झापा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैले सदिहको सपना पुरा गर्न नसक्ने बताउनु भएको छ । नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहत स्थलमा आयोजित स्मृति दिवसमा उहाँले सहिदको सपना गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताउनुभयो । सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदहरुको सपना पुरा हुने बताउँदै उहाँले गन्तव्यहिन यात्रामा रहेका, अलमलमा परेकाहरुलाई पार्टीमा फर्किन आव्हान गर्नुभयो । माई नगर कमिटीको व्यवस्थापनमा आयोजित ५३ औं सहिद दिवसमा उपाध्यक्ष बरालले समृद्ध राष्ट्र निर्माणको गर्ने अभियानमा जोडिन आग्रह गर्दै भन्नुभयो – ‘यो मुलुकको विकासको नेतृत्व एमालेले गर्छ, तपाईहरु…
झापाको अर्जुनधारा नगरपालिकाले फाल्गुन २१ गते बुधबार (आज ) सार्वजनिक विदा दिएको छ । सुखानी सहिद स्मृति दिवसको अवसर पारेर नगरपालिकाले आज स्थानीय विदा दिएको जनाएको छ । नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै स्थानीय विदा दिएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक वर्ष फागुन २१ गते मनाउँदै आइएको सुखानी शहिद स्मृति दिवशको अवसरमा मिति २०८१ साल फागुन २१ गते बुधबारका दिन यस अर्जुनधारा नगरपालिका अन्तर्गतका निकाय तथा शैक्षिक संस्थाहरुमा ( स्वास्थ्य संस्थाको आकस्मिक सेवा तथा प्रसूती सेवा बाहेक) स्थानीय विदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।
बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको पद हस्तान्तरण एबम् सुखानी सन्देश बिशेषांक बिमोचन कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा (जुगल) ले मंगलबार ब्यानर बाचन गरेर सुभारम्भ गरिएको कार्यक्रममा पुर्व पदाधिकारीले नयाँ कार्यसमितिलाई माइन्युट हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा पत्रकार राजु पाठकको सम्पादन एबम् निर्देशनमा प्रकाशन गरिएको सुखानी बिशेषांक प्रमुख अतिथि, बिशिष्ठ अतिथि तथा अतिथिहरुले सामुहिक रुपमा बिमोचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सहिदले अपेक्षा गरेको सपना र देशमा बिद्यमान उपलब्धिलाई पुर्णता दिन पत्रकारिता क्षेत्रले मुख्य भुमिका खेल्नुपर्नेमा जोडदिएका थिए । कार्यक्रमका विशेष अतिथि…
बिर्तामोड, फागुन १९। बिर्तामोड नगरपालिका–३ सैनिक मोड निवासी ज्योति लिम्बूले ३० हप्तामा शिशूलाई जन्म दिएकी छिन् । उनले बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा डा. अजय अग्रवालको सहयोगमा ‘नर्मल’ रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनले जन्माएको छोरीको तौल १.७ केजी रहेको छ । ‘सामान्यतया गर्भधारण भएको ३७ हप्ता पूरा भएपछि टम डेलिभरी हुनेगर्छ’– अस्पतालकी पिडियाट्रिक एण्डोक्राइनोलजी डा. ज्योति अग्रवालले भनिन्– समय अवधि पुगेर जन्मिएका शिशुको तौल सामान्यतया २.५ केजीदेखि ३.५ केजीसम्म हुने गर्छ । तर, ज्योतिले ३० हप्तामै शिशुलाई जन्म दिएकी थिइन् । जुन ‘एब्नर्मल’ हो, जसलाई हामी ‘प्रि म्याचुर्ड वर्र्थ’ भन्छौं । ३८ हप्ताभन्दा मुनि बच्चा जन्मिए हामी त्यसलाई…
झापा, खोटाङमा भाउजूको हत्यापछि एक युवकलेआत्महत्या गरेका छन् । खोटाङको बराहपोखरी गाउँपालिका १ डाँडाखर्कमा भाउजूको हत्या गरेर युवकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ। घटनाको प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको र युवकले आत्महत्या गरेको देखिए पनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक डीएसपी प्रतीक विष्टले बताए। डीएसपी विष्टसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरी सदरमुकाम फर्किएको छ। बराहपोखरीको डाँडाखर्कका २३ वर्षीया सरिता विष्ट र २० वर्षका शिखर बस्नेत बुधबार बिहान घर नजिकैको दारेगौँडा जंगलमा मृत फेला परेका थिए। सरिताको घाँटी लगायत विभिन्न ठाउँमा चोट थियो। सरिताको शव फेला परेको स्थाननजिकै शिखर झुण्डिएको अवस्थामा मृत…
