झापा।। हाल वर्षा गराउने प्रणाली कर्णाली, लुम्बिनी, गण्डकी, बागमती हुँदै कोशी प्रदेशसम्म आइपुगेको छ। हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा गराउने प्रणाली कर्णाली लगायत बिभिन्न ठाउँ हुदै कोशी प्रदेशसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो। बिभागका अनुसार बितेको २४ घन्टामा वर्षा मापन भएका १ सय ८१ केन्द्रमध्ये सबैभन्दा बढी झापाको अनारमनी बिर्ता केन्द्रमा ७६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । यसैगरी मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार अहिले गण्डकी प्रदेशभन्दा पूर्वतर्फ धेरै ठाउँमा पानी परिरहेको छ । गण्डकीबाट पश्चिमतर्फ भने वर्षा रोकिन थालेको छ । ललितपुरको गोदावरीमा ३ घण्टामै ५६ मिलिमिटरभन्दा धेरै पानी परेको…
झापा । सरकार र शिक्षकबीच यसअघि भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा आज १६औं दिन पनि शिक्षकहरुले सडक आन्दोलनलाई निरन्तरता दिँदैछन् । यता सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्नेसमेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते बोलाइसकेको छ शिक्षक महासङ्घले भने सङ्घीय संसद्को अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भएसपछि मात्रै आन्दोलन रोकिने बताउँदै आएको छ । तर उता कतिपय निजी विद्यालयमा भने नयाँ शैक्षिक सत्रका कक्षा सञ्चालन हुन थालिसकेका छन् । शिक्षकहरूले माग गरिरहेको शिक्षा ऐनको विधेयक विगत १८ महिनादेखि टुङ्गो नलाग्दा शिक्षकहरूको…
काठमाडौं।। अमेरिकी सरकारले हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्नागर्न प्रतिबन्ध लगाउने धम्की दिएको छ । यसअघि ह्वाइट हाउसका मागहरू पूरा गर्न अस्वीकार गरेको भन्दै ट्रम्प प्रशासनले विश्वविद्यालयका लागि सङ्घीय सरकारले दिने २ अर्ब डलरभन्दा बढी रकम रोक्का गरेकोमा अहिले फेरि धम्की दिएको बीबीसीले जनाएको छ । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले विश्वविद्यालयले राष्ट्रिय सुरक्षालाई खतरामा पारेको र यहूदी विरोधी भावनाको शिकार भएको आरोप लगाउनुभएको छ । गएको हप्ता ह्वाइट हाउसले यहुदीविरोधी भावना नियन्त्रण गर्नका लागि भन्दै हार्भर्डलाई मागहरूको सूची पठाएको थियो । ट्रम्प प्रशासनले विश्वविद्यालयको सञ्चालन, कर्मचारी नियुक्तिको अभ्यास र भर्ना प्रक्रियामा परिवर्तन गर्न भनेको थियो । तर हार्भर्डले ती…
प्रकाश बानियाँ झापा। । बानिया बन्धु समाज, झापाले एक कार्यक्रमको आयोजना गरी भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।समाजले नयाँ वर्ष २०८२ को अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको हो। सोही अवसरमा बानियाँ समाजको जिल्ला कार्यसमितिको कार्यालयमा नयाँ होल्डिङ बोर्ड राख्ने कार्य समेत सम्पन्न भएको जनाइएको छ। कार्यक्रमसँगै आयोजित बैठकमा समाजको समग्र गतिविधिलाई अझ व्यवस्थित, सशक्त र प्रभावकारी बनाउने विषयमा त्यसैगरी आगामी गोठपूजा कार्यक्रमको आयोजना सम्बन्धमा लगायतका विविध विषयमा छलफल गरिएको समाजका उपाध्यक्ष उपेन्द्र बानियाँले बताएका छन्। कार्यक्रम अध्यक्ष भक्तबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष शेरबहादुर बानियाँ, केन्द्रीय सचिव मनोज बानियाँ लगायत जिल्लाका अग्रज बन्धुहरू, बुद्धिजीवी…
झापा। नयाँ वर्षमा इलाम घुम्न गएका बिर्तामोडका युवकको मोटरसाइकलको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । आज दिउँसो ४ः१० बजे इलाम माई नगरपालिका –४ सुखानीस्थित बिर्तामोड–दानाबारी भित्री सडकखण्डमा दानाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ९ प ४५९६ नं. को मोटरसाइकलले अर्जुनधारा– ६ बस्ने रोम पाठकका छोरा २ वर्षीय ओस्कर पाठकलाई ठक्कर दिई घाइते बनाएको थियो । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याई उपचारको गराइरहेकोमा दिउँसो ४ः४५ बजे उपचारका क्रममा मृत्य भएको हो । दुर्घटनापछि मोटरसाइकल र मोटरसाइकल चालक बिर्तामोड– ४ बस्ने ३३ वर्षीय नकुल राजवंशीलाई प्रहरी चौकी दानाबारीले नियन्त्रणमा लिएको छ ।
