काठमाडौं।। नेपाल औषधि व्यवसायी सङ्घले सरकारी नीतिहरूका कारण औषधि व्यवसाय गम्भीर सङ्कटमा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले औषधि आपूर्ति तथा वितरण प्रणाली अव्यवस्थित भएको र यसले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने चेतावनी दिएको हो। सङ्घका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अत्यावश्यक औषधिहरूको खरिद र व्यवस्थापनमा देखिएको अव्यवस्था, ढिलासुस्ती र निर्णय प्रक्रियाको अस्पष्टताले औषधि व्यवसायीहरू समस्यामा परेका छन्। औषधि आपूर्ति तथा वितरणको जिम्मेवारी प्रदेश सरकार र स्वास्थ्य बीमा बोर्डमार्फत गरिँदै आएको भए पनि पूर्वतयारी विना सञ्चालन गर्दा औषधिको सहज उपलब्धता रोकिएको सङ्घले जनाएको छ। सङ्घले सरकारको ुरिर्जभ एन्टीयोटिकु का सम्बन्धी नयाँ नियमले समस्या…
काठमाण्डाै।। आज बैशाख १२ गते। २०७२ साल वैशाख १२ गते हामिले कहिले विर्शन नसकिने दिन को रूपमा आएको थियो अर्थात् २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो।सोहि दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको कारण जनधनको ठूलो क्षति गरेको थियो । यसै दिनको स्मृतिमा आज विभिन्न कार्यक्रम गरिएको छ । आज ‘सुरक्षित पूर्वाधार निर्माण गराैँ, भूकम्पबाट जोगिऔँ’ भन्ने सन्देशसहित देशभर कार्यक्रम भएको हो । उता ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा र्याल सहित कार्यक्रम गरेर १०औं भूकम्प स्मृति दिवस मनाएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका…
काठमाण्डौ – आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका झन्डै २२ लाख बालबालिकालाई खुवाइने भएको हो । त्यस्तै एक वर्षदेखि पाँच वर्षसम्मका झन्डै १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको छ । त्यस्तै बालबालिकामा कुपोषणको परीक्षण गरिनेछ भने बालभिटासमेत दिइनेछ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा झन्डै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदैछन् । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट शुरू भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि…
अर्जुनधारा ।। अर्जुनधारामा नगर उप-प्रमुख प्रदेश स्तरीय खुल्ला कप ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ । नगर खेलकूद विकास समितिको आयोजनामा आगामी बैशाख १३, १४ र १५ गते तीन दिने कोशी प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगिता हुने भएको हो । नगर खेलकूद विकास समितिले शुक्रवार नगरको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बिषयमा जानकारी दिएको हो । ‘नगर खेलकुदको पहिचान नगरको शान, खेलाडीहरुको क्षमता बलतामा वृद्धि विकास गर्ने हाम्रो अभियान’ भन्ने नारालाई सार्थक बनाउन नगर खेलकुद विकास समितिले प्रतियोयगाताको आयोजना गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए । कोशी प्रदेश क्षेत्रभरि रहेका जनप्रतिनिधीहरु कर्मचारीहरु युवा तथा रिटाएर्ड जीवन बिताइरहेका…
झापा।। हाल वर्षा गराउने प्रणाली कर्णाली, लुम्बिनी, गण्डकी, बागमती हुँदै कोशी प्रदेशसम्म आइपुगेको छ। हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा गराउने प्रणाली कर्णाली लगायत बिभिन्न ठाउँ हुदै कोशी प्रदेशसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो। बिभागका अनुसार बितेको २४ घन्टामा वर्षा मापन भएका १ सय ८१ केन्द्रमध्ये सबैभन्दा बढी झापाको अनारमनी बिर्ता केन्द्रमा ७६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । यसैगरी मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार अहिले गण्डकी प्रदेशभन्दा पूर्वतर्फ धेरै ठाउँमा पानी परिरहेको छ । गण्डकीबाट पश्चिमतर्फ भने वर्षा रोकिन थालेको छ । ललितपुरको गोदावरीमा ३ घण्टामै ५६ मिलिमिटरभन्दा धेरै पानी परेको…
झापा। कोशी प्रदेशको पाँचथर, ताप्लेजुङ र सोलुखुम्बु जिल्ला आसपासका केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।गत मङ्गलवारदेखि सक्रिय भएको पानी पार्ने प्रणाली अहिले केही कमजोर भए पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भएको हो । बिभागका अनुसार देशका विभिन्न भागमा राती आकाश खुल्ने र बिहानपख घाम लाग्ने सम्भावना भएपनी दिउँसोदेखि बेलुकासम्म केहि ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । आउँदो बिहीवारदेखि भने फेरी पानी पार्ने प्रणाली सक्रिय हुने मौसमविद्को अनुमान रहेको छ।जस्ले गर्दा हिउँदे बाली थन्क्याउन असर पुर्याउन सक्ने भएकाले आउँदो बिहीवारदेखि केही दिन बाली भित्र्याउने काम नगर्न मौसमविद्को सुझाव छ । यो समय पहाडी तथा…
झापा।। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउगरी झापा ल्याइएको छ । उनलाई पूर्बी नाका काँकरभिट्टा हुँदै नेपाल ल्याइएको हो । आज बिहान १०ः०५ बजे मेचीनगर –६ स्थित काँकरभिट्टा नाका हुँदै उनलाई नेपाल ल्याइएको हो । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजन लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चन्द्रगढी बिमानस्थलतर्फ लिएर गएको छ । गत चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंलाई भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको हो । सीआईबीको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल लग्दै छ । सीआईबीले उनलाई केहीबेरमा बुद्ध एयरको विमानमा काठमाडौं पठाउने तयारी गर्दै छ । राष्ट्र, राष्ट्रियता, धर्म,…
म्याग्दी।अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । म्याग्दी स्थित अन्नपूर्ण हिमाल क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताएका छन् । आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाण्डौबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिएका छन् । पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।
मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम भेलाबाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने जानकारी गराइएको हो । २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ६१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटि बाहुण्डाँगी रहेका…
काठमाडौं।। आज शेयर बजार परिसूचक नेप्से २३ दशमलव ८६ अङ्कले बढेको छ। हिजो झन्डै १७ अङ्कले घटेको शेयर बजार आज बढेर २ हजार ७ सय दशमलव ०४ विन्दुमा पुगेको हो। उकालो लागेको तथ्याङ्क नियाल्दा उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ९ प्रतिशतभन्दा धेरै र फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको देखिन्छ।त्यसैगरी सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।तर आज बजार बढेको दिन पनी बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर भने १० प्रतिशतले घटेको पाइयो। समग्रमा नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज…