बिर्तामोड । जेठ ३२। झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन् । अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।
झापा । ३२ जेठ। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समिती गठन भएको छ ।इटहरीको श्रीकृष्ण प्रणामी मंदिरको सभाहलमा भएको कायक्रममा रोम घिमिरेको सम्योजकत्वमा तदर्थ समिती गठन गरेको हो ।तर्दथ समितीमा सह संयोजक रामकुमार राई, सदस्य सचिवमा सुसिल भट्टराई,आर्थिक संयोजकमा टिका बस्नेत र सदस्यहरुमा मेघराज कर्की (मोरङ )रुद्र श्रेष्ठ (सुनसरि) मिलन दुलाल (ओखलढुङ्गा) कमलीकान्त भेट्वाल (सङ्खुवासभा) दिपेश बन (भोजपुर) रत्न प्रसाद आचार्य (खोटाङ ) मिरा गिरी (उदयपुर) उत्सब बाराल (ताप्लेजुङ) तोया भट्टराई (ईलाम ) निश्चल आचार्य (पाँचथर) भोलामान गुरुङ (सङ्खुवासभा) रबी किरण मादेन (तेह्रथुम सकुन्तोला कार्की (झापा ) गरी १७ सदस्य तदर्थ समिती गठन गरिएको छ…
ताप्लेजुङ ।जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएकाछन्। फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीय छोरी घाइते हुनुभएको छ । गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जेठ ३१। काठमाडौं (एजेन्सी)। आइसीसी टि२० विश्वकप अन्तर्गत समूह सी को खेलमा आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि रोमान्चक जित दर्ता गरेको छ । यस जितसँगै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको छ । समूहको लगातार तेस्रो जित दर्ता गर्ने क्रममा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले खराब सुरुवात गरेपनि शेर्फान रदरफर्डको आक्रामक इनिङमा १ सय ४९ रनको राम्रो योगफल खडा गरेको थियो । एक समय ३०-५ को स्थितिमा रहेको वेस्ट इन्डिजलाई रदरफार्डले ३९ बलमा नटआउट ६८ रनको इनिङ खेल्दै उकासे । उनले २ चौका र ६ छक्का प्रहार गरेका…
जेठ ३१।बिर्तामोड । प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको निधन भएको छ । ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो । पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै नेपाल शिक्षक संगठनको नेतृत्व गरेका थिए । पाठक भद्रपुरबाट प्रकाशित स्वाधिन संम्वाद साप्ताहिकको सम्पादकीय नेतृत्व समेत क्रियाशिल थिए । बिर्तामोड–४ मेथीबारी टोल निवासी पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् । पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै…
झापा। जेठ ३१ ।(साझा अक्षर ) झापाको बाह्रदशीस्थित भित्री सडक खण्डमा अटोको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जेठ २५ गते दिउँसो अन्दाजी ४ः४५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नम्बर ६ पाख्रिवास धमलागाउँस्थित भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट फूलबारीतर्फ जाँदै गरेको मे १ ह ६२०२ नम्बरको अटोले धनकुटा घर भई हाल बाह्रदशी गाउँपालिका वडा नम्बर ६ बस्ने मामा टेकबहादुर भट्टराईको घरमा बस्दै आएका राजन कार्कीका छोरा ९ वर्षीय प्रज्वल कार्कीलाई ठक्कर दिएको थियो । टाउको र शरीरको विभिन्न भागमा चोट लागेर तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएकोमा बोल्न नसक्ने गम्भीर घाइते बालकलाई थप उपचारको लागि विराट मेडिकल अस्पतालको…
धनगढी- अछाममा झाेलुङ्गे पुल चुडियर पुलमा हिँडिरहेका खच्चड च्यापिएका छन् ।पञ्चदेवल नगरपालिका- ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका- ४ खिड्की जिउला जोड्ने पुल चुँडिएपछि आवत-जावत अवरुद्ध भएको छ।आज बिहान ११ बजेतिर पुल चुँडिएको र आवत-जावत अवरुद्ध भएको हो । प्रहरीका अनुसार पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १५ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रूपमा ठप्प छ।अहिले जिल्ला प्रशासन कार्यालय दैलेखले फसेका खच्चडहरूको उद्दारको तयारी थालेको जनाएको छ।
बिर्तामोड, जेठ ३० ।फर्स्ट स्टेप फिट्नेसको आयोजनामा झापाको बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । यही असोज १९ गते हुने जिल्लास्तरीय प्रतियोगिताको आयोजना बारेमा आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो ।प्रतियोगिताका अध्यक्ष तथा २०६४ का मिस्टर झापा, कलाकार सुवास मेचेका अनुसार झापामा खेलाडी उत्पादन गर्ने उद्देश्यसाथ प्रतियोगिता आयोजना गरिएको हो ।अध्यक्ष मेचेका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार, दोस्रोले नगद एक लाख एक हजार, तेस्रोले नगद ७६ हजार, चौथोले नगद ५१ हजार र पाँचौँले नगद ३६ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।प्रतियोगिता ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७०…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…