झापा। कोशी प्रदेशको पाँचथर, ताप्लेजुङ र सोलुखुम्बु जिल्ला आसपासका केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।गत मङ्गलवारदेखि सक्रिय भएको पानी पार्ने प्रणाली अहिले केही कमजोर भए पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भएको हो । बिभागका अनुसार देशका विभिन्न भागमा राती आकाश खुल्ने र बिहानपख घाम लाग्ने सम्भावना भएपनी दिउँसोदेखि बेलुकासम्म केहि ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । आउँदो बिहीवारदेखि भने फेरी पानी पार्ने प्रणाली सक्रिय हुने मौसमविद्को अनुमान रहेको छ।जस्ले गर्दा हिउँदे बाली थन्क्याउन असर पुर्याउन सक्ने भएकाले आउँदो बिहीवारदेखि केही दिन बाली भित्र्याउने काम नगर्न मौसमविद्को सुझाव छ । यो समय पहाडी तथा…
झापा।। आज वैशाख १ गते। २०८२ सालको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास गर्दै नयाँ वर्ष मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन्। “विक्रम ६० संवत्सर मध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने। सूर्य मेष राशिमा प्रवेश…
एकतप्पा चैत्र ३१ । इलामको फाकफोकथुम ६ एकतपामा जारी खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि माई नगरपालिकाको दानाबारी एफसी र देउमाई नगरपालिकाको टि. वाइ. सी. मङ्गलबारे भिड्ने भएका छन । आइतबार जानकी मावि पोखरीको खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक पोखरी युथ क्लबलाई टाइ ब्रेकरमा पराजित गर्दै टिवाईसी मङ्गलबारेले उपाधि भिडन्तमा दानाबारी एफसी संगको भेट पक्का गरेको हो । निर्धारित समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेसँगै खेलको निर्णयकालागि टाइब्रेकरसम्म पुग्नुपरेको हो। टाइब्रेकरमा आयोजकलाई निराश बनाउँदै टीवाइसी मङ्गलबारेले दानाबारी एफसीसँगको फाइनल प्रतिस्पर्धा पक्का गरेको छ। दानाबारी एफसीले पहिलो सेमिफाइनलमा फुङ्बा एप्सीलाई ट्राइबेकरमा नै पराजित गर्दै फाइनल यात्रा तय…
एकतप्पा चैत्र ३० ।। माई नगरपालिकाको दानाबारी एफ सी पोखरी युथ क्लब फाकफोकथुम ६ द्वारा आयोजित खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा फुङ्गबा एफसीलाई ट्राइबेकरमा पराजित गर्दै दानाबारी एफसीले फाइनलको यात्रा तय गरेको हो। खेलको पहिलो हाफ भने गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको पहिलो मिनेटमा नै फुङ्बा एफसीले गोल गर्दै खेलमा अग्रता बनायो। फुङ्बा एफसी का जर्सी नम्बर १३ का आइकल लिम्बुले उत्कृष्ट गोल गर्दै खेलमा अग्रता दिलाएका हुन् त्यसपछि उत्कृष्ट खेल पस्केको दानाबारी एफसीले फूङ्बा एफ सि लाई केही दबाबमा राख्दै लगातार आक्रमण…
एकतप्पा चैत्र २९ ।। ‘खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने मुख्य नाराका साथ पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सेमी फाइनल समीकरण पूरा भएको छ। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको क्वाटर फाइनल खेलमा द ब्वाइज एफ सी आमचोकलाई १-० गोल अन्तरले पराजित गर्दै माई नगरपालिकाको दानावारी एफसी सेमीफाइनलमा प्रवेश गरेको हो। खेलको पहिलो हाफमा द बोइज एफसीका खेलाडीले पेनाल्टी एरियामा ह्यान्डबल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै माई नगरपालिकाको दानाबारी एफसी का जर्सी नम्बर ६ का सुरज राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए। अनुभवी खेलाडीहरूका साथ मैदान…