काठमाडौं। १४ असोज।। वर्षाका कारण देशका थुप्रै ठाउँमा आएको पहिरो र डुबानमा परी अहिलेसम्म १सय ९२ जनाको मृत्यु भएको पुष्टि भएको भने ति जना अझै हराइरहेका छन्। खोज, उद्धारका कार्य भइरहेको छ भने प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन्। सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि उनले बताएका छन्।उनका अनुसार विपदमा १ सय ९४ जना घाइते भएका छन् । थप विवरण आउन बाँकी छ।................
धनकुटा।। १२ असोज।। पाख्रिवासमा पहिरोले घर बगाउदा आमाछोरीको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका वडा नं. ५ गुराँसे डाँडाको ३५ वर्षीया आशा तामाङ र उनकी आमा करीब ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको हो। बिहान करीब साढे ३ बजे तिर घर बगाउन लागेपछि घरमा रहेको सामान निकाल्न गएका आमाछारीको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। यता धनकुटाको छथर जोरपाटी गाँउपालिका ६ सिधुवामा पहिरोले गोठ पुर्दा १० भन्दा बढी चौपाया पुरेको वडाध्यक्ष दीपक गुरुङले जानकारी दिए। उनका अनुसार सिधुवा बजार पछाडिबाट गएको पहिरोको कारण बजारका केही घर समेत जोखिममा परेका छन्। यस्तै निरन्तरको वर्षाले चौविसे…
प्रायः मानिस, शरीरलाई चाहिने पर्याप्त मात्रामा पानी पिउँदैन । अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३.७ लिटर र महिलाहरूले २.७ लिटर पानी खान सुझाएको छ । सुझावमा शरीरमा पर्याप्त मात्रामा पानी नभए नकारात्मक प्रभाव पर्ने बताइएको छ । शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुख्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै पनि काम गर्न जाँगर हुँदैन । यसैगरी स्मरण शक्ति बोधो हुने र मुड पनि ताजा हुन पाउँदैन । साथै एकाग्रता पनि हुदैन । शरीरमा पानी पुगे नपुगेको हामीले तिर्खा र पिसाबो रंगबाट थाहा पाउन सकिन्छ । तिर्खा लागेन र पिसाबको रंग सफा भए हाम्रो शरीरमा…
बुद्धशान्ति साउन २८ ।। फ्रेन्डसीप क्लब बुद्धशान्ति ६ शान्तिनगरले लागू पदार्थ दुर्ब्यसन नियन्त्रणका लागि जनचेतना मुलक भिडियो प्रदर्शन गरेको छ । बुद्धशान्ति गाउँपालिका र वाड न. ६ को संयोजन एबम आर्थिक सहयोगमा आइतबार चेतनामुलक "नया जीवन" लघु चलचित्र प्रदर्शन गरिएको क्लबका सदस्य अर्जुन अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले लागू औषध समाजमा ठूलो समस्या बन्दै गइरहेकाले यसलाई नियन्त्रण गर्न सबैको सहयोग र भूमिका अनिवार्य हुनुपर्ने बताए । गाउँपालिका सभाहलमा आयोजित लागू औषध नियन्त्रण सम्बम्धि कार्यक्रममा शुभकामना मनतव्य राख्दै प्रमुख अतिथी प्रसाईले पछिल्लो समयमा समाज भित्र लागू औषध प्रयोगकर्ताहरु अत्याधिक बढ्न जादा समाजलाई अशान्त…
कनकाई ।२१ साउन।। झापाको कनकाई नगरपालिकामा न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रम भएको छ । कनकाई नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरको सभाहलमा आइतवार कार्यक्रम भएको हो । नगरकी न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । झापा जिल्ला न्याधिश अशोककुमार बस्नेत, झापा बार एशोशिएसनका अध्यक्ष नारायण भट्टराईले नगर तथा वडामा न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी वडा न ३का अध्यक्ष युवराज चौलागाईंले न्यायीकका सम्बन्धमा जिज्ञासा राख्नुभएको थियो । स्वागत नगर न्यायिक समिति सदस्य नवलकिशोर दत्तले गरेको उद्य्घाटन कार्यक्रमको…
ताप्लेजुङ साउन २०।। ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।
बिर्तामोड ।झापामा एक बैंकका कर्मचारीका कारण बचतकर्ताले बचत गरेको लाखौं रूपया जोखिममा परेको छ। कुरा हो बिर्तामोड नगरपालिका –७ स्थित नेपाल चोककी मञ्जुकुमारी नेपालले बैंकमा बचत गरेको रकम को। उनले बिर्तामोडस्थित प्रभु बैंकमा जम्मा गरेको रकम बराबरको पैसा निकाल्न जाँदा बैंकको खातामा नरहेको खुलेसँगै उनको पैसा जोखिममा परेको हो । प्रभु बैंकका मार्केटिङ अफिसर प्रमोद सिटौलाले बैंकमा रकम जम्मा गर्ने भन्दै नेपालबाट रकम लगेको खुलेको छ । सिटौलाले पटकपटक रकम जम्मा भएको भौचरहरु दिए पनि सिष्टम बिग्रिएको भन्दै मोबाइलमा म्यासेज नआउन गरेको बताउने गरेका थिए । मार्केटिङ अफिसर सिटौलाले बैंकमा जम्मा भएका स्टेटमेन्टहरु दिए पनि बैंकमा बुझ्न जाँदा जम्मा दुई…
जुम्ला – जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन्। पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका नौ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए। चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेको उनले बताए। ‘कसका कति भेडा मरेका हुन् भन्ने एकिन विवरण आउन बाँकी छ। चट्याङमा परी तिला–७ का अन्दाजी ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएका छन्,’ अध्यक्ष रोकायाले भने,’यसरी मरेका भेडाको बीमासमेत…
काठमाडौँ, साउन १३ ।। माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने बताएका छन्। जारी पार्टी पदाधिकारी बैठकमा यही योजनाका साथ छलफल भइरहेको उनको भनाइ छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा ०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्त्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ,’ उनले भने। निवर्तमान प्रधानमन्त्री प्रचण्डले १८ महिना सरकारको नेतृत्वमा रहँदा…