साझा अक्षर

समाज

एकतप्पाको पोखरीमा फुटबल प्रतियोगिता सुरु: उद्घाटन खेलमा मनोकामना एफसी र ब्राइट स्टार एफसीको विजयी सुरुवात

एकतप्पाको पोखरीमा फुटबल प्रतियोगिता सुरु: उद्घाटन खेलमा मनोकामना एफसी र ब्राइट स्टार एफसीको विजयी सुरुवात

  एकतप्पा चैत्र २३ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मनोकामना एफसी एकतप्पा र ब्राइट स्टार एफसी पाँचथरले विजयी सुरुवात गरेका छन्। जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा जे आर भन्ज्याङलाई ५-० गोल अन्तरले पराजित गर्दै मनोकामना एफसीले विजयी सुरुवात गरेको हो। खेलमा जे आर भन्ज्याङलाई  निक्कै दबाबमा राख्दै लगातार गोल  गरेर दोस्रो चरणमा मनोकामना एफ सिले आफूलाई   सुरक्षित गरेको छ। त्यस्तै आज भएको दोस्रो खेलमा आमचोक बजार इलामलाई २-१ गोल अन्तरले पराजित गर्दै ब्राइट स्टार एफसी पाँचथरले विजयी सुरुवात गरेको छ। पहिलो हाफको तेइसौँ मिनेटमा…
Read More
नयाँ वर्षको अवसरमा पोखरी युथ क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको तयारी पुरा

नयाँ वर्षको अवसरमा पोखरी युथ क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको तयारी पुरा

  एकतप्पा चैत्र २२ ।।  नयाँ वर्ष २०८२ को पावन अवसरमा पोखरी युथ क्लब फाकफोकथुम ६ इलाम को आयोजनामा संचालन हुने दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ। भोलि चैत २३ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता जानकी माध्यमिक विद्यालयको खेलमैदानमा हुने र प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष टंक गुरुङ ( सुबास )ले जानकारी दिए । फुटबल खेलको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पाँचथर इलामका गरी उत्कृष्ट १६ टिमहरूको सहभागिता रहेको छ। भोलि हुने उद्घाटन खेलमा पहिलो खेल मनकामना एफसी र जिआर भन्ज्याङ बीच हुनेछ…
Read More
पाँचथरमा डडेलोमा परेर एकको मृत्यु तीनजना घाइते।

पाँचथरमा डडेलोमा परेर एकको मृत्यु तीनजना घाइते।

  झापा चैत्र २२ ।। पाँचथरको कुमममयकमा आगोले जलेर एकजनाको मृत्यु भएको छ। कुम्मायक गाउँपालिकाको निजी जंगलमा लागेको लागेको डढेलोमा परेर विहिबार घाँस काट्न गएकी युवतीको मृत्यु भएको हो। बालिकासहित ३ जना गम्भीर घाइते भएका छन्। कुम्याक–३ ताम्राखुका अमर थापा र पदम खड्कालगायतको निजी वनमा लागेको डढेलोमा परेर घाँस दाउरा गएकी कुम्याक–३ हात्तीपोखरीकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। उपचारका क्रममा राति करिब ९ बजे उनको मृत्यु भएको पाँचथर प्रहरीका डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए। तलबाट सल्किएको डढेलोमा ४ जना परेका थिए। कतै…
Read More
मुस्लिम समुदायले आज इदपर्व मनाउँदै: देशैभरी सार्वजनिक विदा

मुस्लिम समुदायले आज इदपर्व मनाउँदै: देशैभरी सार्वजनिक विदा

  झापा चैत्र १८ ।। इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै मुस्लिम समुदायले आज इद उल फित्र अर्थात इद मनाउँदै छन् । हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व इदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै महत्व दिएको छ । इद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ । रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सुर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन् । यो महिना इबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ…
Read More
यूवा व्यवसायीद्वारा ज्येष्ठ नागरिकलाइ छाता र लौरो प्रदान

