बिर्तामोड, मंसिर २१ । नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित एपिएफले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । पुलिसले फाइनल खेलमा पहिलो, तेस्रो र चौथो सेट जित्यो भने एपिएफले दोस्रो सेट जितेको थियो । पुलिसले पहिलो सेट २५–२३, तेस्रो सेट २५–१८ र चौथो…
बिर्तामोड, मंसिर १८ । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन । एपिएफको यो दोस्रो जित हो । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो । एपिएफले ३–१ को सेटमा आर्मीलाई स्तब्ध बनाएको हो । एपिएफले १५–२५, १८–२५ र १८–२५ को सेटमा आर्मीलाई पराजित गरेको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच एपिएफकी सृष्टि खड्गी भइन् । उनलाई प्रमुख अतिथि अर्जुनधारा नगरकी उपप्रमुख खड्गमाया पराजुली, नगद सौजन्यकर्ता सीता ढकाल सहआयोजक लक्ष्मी माविका…
धुसेनी मंसिर १४ ।। आठौं धुसेनी गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। देउमाई नगरपालिका वडा नं ५ धुसेनी स्थित बरभन्ज्याङ खेलमैदानमा आज भएको उद्घाटन खेलमा विजयी हुँदै आयोजक र चौबन्दी एफसी अन्तिम चारमा प्रवेश गरेका छन्। आज भएको पहिलो खेलमा एनआरटी शान्तिडाँडालाई दुई एक गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो। खेलमा अग्रता एनआरटी शान्तिडाँडाले लिए पनि लगातार दबाबमा राख्दै उत्कृष्ट पुनरागमन जित निकाल्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो। त्यस्तै आज भएको दोस्रो खेलमा एकतर्फी रुपमा जित निकाल्दै चौबन्दी एफसी अन्तिम चारमा प्रवेश गरेको छ। उसले अर्को दावेदार मानिएको माई नगरपालिकाको दानाबारी एफसीलाई ८-२…
बिर्तामोड मङ्सिर ४।। दोश्रो बुद्धशान्ति गाउँपालिका वडा स्तरीय नकआउट T-10 क्रीकेट प्रतियोगिता आजबाट सुरु भएको छ बाटबुद्धशान्ति गाउँपालिका वडा न:३ खेलकुद विकास समितिको आयोजना, गाउँपालिकाको प्रायोजन र गाउँपालिका खेलकुद विकास समितिको संयोजनमा संचालित प्रतियोगिता मङ्सिर ६ सम्म चल्ने छ। बुद्धशान्ति तीन स्थित पेट्रोल पम्प पश्चिमपट्टिको खेलमैदानमा आज भएको उद्घाटन खेलमा आयोजक वडा न:३ ले वडा न:५ लाई ७ विकेट ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वडा न:५ ले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाउन सफल भयो।वडा न:५ का लागि मन्जिल पौडेलले सर्वाधिक ४२ रन बनाएका थिए।जवाफी ब्याटिङमा ९३…
माइजोगमाई मंसिर ३।। श्री सामुदायिक परोपकार संघ माइजोगमाई ५ लोक्साङ इलामलाई गजेन्द्र ताम्लिङ लिम्बुले आर्थिक सहयोग गर्नुभएको छ। संघको अध्यक्ष समेत रहनुभएका लिम्बुले सस्था संचालनको लागि रु एक लाख सेयर प्रदान गर्नु भएको हो । आज संस्थाको प्राङ्गणमा भएको एक संक्षिप्त कार्यक्रमका बीच संस्थाका कोषाध्यक्ष झलकसिंह ताम्लिङ लिम्बुलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो। पूर्व भारतीय सेनामा कार्यरत ताम्लिङ लिम्बुले आफ्नो अवकाश प्राप्त समयलाई सामाजिक कार्यमा व्यतीत गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको र विभिन्न सामाजिक कार्य गरिरहेको बताउँदै आफूले संस्थालाई सहयोग गर्न पाउँदा खुसी भएको प्रतिक्रिया दिनुहुँदै आगामी दिनमा पनि संस्थालाई चलायमान बनाउनका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत…