काठमाडौं। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले रुस-युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक गरेका छन्।फ्रान्स, बेलायत र अन्य युरोपेलीले गठबन्धन बनाउने भएका हुन्। यसमा अमेरिकालाई समावेश गर्ने योजना बनाइएको छ। युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीसहित १८ युरोपेली देशको नेतृत्व सहितको सम्मेलनपछि स्टेइमरले आफूहरू इतिहासको महत्त्वपूर्ण मोडमा आइ पुगेको बताए।बैठकले युक्रेनमाथिको सैन्य सहयोग यथावतै राखेर रुस माथिको आर्थिक दबाब बढाउने सहमति गरेको छ। युद्धको अन्त्य गर्ने सवालमा युक्रेनको भविष्यको सुरक्षाको ग्यारेन्टी तथा युक्रेनको सार्वभौम रक्षाको विषयलाई महत्त्व दिने सहमतिसमेत गरेका छन्। भविष्यमा हुने खतराबाट बचाउनका लागि युक्रेनको रक्षा संयन्त्रलाई बलियो बनाउने सहमति भएको छ। युरोपेली देशले सधैँका…
बिर्तामोड । प्रभावकारी पार्टी काम तथा समृद्धिका लागि नेकपा (एमाले) झापाले ३० जना प्रशिक्षक तयार गरेको छ । झापाको गौरादहस्थित नमूना पाहुना घरमा पाँच दिवसीय प्रशिक्षक प्रशिक्षण (टट) सञ्चालन गर्दै प्रशिक्षक तयार गरेको हो । जिल्लाभरका पार्टी सदस्यहरुमध्येबाट छनौट गरिएका ३० जना अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षकका रुपमा प्रशिक्षण प्रदान गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिनुभयो । केन्द्रीय स्कुल विभागको सहजीकरणमा सञ्चालित प्रशिक्षक प्रशिक्षणमा स्कुल विभागमा सदस्य प्रा.डा. तत्व तिम्सिना र रामशरण प्याकुरेलले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षक प्रशिक्षणमा शिक्षण, प्रशिक्षण र सहजीकरण विधि, मस्तिष्कमा आधारित सिकाई, प्रशिक्षणलाई रोचक र प्रभावकारी बनाउने विधि,सिकाई आवश्यकताको पहिचान, लक्ष्य तथा…
भद्रपुर, फागुन १६ । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधि चुमेको हो । उपविजेतामा चित्त बुझाएको झापा ११ ले नगद ७ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । रंगशालामा खचाखक दर्शकको उपस्थितिमा भद्रपुरले खेलको ३० औँ मिनेटमा अग्रता लियो । डिबक्स बाहिरबाट मिलन राईको सर्टपासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष…
शुक्रबार बिहान झापा सहित देशभर ठुलो भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार बिहान २ः५२ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो भूकम्पको धक्का देशभर महसुस भएको छ।रातको समय भएकाले क्षतिको विवरण भने आइसकेको छैन।
झापा, फागुन १५ । बाह्रदशी गाउँपालिका ७ डाँगीवारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अबसर पारेर एक दिवसीय मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ र बाह्रदशी शिक्षक ११ बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको हो । प्रतियोगताको उद्घाटन बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गरेका थिए । गौरीशंकर माध्यमिक विद्यालयमा भएको प्रतियोगिता अन्तरगत बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ को कर्मचारी टिम विजयी भएको थियो । बाह्रदशी शिक्षक ११ टिमलाई ट्राइवेकरमा ५– ४ को गोल अन्तरले पराजीत गर्दै कर्मचारी टिम विजयी भएको हो । निर्धारित समयमा गोल रहित वरावरी भएपछि ट्राइवेकर मार्फत खेलको निर्णय लिइएको थियो…