काठमाडौं ।। सरकारले श्रम स्वीकृति नै नलिई विदेशम काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बरलाई ‘कटअफ डेट’ मानेर उनीहरूलाई श्रम स्वीकृत दिने निर्णयगरेको मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए । “यो व्यवस्था कार्यान्वनको प्रक्रियामा छ, प्राविधिक पाटो सुल्झेपछि सहजै श्रम स्वीकृति पाउनेछन् । नयाँ श्रम स्वीकृतिका लागि श्रमिकले ‘बायोमेट्रिक’ दिनुपर्ने हुन्छ, तर नियोगमा यससम्बन्धी प्रणाली नभएकाले केही ढिलाइ भएको हो”, मन्त्री भण्डारीले भने। श्रम स्वीकृति नलिई विदेशमा श्रम गरिरहेका घरेलुसहित सबै श्रमिकले यस व्यवस्थाबाट लाभ पाउन सक्नेछन् । श्रमिकलाई श्रम…
अर्जुनधारा । बिर्तामोड नगरपालिकाले चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा विजयी सुरुआत गरेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा आज भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बिर्तामोड विजयी बनेको हो । बिर्तामोडकालागि खेलको दोस्रो हाफको अन्तिम ३ मिनेटमा श्याम मुर्मुले गोल गरे । त्यसपछि दवाबमा परेको अर्जुनधाराले जवाफी गोल फकार्उन नसक्दा हार बेहार्न पुग्यो । खेलमा एक मात्रै गोल गर्न सफल बिर्तामोडका मुर्मु ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी पुरस्कार पाए । उनलाई प्रमुख अतिथि अर्जुनधाराका मेयर बलदेव गोम्देन तामाङ, प्रतियोगिताका संयोजक…
बिर्तामोड, २५ कात्तिक ।। बिर्तामोडका विभिन्न सडकहरु कालोपत्रे गर्ने काम धमाधम भईरहेको छ । आज शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडक, वानस्टप महलदेखि अतिथि सदन जाने सडक र शनिस्चरे रोड देखि पुरानो कृष्णहलसम्मको ३ वटा सडक कालोपत्रे हुँदैछ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) गरीएको हो । कालोपत्रे हुँदै गरेको अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटर, वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोडदेखि पुरानो कृष्ण हलसम्मको १ सय ३९ मिटर सडक भोलिसम्ममा सकिने बिर्तामोड नगरपालिकाका सव- ईन्जिनियर डिल्लीराम ओलीले जानकारी दिनुभयो । कुल ६ सय ७९ मिटर कालो…
झापा कार्तिक २५ ।। किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवानको पूजा गर्दा जीव हत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक…
बिर्तामोड कार्तिक २४ ।। बिर्तामोड स्थित लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबारबाट सुरु भएको मन्टेश्वरीका शिक्षकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम शनिबार सम्पन्न भएको छ। मन्टेश्वरी शिक्षिक-शिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । तालिममा बिर्तामोड र कन्काईका गरी पाँच वटा विद्यालयका शिक्षिकाहरुको सहभागीता रहेको थियो। तालिममा बिर्तामोडको लिङ्कन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी र कनकाई नगरको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको छ । उक्त तालिममा शिक्षिकाहरुलाई प्रशिक्षक जनक पराजुली र मिश्रा अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए । मन्टेश्वरी शिक्षण पद्धति तथा बालविकास क्रियाकलाप सम्बन्धी जानकारी गराइने पाटन शिक्षण तालिम…
बिर्तामोड कार्तिक २३।। आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यासको एक समारोहका बीच आज झापाको बिर्तामोडमा विमोचन गरीएको छ । क्यान्सर रोग बाट ग्रसित शिक्षक समेत रहेका लेखक बुढाथोकीको चार बर्षको प्रयासपछि प्रकाशन गरिएको कृतिको शुक्रबार बिर्तामोडमा विमोचन गरिएको हो । झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कृष्ण धरावासी लगायत सम्पूर्ण विशिष्ट व्यक्तिहरूले संयुक्त रुपमा ‘याङरुप’ उपन्यासको विमोचन गरेका हुन् । मेची क्याम्पसका प्राध्यापक तारा विविध, मधु केरुङ, प्राडा बद्री विलास पोखरेल, प्राडा टंक न्यौपाने र डा. बालचन्द्र सुब्बा लगायतले पुस्तकको समिक्षा गरेका थिए । कार्यक्रममा कवि तथा गजलकार रिता…
बिर्तामोड कार्तिक २३।। झापाको बिर्तामोडमा संचालित लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबारबाट मन्टेश्वरीका शिक्षकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । दुईदिन सम्म चल्ने तालिम मन्टेश्वरी शिक्षिक-शिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा बिर्तामोड र कन्काई नगरका पाँच वटा विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको छ । तालिमको आज एक कार्यक्रमका बीच प्रमुख अतिथि न्युटन्स एजुकेशन फाउण्डेशनका प्रिन्सिपल तथा हिसान झापाका सचिव देबेन्द्र हुँमागाईले उद्घाटन गरेका छन् । तालिममा बिर्तामोडको लिङ्कन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी स्कूल र कनकाई नगरको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको…
ताप्लेजुङ कार्तिक २३।। ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणका लागि सिल्यानास गर्न क्रममा काफ्ले पार्टीमा शुक्रबार दुईपक्षबीच झडप भएको छ। केवलकार निर्माणको लागि सिल्यानास गर्न लगिएको एक्स्काभेटरलाई केवलकार निर्माणका विरुद्धमा रहेकाहरूले अवरोध गरेपछि झडपको स्थिति र्सिजना भएको हो । उक्त स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्सपेक्टर विवेक बस्नेत नेतृत्वको प्रहरी टोलीले एक्स्काभेटर अपरेटरबाट प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चाबी नियन्त्रणमा लिएको थियो। त्यसपछि केवलकार निर्माणका पक्ष र विपक्षबीच ढुङ्गा हानाहान भएको हो । उक्त झडपलाई नियन्त्रणका क्रममा केही प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन्। घाइते हुनेमा केवलकार निर्माण विरुद्धका अगुवाई गर्ने मध्य एक चन्द्र मादेन ,मनकुमार लिम्बु र…
काठमाडौं कार्तिक २२ ।। भोलि शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएको छ। धावनमार्ग बिस्तारका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशतसम्म कटौती हुने भएका छन्। विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो। राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गरिने छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरुलाई १० घण्टा उडान बन्द हुने जानकारी दिँदै विकल्पमा भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा प्रवाह गर्न आग्रह गरेको छ। १० घण्टासम्म विमानस्थल बन्द…
बिर्तामोड कार्तिक २२ ।।आज कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै धुमधामका साथ छठ पर्व मनाइन्छ। एतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवको आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठपर्व मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको बताइन्छ। मुख्य दिन शुक्ल षष्ठी भए पनि छठचतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ। व्रतविधि कार्तिक शुक्ल…