इलाम कार्तिक १० इलामको माई जोगमाई ५ सोयाङ लोकसाङमा जारी तेस्रो श्री परोपकार सामुदायिक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । हिजो भएका दुई क्वाटर फाइनलबाट रेड डेभिल्स ए र टप सेभेन एफसी अन्तिम चारमा प्रवेश गरेसँगै सेमीफाइनल सेमीकरण पूरा भएको हो। त्यसअघि शनिबार भएको दुई क्वाटर फाइनलबाट रेड डेभील्स बी र लोक्साङ फुटबल क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन्। शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा रेड डेभिल्स बि ले पूर्व क्षितिज एलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। सोही दिन भएको दोस्रो क्वार्टर फाइनल खेलमा लोक्साङ एफसीले युवाशक्ति एफसीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय…
काठमाडौं।। आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाको खेल आज (आइतबार) बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ । केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबारबाट लिग-२ का महत्त्वपूर्ण खेल खेल्न लागेको हो । लिग-२ अन्तर्गत युएई र अमेरिकासँग हुने शृङ्खलाकाका रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रने छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग-२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ। लिग-२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल आइतबारदेखि कात्तिक १९…
पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा हिल्स राइडरले जितेको छ। मिक्लाजुङ ४ रविस्थित मिक्लाजुङ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्को उपाधि दाबेदार मानिएको मङ्गलबारे क्रिकेट टिमलाई चार विकेटले पराजित गर्दै कुरुम्बा हिल्स राइडरले उपाधिमाथि कब्जा जमाएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको मंगलबारेले बीस ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कुरुम्बाले १९.२ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्दै उपाधि जितेको हो। ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको मङ्गलबारे क्रिकेट टिमले बलिङमा भने त्यति राम्रो प्रदर्शन गर्न नसक्दा उपाधि चुम्नबाट वञ्चित भएको…
पाँचथर असोज २२ ।। तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाजुङ स्थित मिक्लाजुङ क्रिकेट एसोसिएसनको आयोजनामा आयोजित प्रिमियर लिग गाउँपालिकाको केन्द्र रविबजार स्थित मिक्लाजुङ क्रिकेट मैदानमा असोज २५ गतेदेखि असोज २८ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा फिदिम क्रिकेट क्लब, पारुहाङ क्रिकेट टिम ,मङ्गलबारे क्रिकेट टिम, इलाम क्रिकेट एकाडेमी फर युथ ,याक्खेवा क्रिकेट टिम, सप्तमी क्रिकेट टिम, कुरुम्बा क्रिकेट टिम र रवि कर्मचारी क्रिकेट टिम गरी कुल आठवटा टिमहरूको सहभागिता रहेको छ असोज २८ गते हुने फाइनल विजेताले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै…
२२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार अलपत्र पुल भएकै स्थानमा पुगेर युवाहरुको समुहले प्ले कार्ड सहित प्रदर्शन गरेको हो । उनीहरुले 'हामीबाट भयो के भुल, सरकार चाँडो बना पुल', 'नचाहिने भ्यू टावर भन्दा चाहिने पुल बना सरकार,' 'सरकार ! पूर्ण निर्माण सँगै विकास निर्माण पनि गर' जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् । हुलाकी सडकको यो पुल १४ वर्षदेखि अलपत्र छ । ठेक्का लिएको निर्माण कम्पनीले काम नगर्दा पुल अलपत्र छोडिएको हो । पुल नबन्दा यहाँका स्थानियबासी जोखिम…
झापा।। मनसुनी वायुको प्रभाव बिस्तारै कमजोर हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ‘बुलेटिन अनुसार गण्डकी, लुम्बिनी ,कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राती कोशी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ तर लुम्बिनी…
झापा ।। आज असोज १६ गते विहीवार, बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन विजया दशमी टिका लगाउने दिन यो वर्ष आज असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा बडादशैँको टीकाको उत्तम साइत रहेको छ ।नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो । यस वर्षको बडादशैँ गत असोज ६ गते घटस्थापनाको दिनदेखि प्रारम्भ भएको हो । यो वर्ष गत असोज १३ गते सोमवार फूलपाती, असोज १४ गते मंगलवार महाअष्टमी तथा कालरात्रि परेको थियो । असोज १५ गते बुधवार महानवमी तथा आज असोज १६ गते बिहीबार दशमी मनाइँदै छ । आजबाट आफन्त तथा अग्रज व्यक्तित्वहरूबाट टिका…
झापा ।। दशैको सातौं दिन आज सप्तमी दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए। “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी,…
इलाम, १२ असोज । इलामको सूर्योदय नगरपालिका–६ हर्कटेस्थित मेचीराजमार्गमा सोमबार बिहान करिब ८ बजे दुई मोटरसाइकल आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। इलामबाट झापा तर्फ जाँदै गरेको प्रदेश ०२–००७ प ८८६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०३–००१ प ४८५१ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। दुर्घटनामा इलाम रोङ गाउँपालिका–३ का २६ वर्षीय विजय तामाङ (४८५१ नम्बरका चालक) दाहिने हात र पेटमा चोट लागी प्रारम्भिक उपचारपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ। उनीसँगै रहेका झापा गौरदह नगरपालिका–७ का २० वर्षीय सन्दीप सिटौलाको अनुहारमा चोट लागी मनमोहन अस्पतालमै पठाइएको…
बिर्तामोड असोज ११ ।। विश्व पर्यटन दिवस २०२५ काे अवसरमा झापाको बिर्तामोडमा वर्तमान पर्यटन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया सम्पन्न भएको छ । ह्याप्पी ड्रिम्स चेप्टी प्रालीकाे आयाेजना तथा पर्यटन पत्रकार मञ्च झापाकाे संयाेजनमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा पर्यटन क्षेत्रमा धेरै सम्भावना भएतापनि सरकारले चाहेजति लगानी गर्न नसक्दा सोचे अनुरूप फाइदा लिन नसकेको बताइएको थियो। पर्यटन कार्यालय काँकडभिटाको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तथ्याङ्क हेर्दा तेस्रो मुलुकबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या दोब्बरले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/0८१ मा ९,७६१ जना पर्यटक नेपाल भित्रिएकोमा आर्थिक वर्ष २०८१/०८२ मा नेपालभित्रने पर्यटकमा १३,६७८ जना रहेकाे पर्यटन कार्यालय…