सह–संयोजक रोशनी खनाल अधिकारी, झापा जिल्ला सह–सचिव आरजू खतिवडा तथा जिल्ला…
Read More
मतदान पछि  खुसी मुद्रामा उज्यालो नेपाल पार्टीका उमेद्वार सी. के बेघा

मतदान पछि खुसी मुद्रामा उज्यालो नेपाल पार्टीका उमेद्वार सी. के बेघा

  झापा ।। उज्यालो नेपाल पार्टी का झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सी.के. बेघा लिम्बूले आज बिहान ७ बजे बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट आफ्नो मतदान गरेका छन्। ५२ वर्षको उमेरमा पहिलो पटक मतदान गरेका लिम्बूले पहिलो मत नै आफूलाई दिन पाउँदा विशेष उत्साह र गर्व महसुस भएको प्रतिक्रिया दिए। “देशको लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाउनु नै ठूलो कुरा हो। पहिलो मतदान आफ्नै पक्षमा गर्न पाउँदा झन् जिम्मेवारी थपिएको अनुभूति भएको छ,” उनले भने। लामो समय भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त गरेका लिम्बू अवकाशपछि समाजसेवा र राष्ट्र निर्माणमा योगदान गर्ने उद्देश्यसहित राजनीतिमा सक्रिय…
Read More
मतगणनाको परिणाम  एसएमएसबाट पनि थाहा पाउन सकिने

मतगणनाको परिणाम एसएमएसबाट पनि थाहा पाउन सकिने

  झापा फागुन २०।।  निर्वाचनपछिको मतगणनाको परिणाम रेडियो, टेलिभिजन वा अनलाइन सञ्चारमाध्यममात्रै नभएर एसएमएसबाट पनि थाहा पाउन सकिने भएको छ। डिजिटल सञ्चार समाधान प्रदायक कम्पनी ‘आकाश एसएमएस’ले सर्वसाधारणका लागि मोबाइल एसएमएसमार्फत मतगणनाको 'लाइभ अपडेट' प्राप्त गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । निर्वाचनको नतिजा आउने क्रममा समाचार वेबसाइटहरूमा हुने अत्यधिक चाप (ट्राफिक), इन्टरनेटको पहुँच नभएका स्थान वा स्मार्टफोन प्रयोग नगर्ने नागरिकलाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । कसरी लिने जानकारी ? यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलको 'मेसेज बक्स'मा गएर एउटा सन्देश टाइप गर्नुपर्ने हुन्छ । १. मेसेज बक्समा EC <स्पेस> आफ्नो जिल्ला/क्षेत्रको नाम…
Read More
झापा–२ मा फरक शैलीको चुनावी अभियान : सी के वेघा लिम्बूको घरदैलो कार्यक्रम

झापा–२ मा फरक शैलीको चुनावी अभियान : सी के वेघा लिम्बूको घरदैलो कार्यक्रम

  बिर्तामोड फागुन १६ !! चुनाव नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी ह्वात्तै बढेको छ। झापा क्षेत्र नम्बर २ पनि यसको अपवाद छैन।  सबै  दलहरु भोट माग्न व्यस्त छन् पुराना तथा ठूला दलहरू बाजा–गाजा, ठूलो साउन्ड सिस्टम, कार्यकर्ताको हुल र महँगा गाडीको हुटमा उम्मेदवार राखेर नाचगानसहित प्रचारमा व्यस्त छन्। गाउँ–शहरमा चुनावी र्‍यालीको होहल्ला बाक्लिँदै गएको छ। तर यही भीड र होहल्लाको बीचमा फरक शैली लिएर मैदानमा उत्रिएका छन्  क्याप्टेन सी के वेघा लिम्बू। उज्यालो नेपाल पार्टी का तर्फबाट झापा–२ का प्रत्यक्ष उम्मेदवार रहेका वेघाको चुनावी अभियान भने अन्य दलभन्दा निकै भिन्न देखिन्छ। उनको साथमा न ठूलो साउन्ड सेट छ, न बाजा–गाजा,…
Read More
हरेक बिद्रोह, जन आन्दोलन र संघर्षपछि नयाँ राजनीतिक घटनाक्रम विकसित हुन्छ ।

हरेक बिद्रोह, जन आन्दोलन र संघर्षपछि नयाँ राजनीतिक घटनाक्रम विकसित हुन्छ ।

  तीर्थ सिग्देल झापा फागुन १५।। हरेक बिद्रोह, जन आन्दोलन र संघर्षपछि नयाँ राजनीतिक घटनाक्रम विकसित हुन्छ । प्रत्येक क्रियाको विपरित प्रतिक्रिया हुन्छ । यो राजनीतिशास्त्र र बिज्ञानकै नियम हो । जस्तोः २००७ सालको परिवर्तनपछि मोहनसमशेरको नेतृत्वमा मन्त्रीमण्डल बन्यो तर त्यो लामो समय टिकेन । त्यसपछि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा पहिलो नागरिक सरकार बन्यो । २०४६ सालमा बहुदल आयो । त्यतिबेला पनि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बन्यो । २०६३ सालमा राजतन्त्र गएपछि आम चुनाब भयो । त्यसले पनि प्रचण्डको हातमा देश सुम्पियो । र, जेन्जी आन्दोलनले केपी ओलीलाई सत्ताबाट ओराल्यो । अब भन्नुहोस् कि २००७ सालपछि राणाहरु को को सत्तामा…
Read More
झापा २ मा मतदाताको मन जित्दै उज्यालो नेपाल पार्टी

