बिर्तामोड, चैत ४ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफी झापामा अनावरण गरिएको छ । साथै, जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौँमा चैत १६ गतेदेखि हुने प्रतियोगिताको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा अनावरण गरिएको झापा गोल्डकप तथा भद्रपुर झापा गोल्डकपका सचिवालय सदस्य तथा मिडिया प्रमुख हिमाल खरेलले जानकारी दिए । रंगशाला परिसरमा आयोजित ट्रफी अनावरण तथा प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।ट्रफी अनावरण तथा…
अर्जुनधारा ।। रंगहरूको पर्व होलीको अवसर पारेर अर्जुनधारा जेसीजले होली मिलन कार्यक्रमको आयोजना गरेको छ। जेसीजको सचिवालयमा अध्यक्ष वेदनारायण गोदार थापाको अध्यक्षतामा आयोजित कार्यक्रम वर्ष २०१८का अध्यक्ष अजय देवको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि देवले उद्घाटन गरेको कार्यक्रममा नेपाल जेसीज वर्ष २०२४का राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुँवर लगायतले शुभकामना दिएका थिए। सहभागीहरुले एक आपसमा रंग लगाएर शुभकामना आदानप्रदान गरेको कार्यक्रममा संयोजक रमेश विष्टको स्वागत र महासचिव बिमला भट्टराईले जेसीज आस्था वाचन संगै कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
झापा। । झापा, मोरङ लगायत तराईका जिल्लाहरूमा आज होली पर्व धुमधामका साथ मनाईदै छ। रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर आज होली मनाउने गरिएको हो। सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफैँ जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा होली पर्व मनाउने गरिएको मान्यता रहेको छ। यो पर्व वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा…
काठमाडौं।। नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महासङ्घ द्वारा हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताएका छन् । महासङ्घले गत फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासङ्घको आपत्ति छ । महासङ्घका अध्यक्ष सुवेदीले स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको मुख्य मुद्दा शिक्षा ऐनबाट सम्बोधन हुनुपर्ने र विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री ऐन ल्याउने विषयमा आफूहरूको गम्भीर…
कम्प्युटर विज्ञान अन्तर्गत पर्ने एक क्षेत्र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भनेको मानिसको दिमागले जस्तै सोच्न सक्ने गरी तिब्र गतिमा बिकास हुदै गएको छ।अझ सजिलो संग बुझ्न यसको काम गर्ने तरिका बुझ्न जरूरी हुन्छ । यो सिस्टम आफैं चल्दैन, यसमा डेटा अर्थात् सूचना तथा तथ्याङ्क हाल्नुपर्छ, जसको एक खालको तथ्याङ्कको स्रोत हुन्छ । अनि एआई सिस्टमले त्यसलाई प्रशोधन गर्छ । सुरुमा तालिम दिएको तरिकाबाट मोडेल बनाउँछ र डेटाको हिसाबले परिणाम दिन्छ, अन्तरक्रिया गर्छ वा मानव दिमागको नक्कल गर्छ । यसमा काम गर्नको लागि मुख्य चार प्रक्रियाको आवश्यकता पर्छ, मसिन लर्निङ, न्युरल नेटवर्क, डेटा तथा डेटा प्रोसेसिङ र एल्गोरिदम । यसको प्रयोग मानिसले…
काठमाण्डाै। । आगामी सोमबार र मङ्गलवार काठमाण्डौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित २ दिन काठमाण्डौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताएका छन् ।उनले सीपको अभावमा कतिपय बेरोजगार हुनुपरेको र आन्तरिक रोजगारको सम्भावना र व्यवस्थापन नभएसम्म वैदेशिक रोजगार घटाउन कठिन हुने बताउदै वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै भएको र नेपाली समाजमा देखिएको नकारात्मक सोच र भाष्य चिर्दै अब केही हुन्छ…
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुँदै आएको आउँदो चैत १९ गते देखि रातको समयमा पनि खुल्ला हुने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुनै लागेपछि विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन लागेको जानकारी दिएको हो । विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएको मुख्य जटिल काम सकिन लागेपछि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने तयारीमा रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन्। त्यसो त धावनमार्गको क्षमता अभिवृद्धिका लागि काम शुरु…
काठमाडौं ।। आज बिहान ३ बजेर ४० मिनेटको समयमा काठमाडौंको एक सामाजिक संस्थाले बनाएको टहरामा १० जना सुतिरहेका समय टिपर अनियन्त्रित भएर पस्दा तीन जनाको मृत्यु भएको छ। बा २ क ६५८० नम्बरको टिपर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुग्दा तीन जनाको मृत्यु भएको हो । सबै विवरण खुल्न नसकेका २१ र २१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजनले सुतेकै ठाउँमा ज्यान गुमाएका हुन् । उनिहरुकोे तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो ।…
बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको पद हस्तान्तरण एबम् सुखानी सन्देश बिशेषांक बिमोचन कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा (जुगल) ले मंगलबार ब्यानर बाचन गरेर सुभारम्भ गरिएको कार्यक्रममा पुर्व पदाधिकारीले नयाँ कार्यसमितिलाई माइन्युट हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा पत्रकार राजु पाठकको सम्पादन एबम् निर्देशनमा प्रकाशन गरिएको सुखानी बिशेषांक प्रमुख अतिथि, बिशिष्ठ अतिथि तथा अतिथिहरुले सामुहिक रुपमा बिमोचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सहिदले अपेक्षा गरेको सपना र देशमा बिद्यमान उपलब्धिलाई पुर्णता दिन पत्रकारिता क्षेत्रले मुख्य भुमिका खेल्नुपर्नेमा जोडदिएका थिए । कार्यक्रमका विशेष अतिथि…
काठमाण्डाै। आज सेयर बजार घटेको छ । बजारको परिसूचक नेप्से १३ दशमलव ६२ अङ्कले घटेर २ हजार ८ सय ७६ विन्दुमा झरेको छ । बजार खुलेको ३ मिनेटमै २ हजार ९ सय २९ विन्दुसम्म पुगेको थियो । नेप्से लगातार ९ काराेबार दिनपछि आज घटेकाे हाे । तर कारोबार रकम भने बढेको छ । हिजो १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ सय वटा कम्पनीका ३ करोड १२ लाख कित्ता शेयर १४ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १ अर्ब ३८ करोड रुपैयाँको शेयर कारोबार भयो । समाज लघुवित्त कम्पनीको शेयर १०…