निशान निराैला ईलाम –नेपाली सांगीतिक आकाशमा उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र निरन्तरको मेहनतले छैटौँ जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उपाधि हात पारेका छन्। उनले अभिनय गरेको गीत ‘तिमी बिना’ मा उनले गरेको उत्कृष्ट अभिनयलाई मूल्याङ्कन गर्दै यो अवार्ड प्रदान गरिएको हो। उक्त गीतमा गायिका रोजिना बस्नेत र गायक सौगात जंग खड्काको स्वर रहेको छ। अवार्ड वितरण कार्यक्रम काठमाडौँस्थित नेपाल प्रहरी क्लबको सभा हलमा सम्पन्न भएको थियो। यसअघि पनि मुकेस गुरुङले विभिन्न विधामा दुई वटा अवार्ड जितिसकेका छन्। छोटो समयमा नै मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनी अहिलेको मोडलिङ क्षेत्रका राम्रो सम्भावना बोकेका कलाकारका…
काठमाडौं।। भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले राजीनामा दिएकी छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना न्याय र ऊर्जा मन्त्रीहरूलाई देशको युद्धग्रस्त ऊर्जा क्षेत्रमा व्यापक भ्रष्टाचार गरेको आरोपपछि राजीनामा दिन आग्रह गरेका थिए । जेलेन्स्कीका एक प्रमुख सहयोगीसमेत रहेका उनले रकम निकाल्न १०० मिलियन डलरको आर्थिक हिनाविनाको योजना बनाएका अन्वेषकहरूले आरोप लगाएका छन् ।रूसी आक्रमणको कारण व्यापक बिजुली अभावको सामना गरिरहेको युक्रेनमा विभागीय मन्त्रीको भ्रष्टाचार काण्ड बाहिरिएपछि सार्वजनिक आक्रोश उत्पन्न गरेको छ। युक्रेन लामो समयदेखि भ्रष्टाचारले ग्रस्त छ र भ्रष्टाचारमाथि कडाइ गर्नु युरोपेली सङ्घमा सामेल हुने प्रयासको प्रमुख आवश्यकताको रूपमा हेरिएको छ। जेलेन्स्कीले भने, “न्याय मन्त्री जर्मन…
इम्बुङ कार्तिक २०।। ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष फुटबल प्रतियोगीता अन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा जित निकाल्दै सृजनशील युथ क्लब माङजाबुङ अन्तिम चारमा प्रवेश गरेको छ।यो सँगै सेमीफाइनल समीकरण पूरा भएको छ। हिजो भएको खेलमा जित निकाल्दै आयोजक टु स्टार ग्रामीण सृजनशील क्लब राके एफसी र तिजोग युवा क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन्। फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ इम्बुङ स्थित सत्यहाङमा उच्च माविको इनम खेलमैदानमा आज भएको अन्तिम क्वाटर फाइनल खेलमा उपाधि दाबेदार मानिएको अर्को टोली फुङ्बारी नामतोक युथ क्लबलाई ३-०गोलअन्तरले पराजित गर्दै सृजनशील अन्तिम चारमा प्रवेश गरेको हो । सुरुवातदेखि नै निकै प्रतिस्पर्धात्मक…
इम्बुङ कार्तिक २०।। ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्तर्गत महिलातर्फको पहिलो खेलमा विजयी हुँदै आयोजक टु स्टार ग्रामीण सृजनशील क्लब फाइनल प्रवेश गरेको छ। फाल्गुनन्द २ इम्बुङ स्थित सत्यहाङमा माविको इनम खेलमैदानमा आज सम्पन्न पहिलो खेलमा चिर पारिचित प्रतिद्वन्दी ग्रीन पिस क्लब पौवासारतापलाई ट्राइबेकरमा पाँच तीन गोल अन्तरले पराजित गर्दै पराजित गर्दै आयोजक टु स्टार फाइनल प्रवेश गरेको हो। खेलको सुरुवातदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै तर्फबाट निर्धारित समयमा कुनै पनि गोल हुन सकेन त्यसपछि खेलको निर्णयका लागि सिधै ट्राइबेकर रोजिएको थियो। खेलको पहिलो हाफमा आयोजक टु स्टारले केही अवसर भने…