झापा २ मा मतदाताको मन जित्दै उज्यालो नेपाल पार्टी

  झापा फागुन १५ ।। फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले झापा–२ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै मतदाताको मन जित्न सफल भएको छ। उज्यालो नेपाल पार्टी प्रत्यक्षतर्फ बलिरहेको चिम चुनाव चिन्ह र समानुपातिकतर्फ बासुरी चिन्हका साथ निर्वाचन मैदानमा उत्रिएको छ। भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले यस निर्वाचनलाई “विकास, सुशासन र जनविश्वासको अभियान”का रूपमा प्रस्तुत गर्दै, देशमा देखिएको निराशा र अव्यवस्थालाई अन्त्य गर्दै सकारात्मक परिवर्तनको सुरुवात गर्ने लक्ष्यसहित चुनावी रणनीति तयार गरेको छ । झापा क्षेत्र नम्बर २ मा पार्टीका तर्फबाट क्याप्टेन सीके बेघा उम्मेदवार…
Read More
पुष्पलाल चोकमा निर्जला ग्रिन फार्म सञ्चालनमा

पुष्पलाल चोकमा निर्जला ग्रिन फार्म सञ्चालनमा

  अर्जुनधारा–६, झापा: झापाको अर्जुनधारा–६ स्थित पुष्पलाल चोकमा ४ लाख रुपैयाँको लगानीमा ‘निर्जला ग्रीन फार्म’ सञ्चालनमा आएको छ। फूल, फलफूल तथा सागसब्जीका गुणस्तरीय बिरुवा उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले फार्म स्थापना गरिएको हो। फार्ममा एकसय रुपैयाँदेखि एकहजार रुपैयाँसम्मका विभिन्न प्रजातिका बिरुवा उपलब्ध रहेका छन्। यहाँ अजेलिया (Ajalea), क्रोटन (Croton), कृष्णकेली, क्रिसमस ट्री, भेनेस्टेरा, गार्लिक भाइन, लोरोपेटालम, मोनस्टेरा, सेन्सोभेरा (Snake Plant), पेपरमिन्ट, सिंगोनियम, भेरिगेटेड पेपे, कालाथिया, गोल्डेन हेज, ह्याङ्गिङ प्लान्ट, बक्सवुड, फर्न (ठूलो र मिडियम साइज) लगायतका सजावटी तथा इनडोर–आउटडोर बिरुवा उपलब्ध छन्। यसका साथै सिजनअनुसारका फलफूल र सागसब्जीका बिरुवा तथा आर्गेनिक साग सब्जी बिक्रीका लागि राखिएको सञ्चालकले जानकारी दिनुभएको…
Read More
बिर्तामोड–अर्जुनधारा बसपार्क क्षेत्रको विवाद समाधानतर्फ सकारात्मक सहमति, क्याप्टेन सि के बेघा लिम्बुको स्वागतयोग्य धारणा

बिर्तामोड–अर्जुनधारा बसपार्क क्षेत्रको विवाद समाधानतर्फ सकारात्मक सहमति, क्याप्टेन सि के बेघा लिम्बुको स्वागतयोग्य धारणा

  बिर्तामोड फागुन १३।। बिर्तामोड नगरपालिका वडा नम्बर ५ र अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित बसपार्क क्षेत्रको ५१ बिघा जग्गा सम्बन्धी देखिएको विवाद समाधानका लागि सर्वपक्षीय बैठकबाट महत्वपूर्ण निर्णय तथा प्रतिबद्धता सार्वजनिक गरिएको छ। फागुन १३ गते अर्जुनधारा नगरपालिकाको कार्यालयमा सम्पन्न बैठकमा सरोकारवालाहरूबीच संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्ने सहमति बनेको हो। बैठकले लामो समयदेखि रोक्का रहेको जग्गा सम्बन्धी विषयलाई कानुनी प्रक्रियाबाट टुंग्याउने, प्रभावित नागरिकहरूको माग सम्बोधन गर्ने तथा आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, बसपार्क क्षेत्र तथा ५१ बिघा क्षेत्रमा राखिएका प्रतिबन्धात्मक सामग्री हटाई लोकतान्त्रिक गतिविधि सञ्चालनमा…
Read More