चारआली, झापा । आयोजक चाराली युथ क्लब जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतको दार्जिलिङ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै चारआली युथले फाइनलको यात्रा तय गरेको हो। खेलको सुरुवातमै दार्जिलिङ फुटबल क्लबले अग्रता बनाएको थियो। खेलको छैटौँ मिनेटमा पंकज थापाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। सुरुआती गोलपछि दार्जिलिङले खेलमा दबाब कायम राख्ने प्रयास गरे पनि आयोजक चाराली युथले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। खेलको १३औँ मिनेटमा चारआली युथका आशिष चापागाईंले आकर्षक गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि थप आक्रामक बनेको आयोजक…
चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बुधबारेको आदर्श युवा क्लबलाई पराजित गर्दै बगान युथ क्लब अन्तिम चारमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो। हिजो सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा बगान युथ क्लबले आदर्श युवा क्लब बुधबारेलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतिस्पर्धात्मक खेलमा बगानका लागि पहिलो हाफको २९औँ मिनेटमा श्याम मुर्मुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको सात मिनेटपछि ३६औँ मिनेटमा रोमन भुजेलले अर्को गोल थप्दै बगानलाई २–० को सहज अवस्थामा पुर्याए। दोस्रो हाफमा खेलमा फर्किने प्रयास…
बिर्तामोड जेठ १८।। झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। बिर्तामोड युनाइटेड फुटबल क्लबको आयोजनामा आगामी जेठ २४ देखि ३१ गतेसम्म प्रतियोगिता हुने भएको हो।आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजकले प्रतियोगिता डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने जनाएको छ। प्रतियोगितामा झापा र मोरङका गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा मोरङबाट उर्लाबारी फुटबल क्लब र बेलबारी फुटबल क्लब सहभागी हुनेछन्। झापाबाट चन्द्रगढी एफसी, शनिश्चरे एफसी, न्यू स्टार क्लब बिर्तामोड, बगान युथ क्लब कचनकवल, कनकाई स्पोर्टिङ क्लब तथा आयोजक बिर्तामोड युनाइटेड फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११…
मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयोजकलाई ३ -१ सेटले पराजित गर्दै आरुबोटे च्याम्पियन बनेको हो। पहिलो सेट आरुबटेले २५/१४ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोस्रो सेटमा पनि २५/१४ को जित निकाल्दै अगाडि बढ्यो। तर तेस्रो सेटमा भने आयोजकले २५ -१९ को जित निकाल्दै खेललाई चौथो सेट तर्फ धकेल्न सफल भयो चौथो सेटमा भने पुन आरुबटेले आयोजकलाई २५/१४ ले स्तब्ध पार्दै उपाधिमाथि कब्जा गर्यो। पहिलो सेमिफाइनल खेलमा उपाधि दाबेदार मानिएको दमक एक झापालाई स्तब्ध पार्दै फाइनल प्रवेश गरेको आरुबोटेले दमकलाई २५-१५ २५-२१ र २५ -२३ को सोझो…
झापा ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै उर्लाबारी फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ। मेचीनगर १३ हातेमालो खेलमैदानमा हिजो सम्पन्न दोस्रो क्वार्टर फाइनल खेलमा उर्लाबारी ४-२ गोलअन्तरले सनिश्चरेलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। खेलमा सुरुवाती अग्रता भने सनिश्चरे फुटबल क्लबले लिएको थियो। शनिश्चरेका लागि निमा तामाङले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए। तर त्यसपछि उर्लाबारीले जवाफी गोल गर्दै पहिलो हाफमै खेल एकएको बराबरीमा पुर्यायो दोस्रो हाफमा थप सुधारिएको प्रदर्शन गर्दै मैदान उत्रिएको उर्लाबारीले एकपछि अर्को गोल गर्दै शनिश्चरेलाई दबाब दियो फलस्वरूप दोस्रो…
झापा ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा दार्जिलिङले रेडहर्स फुटबल क्लब इलामलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । मेचीनगर–१३ स्थित हातेमालो खेलमैदानमा भएको खेलमा दार्जिलिङ सुरुवातदेखि नै आक्रामक देखिएको थियो । बल पोसेसनदेखि आक्रमणसम्म दबाब बनाएको दार्जिलिङका लागि सलोन थापाले दुई गोल गर्दा प्रिविक घिसिङ र प्रियांसु रानाले समान एक–एक गोल थपे । खेलको २१औँ मिनेटमा प्रिविक घिसिङले गोल गर्दै दार्जिलिङलाई अग्रता दिलाए । पेनाल्टी एरियाभित्र प्राप्त अवसरलाई…
मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ स्थित पञ्चेश्वरी आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो। आज भएको उद्घाटन खेलमा जित निकाल्दै थुम्बेदिन ताप्लेजुङ र आयोजक रातोले विजय सुरुवात गरेका छन्। आज भएको पहिलो खेलमा मिक्लाजुङ ५ पाँचथरलाई २–० सेटले पराजित गर्दै ताप्लेजुङ अघिल्लो चरण प्रवेश गरेको हो। ताप्लेजुङले २५-११ र २५-२९ को सोझो सेटमा मिक्लाजुङ ५लाई पराजित गरेको हो। पराजित भएसँगै मिक्लाजुङ ५ भने प्रतियोगिताबाट बाहिरिएको छ। त्यस्तै आज भएको दोस्रो खेलमा निर्णायक सेटमा फाल्गुनन्द ५ पाँचथरलाई पराजित गर्दै आयोजक रातो अघिल्लो चरणमा प्रवेश गरेको छ…
राष्ट्रपति महिला उत्थान (राष्ट्रिय महिला समुत्थान परियोजना ) कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्म दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ६० गर्भवती तथा सुत्केरीसहित ९०५ महिलाका हवाई उद्धार भएको छ । २०७५/७६ देखि लागु भएको यस परियोजनामा ८ वर्षमा ९ सय ५ महिलाको उद्धार भएको २०८२/८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । उद्धार गरिएकामध्ये सबैभन्दा बढी कर्णाली प्रदेशका ३०२ जना महिला छन् भने सबैभन्दा कम लुम्बिनी प्रदेशका १९ जना छन् । त्यसैगरि कोशी २ सय ७९, बागमतीमा १२५, गण्डकीमा ४४ सुदूरपश्चिममा १३६ महिलाको उद्धार भएको सर्वेक्षणले देखाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनुभएको छ । आज बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको सङ्कट उत्पन्न हुने चेतावनी दिनुभयो । उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झन्डै ९ लाख मेट्रिक टन भए पनि सरकारले बढीमा ५ लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ । यसपालि भाउ बढेकाले ३ लाख ५९ हजार १०० मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग १ लाख ५ हजार २४१ मेट्रिक टन मौज्दात रहेको पाेखरेलले बताउनुभयो । उहाँका…
शेयर बजार आज सामान्य बढेर परिसूचक नेप्से ४ दशमलव ९९ अङ्कले बढेर २ हजार ७८२ दशमलव १० विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढेका छन् । आज १५१ वटा कम्पनीका शेयर बढेकामा १०५ वटाको घटेका छन् । यस्तै १४ वटा कम्पनीका शेयर घटबढ भएका छैनन् । आज कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशत, बुङ्गल हाइड्रोको शेयर १४ दशमलव ८८ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन सानिमा बैंकको डिबेन्चर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब…