साझा अक्षर

Breaking News 1

प्याब्सन झापाको भवन स्तरोन्नति गरिदैं। 

प्याब्सन झापाको भवन स्तरोन्नति गरिदैं। 

झापा।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले भवनको स्तरोन्नति गर्ने भएको छ । बिर्तामोड  नगरपालिका १ स्थित गैरीगाउँमा रहेको एक तले भवनको स्तरोन्नति गर्दै आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । जसका लागि प्याव्सन झापाका प्रमुख सल्लाहकार एवम् कोशी प्रदेशका सचिव गौरीमान फागोको संयोजकत्वमा ११ सदस्यीय भवन निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा एलपी उप्रेती, छत्रवहादुर कार्की सहित सचिवालयका अन्य सदस्य रहेका छन् । सचिवालमा हरिकृष्ण पठक, टीआर गौतम, इश्वरा श्रेष्ठ, लक्ष्मीप्रसाद उप्रेती, अमृत कुमार तिम्सिना, जीवन शिवाकोटी , विनोद सुब्बा र नारायण सुवेदी रहेका छन् । समितिले भवन निर्माणको काम तत्कालै शुरु गर्ने जनाइएको…
Read More
कोशी प्रदेश स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न !आदर्श माध्यमिक विद्यालय प्रथम

कोशी प्रदेश स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न !आदर्श माध्यमिक विद्यालय प्रथम

  कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा सम्पन्न भएको छ बिर्तामोड स्थित देवी माविमा सम्पन्न दर्शनीमा बुद्धशान्ति गाउँपालिका वडा नं २ जयपुरको आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । आदर्शका कक्षा ८ मा अध्ययनरत विद्यार्थी अनिश शाहले तयार पारेको ‘अटोमेटिक भोल्टेज कन्ट्रोलर सर्किट’ ले प्रथम स्थान हासिल गरेको हो । उनले नगद चार लाख रुपैयाँ पुरस्कार पाए । प्रदर्शनीमा उनले बनाएको सो सर्किटले धेरै विद्यार्थीलाई झुम्याएको पनि थियो । उनले युट्युब हेरेर सर्किट बनाएको बताएका छन् । उनलाई कक्षा ११ का विज्ञान शिक्षक शिव ढुङ्गेलले सर्किट बनाउन सहयोग गरेका थिए । त्यस्तै, प्रतियोगितामा देवी मावि बिर्तामोड दोस्रो भएको…
Read More
संसदमा जारी गतिरोध अन्त्यका लागि छलफल

संसदमा जारी गतिरोध अन्त्यका लागि छलफल

काठमाडौं।। सभामुख देवराज घिमिरेले संसदमा जारी गतिरोध अन्त्यका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।सभामुखले सिंहदरवारमा आज बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् । सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए ।संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे । सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने…
Read More
सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

  झापा  ।। सरकार र सार्वजनिक यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न तेस्रो चरणको वार्तापछि सहमति पत्रमा हस्ताक्षर भएको हो । यही सहमतिपछि आन्दोलनरत व्यवसायीले देशव्यापी चक्काजाम कार्यक्रम फिर्ता लिने निर्णय गरेका हुन्। गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेट भएका निजी सवारीसाधनलाई पनि यात्रु बोक्न दिने गरी राइड सेयरिङ सञ्चालन गर्न मिल्ने नियमावली सार्वजनिक गरेपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित भएका थिए । हस्ताक्षरित ६  बुँदाहरू  १. राइड सेयरिङ नियमावली स्थगन गण्डकीसहित प्रदेश सरकारहरूले ल्याएका निजी सवारीलाई यात्रु बोक्न दिने नियमावली कार्यान्वयनमा संघीय कानुन नबनेसम्म स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत सिफारिस गर्ने…
Read More
मेचीनगरमा चितुवा आतंक स्थानीय त्रसित

मेचीनगरमा चितुवा आतंक स्थानीय त्रसित

  झापा  ।। हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा चितुवाको आतंक फैलिएको छ। दैनिकजसो चितुवाले घरपालुवा जनावरहरू मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले जानकारी दिए । विगत लामो समयदेखि हात्ती र बाँदरको आतङ्क खेपिरहेको बाहुनडाँगीले पछिल्लो १५ दिनयता चितुवाको थप आतङ्क खेप्नुपरेको उनले बताए । “हात्तीको नियमित आतङ्क, बाँदरको अस्वाभाविक बिगार खेपिरहेका हामीले फेरि चितुवाको पनि सामाना गर्नुपरिरहेको छ”, वडाध्यक्ष बराल भन्छन्, “प्रत्येक दिन खोरबाट बाख्रा, सुँगर तानेर खाइरहेको छ । अब बालबालिका कसरी जोगाउनु भन्ने…
Read More
मोरङमा एकै स्थानका चार जना बालिका बेपत्ता

मोरङमा एकै स्थानका चार जना बालिका बेपत्ता

बेलबारी । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बेपत्ता बालिकाहरूको खोजी जारी रहेको जानकारी दिए ।
Read More
तराईमा गर्मी बढेसँगै सर्पको बिगबिगी ! विराटनगरमा भेटियो। दुर्लभ प्रजातिको कोब्रा

तराईमा गर्मी बढेसँगै सर्पको बिगबिगी ! विराटनगरमा भेटियो। दुर्लभ प्रजातिको कोब्रा

  झापा जेठ १४ ।। तराईमा गर्मी बढेसँगै विषालु सर्पको बिगबिगी पनि बढ्दो छ। यसै क्रममा विराटनगरमा  परैबाट विष फाल्ने दुर्लभ कोब्रा फेला परेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ४ मा अवस्थित नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा उक्त कोब्रा फेला परेको हो । यसलाई नियन्त्रणमा लिई उद्धार गरेर मंगलबार अपराह्न जिल्ला वन कार्यालय मोरङ कार्यालय पठाइएको छ । वन कार्यालय ल्याएर सुरक्षित राख्ने क्रममा सर्पले परैबाट विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरेको शरीरमा परेको बताइएको छ । विराटनगर महानगरपालिकाका उद्धारकर्ता घिमिरे हाल कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षको स्वास्थ्य निगरानीमा रहेका छन् । चिकित्सकका अनुसार यो सर्पको विष…
Read More
कारभित्र एकै परिवारका सात जना मृत फेला

कारभित्र एकै परिवारका सात जना मृत फेला

  एजेन्सी  !! भारतको हरियाणास्थित पञ्चकुलामा एउटा कारभित्र एकै परिवारका सात जना मृत फेला परेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार दम्पती, उनीहरूका तीन छोराछोरी र दुई वृद्ध सदस्यको शव कारभित्र फेला परेको हो । प्रहरीले सोमबार राति ११ बजेतिर सेक्टर २७ मा सो घटना भएको र सबैको शव कारबाट बरामद भएको जनाएको छ । पञ्चकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बताउँदै बताएका छन्। उनले भनेका छन् यो आत्महत्याको घटना भएको देखिएको’ छ। उनले सबै फोरेन्सिक प्रमाणहरू संकलन गरी अनुसन्धान भइरहेको पनि बताएका छन् । कारमा उत्तराखण्डको देहरादुन नम्बर भेटिएको थियो
Read More
मङ्गल एकता टोलको सरसफाई कार्यक्रम सम्पन्न

मङ्गल एकता टोलको सरसफाई कार्यक्रम सम्पन्न

  बिर्तामोड जेठ १० ।। मङ्गल एकता टोल विकास संस्थाले एक दिने टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रहेको मङ्गल एकता टोल विकास संस्थाले ''आफ्नो गाउँ आफैं बनाउँ सुरुवात आफैँबाट गरौँ '' भन्ने मुख्य नाराका साथ टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको हो। सरसफाई अन्तर्गत मङ्गल एकता टोलमा पर्ने बाटोको दायाँबायाँको झाडी सरसफाई गर्नुको साथै बर्खा यामलाई मध्यनजर गर्दै उक्त बाटोमा पर्ने नाली समेत सरसफाई गरिएको छ। सरसफाईका लागि टोलबासीहरू स्वतफुर्त रुपमा सरसफाईका लागि आवश्यक पर्ने औजारहरू सहित उपस्थित भएका थिए। सानोसानो कामको लागि पनि स्थानीय तहको आस गर्ने बानीको अन्त्य गर्न समेत यो सरसफाई…
Read More
शव लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन घाइते

शव लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन घाइते

रामेछाप । रामेछापबाट शव लिएर काठमाडौंतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा पर्दा तीन जना घाइते भएका छन्। एम्बुलेन्स जिल्लाको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटनामा पर्दा तीन जना घाइते भएका हुन्। एम्बुलेन्स सडकबाट अन्दाजी सय मिटर तल खसेर दुर्घटनामा परेको रामेछाप प्रहरीले जानकारी दिएको छ। शव बोकेको उक्त एम्बुलेन्समा चार जना चढेका चडेका थिए जस मध्ये तिन जना घाइते भएका हुन्। घाइते हुनेहरूमा एम्बुलेन्स चालक रामेछापका २४ वर्षीय सुरेश मगर, रामेछापकै ४१ वर्षीय नारायणबहादुर नेपाली र रामेछापकै ५३ वर्षीय दिलबहादुर दमाई रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई उपचारका लागि धुलिखेल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ।
Read More