यूवा व्यवसायीद्वारा ज्येष्ठ नागरिकलाइ छाता र लौरो प्रदान

  बिर्तामोड चैत्र १६ बिर्तामोडका युवा व्यवसायी बिनोद दाहाल र दिनेश दाहालले बुद्धशान्ति गा.पा.–६, स्थित आदर्श ज्येष्ठ नागरिक चौतारीमालाई एक कार्यक्रमका वीच लौरो र छाता हस्तान्तरण गर्नु भएको छ । चौतारीद्वारा पाक्षिक रुपमा आयोजना गरिने भेटघाट एवं भजन कीर्तन कार्यक्रमका वीच चैत्र १६ गते चौतारीलाई ५५ थान लौरो र छाता प्रदान गर्नु भएको छ । चौतारीका तर्फबाट अध्यक्ष केशव भट्टराई र सचिव कृष्ण आचार्यले धन्यवाद मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा समिति पदाधिकारी लगायत तीन दर्जन बढी ज्येष्ठ नागरिकको उपस्थिति रहेको थियो । मन्तव्यको क्रममा व्यवसासी बिनोद दाहालले वर्तमान समयमा यूवा अत्यन्त व्यस्त रहने र इच्छा हुँदा हुँदै पनि अभिभावकहरुलाई सोचे…
Read More
एमालेले चैत ३० गते  दमकमा बृहत जनसभा गर्ने

एमालेले चैत ३० गते दमकमा बृहत जनसभा गर्ने

  दमक चैत्र १४ । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत जनसभा गर्ने भएको छ । जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिनुभयो । आज दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको बताउनुभयो । जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउदै प्राप्त उपलब्धी रक्षाका लागि सक्षम रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले नेकपा एमाले, नेपाली कांग्रेस उपलब्धी रक्षाका लागि चुप लागेर नबस्ने बताउनुभयो । पत्रकार…
Read More
खेतको पानीमा डुबेर वृद्धको मृत्यु

खेतको पानीमा डुबेर वृद्धको मृत्यु

  झापा चैत्र १४ ।। झापाको गौरादहमा धान खेतको पानीमा डुबेर एकजना वृद्धको मृत्यु भएको छ । हिजो दिउँसो घरनजिकैको आलीबाट लडेका गौरादह-१ बस्ने ६२ वर्षीय मेघराज दाहालको धान खेतको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान अन्दाजी १० बजे घरमा कसैलाई नसोधी हिँडेकोमा धेरै समय घर फर्की नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा दिउँसो २ः३० बजे धान खेतमा घोप्टो परी उनी मृत अवस्थामा फेला परेका थिए । उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको भन्ने बुझिएको छ । सम्पूर्ण कानुनी प्रक्रियापश्चात् शव पोस्टमार्टनका लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
Read More
कन्काईमा श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्याको प्रयास

कन्काईमा श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्याको प्रयास

  बिर्तामोड चैत्र १२ ।। झापाको कनकाईमा आज एकाबिहानै श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेर आफूले पनि आत्महत्याको प्रयास गरेका छन्।  उनी घाँटी काटिएर बेहोश अवस्थामा भेटिएका छन् । कनकाई-५ नारायणदल चोकमा डेरामा बस्दै आएका दम्पत्तीमध्ये पत्नीको वीभत्स हत्या भएको र पतिको घाँटी आधा काटिएको अवस्थामा भेटिएको वडा अध्यक्ष कृष्णबहादुर राईले  बताए ।   पति अन्दाजी ४२ वर्षीय लालबहादुर मंग्रातीले मादक पदार्थको जोशमा आफूले आफ्नी पत्नी अन्दाजी ४० वर्षीया मनिषा मंग्रातीको हतियार प्रहार गरी हत्या गरेको स्वीकारेको प्रहरीसमक्ष बताएका छन् ।       उनले आज बिहान ०४ः३८ बजे स्थानीयबासीलाई खबर गरेर आफूले पत्नीको हत्या गरेको जानकारी दिएको…
Read More
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त :शाक्य नियुक्त

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त :शाक्य नियुक्त

बिर्तामोड चैत्र ११ ।: सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए।   घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए। चार वर्षीय उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ। यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको…
Read More
झुण्डिएको अवस्थामा एक व्यक्ति मृत फेला

झुण्डिएको अवस्थामा एक व्यक्ति मृत फेला

  बिर्तामोड । बिर्तामोडको पाथिभरा इन्जिनियरिङ कलेजको कम्पाउण्डभित्र एकजना मृत फेला परेका छन् । कम्पाउण्डभित्र क्यान्टिन संचालन गर्दै आएका सोही ठाउँ घर भएका देबीप्रसाद पौडेलका छोरा ३८ वर्षीय भिष्म पौडेलले झुन्डिएर आत्महत्या गरेका हुन् । आज बिहान ६ बजे अर्जुनधारा–११ स्थित बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजको कम्पाउण्डभित्र रहेको टिकको रुखमा पौडेलले नाइलनको डोरीले पासो लागेका थिए । शवलाई प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टमको गरी मृतकका बुवाले सदगदको लागि बुझिलगेको प्रहरीले जनाएको छ ।
Read More