एकतप्पा चैत्र २५ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज तेस्रो दिनको खेलबाट जित निकाल्दै द बोइज र आयोजक पोखरी युथ क्लब दोस्रो चरणमा प्रवेश गरेका छन्। जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा हेन्सी स्टार राँकेलाई लाई सडन डेथमा पराजित गर्दै द ब्वाइज आमचोक अघिल्लो चरणमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले गोल रहित बराबरी खेलेसगै खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा पनि दुबै टोलीले ४-४ गोलको बराबरी खेलेपछि खेलको निर्णय सडन डेथबाट लिएको हो। सडन डेथमा द ब्वाइज एफसीले बाजी मार्दै अघिल्लो चरणको यात्रा तय…
म्याग्दी।अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । म्याग्दी स्थित अन्नपूर्ण हिमाल क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताएका छन् । आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाण्डौबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिएका छन् । पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।
अर्जुनधारा। झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि-टवेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा अर्जुनधारा ४ र अर्जुनधारा ८ भिड्ने भएका छन्। आज दुवै सेमिफाइनल खेल सम्पन्न भएसंगै अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधिका लागि ४ नम्बर वडा र ८ नम्बर वडाको टिम भिड्ने पक्का भएको हो। आज भएको पहिलो सेमिफाइनल खेलबाट वडा नम्बर २ लाई ५६ रनले पराजित गर्दै वडा नम्बर ८ फाइनलमा प्रवेश गरेको हो। टस जितेर वडा नम्बर २ ले बलिङ रोजेपछि खेलको पहिलो इन्निङमा वडा नम्बर ८ले ब्याटिङ गरेको थियो। २० ओभरको खेलमा वडा नम्बर ८ले पाँच विकेट गुमाएर १५६ रन बनायो । वडा नम्बर ८…
एकतप्पा चैत्र २४ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनको खेलबाट जित निकाल्दै फुङ्बा एफ सी र टी वाई सी मङ्गलबारे दोस्रो चरणमा प्रवेश गरेका छन्। जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा फलाटे एफ सी लाई सडन डेथमा पराजित गर्दै फुङ्बा एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले दुईदुई गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा पनि दुबै टोलीले पाँच-पाँच गोलको बराबरी खेलेपछि खेलको निर्णय सडन डेथबाट लिएको हो। सडन डेथमा फुङ्बा एफसीले बाजी मार्दै अघिल्लो चरणको यात्रा तय गरेको…
अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ८ जारी प्रथम वडास्तरीय टि-टवेन्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आज भएको अन्तिम क्वाटरफाइनल खेलमा अर्जुनधारा वडा नम्बर ९ लाई ८ विकेटले पराजित गर्दै वडा नम्बर ८ले सेमीफाइनलमा स्थान बनाएको हो। अर्जुनधारा-७ स्थित अर्जुनधारा रङ्गशालामा भएको खेलमा वडा नम्बर ८ले टस हारेर पहिले फिल्डिङ गरेको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको ९ नम्बर वडा १५ ओभरमा सबै विकेट गुमाएर जम्मा ५५ रनमा समेटियो। वडा नम्बर ९ लाई सस्तैमा समेट्न वडा नम्बर ८ का बलर भुवन सन्जेलले तीन ओभरमा ३ विकेट लिएका थिए। उनले जम्मा १३ रन…
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार तथा पूर्व कानूनमन्त्री अग्निप्रसाद खरेलले ०४६ सालपछि मुलुकमा विकास निर्माणमा धेरै नै परिवर्तन आएको बताएका छन् । जनअपेक्षाका सबै कामहरु पुरा नभए पनि धेरै काम भएको बताए । शनिवार झापाको बिर्तामोडमा प्रेस चौतारी नेपाल झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा आफ्नो धारणा प्रस्तुत गर्दै खरेलले विकास निर्माणसँगै सुशासनको क्षेत्रमा व्यापक परिवर्तन भएको बताए । उनले लोकतन्त्र आएपछि र निरंकुशताको बेलाको देशको चित्रमा धेरै भिन्नता रहेको धारणा राखे । नेता खरेलले विगत र वर्तमानको देशको अवस्था तुलना गरेर हेर्न आग्रह गरेका छन् । ‘चैत १५ गते राजावादीहरुको…
एकतप्पा चैत्र २३ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मनोकामना एफसी एकतप्पा र ब्राइट स्टार एफसी पाँचथरले विजयी सुरुवात गरेका छन्। जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा जे आर भन्ज्याङलाई ५-० गोल अन्तरले पराजित गर्दै मनोकामना एफसीले विजयी सुरुवात गरेको हो। खेलमा जे आर भन्ज्याङलाई निक्कै दबाबमा राख्दै लगातार गोल गरेर दोस्रो चरणमा मनोकामना एफ सिले आफूलाई सुरक्षित गरेको छ। त्यस्तै आज भएको दोस्रो खेलमा आमचोक बजार इलामलाई २-१ गोल अन्तरले पराजित गर्दै ब्राइट स्टार एफसी पाँचथरले विजयी सुरुवात गरेको छ। पहिलो हाफको तेइसौँ मिनेटमा…
अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ४ अर्जुनधारा नगरपालिकामा जारी प्रथम वडा स्तरीय टि-टवेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। हिजोको दोस्रो क्वार्टर फाइनल खेलमा वडा नम्बर ३लाई ६४ रनले पराजित गर्दै वडा नम्बर ४ ले सेमिफाइनलमा स्थान बनाएको हो। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा वडा नम्बर ४ ले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो। उसले २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनायो। १४० रनको लक्ष्य पछाएको वडा नम्बर ३ ले जवाफी ब्याटिङमा दरिलो प्रदर्शन गर्न नसक्दा हार बेहोर्न पुग्यो। उसले १६ ओभर १ बलमा सबै विकेट गुमाएर ७५ रन मात्रै बनाउन सक्यो…
एकतप्पा चैत्र २२ ।। नयाँ वर्ष २०८२ को पावन अवसरमा पोखरी युथ क्लब फाकफोकथुम ६ इलाम को आयोजनामा संचालन हुने दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ। भोलि चैत २३ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता जानकी माध्यमिक विद्यालयको खेलमैदानमा हुने र प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष टंक गुरुङ ( सुबास )ले जानकारी दिए । फुटबल खेलको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पाँचथर इलामका गरी उत्कृष्ट १६ टिमहरूको सहभागिता रहेको छ। भोलि हुने उद्घाटन खेलमा पहिलो खेल मनकामना एफसी र जिआर भन्ज्याङ बीच हुनेछ…
झापा चैत्र २२ ।। पाँचथरको कुमममयकमा आगोले जलेर एकजनाको मृत्यु भएको छ। कुम्मायक गाउँपालिकाको निजी जंगलमा लागेको लागेको डढेलोमा परेर विहिबार घाँस काट्न गएकी युवतीको मृत्यु भएको हो। बालिकासहित ३ जना गम्भीर घाइते भएका छन्। कुम्याक–३ ताम्राखुका अमर थापा र पदम खड्कालगायतको निजी वनमा लागेको डढेलोमा परेर घाँस दाउरा गएकी कुम्याक–३ हात्तीपोखरीकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। उपचारका क्रममा राति करिब ९ बजे उनको मृत्यु भएको पाँचथर प्रहरीका डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए। तलबाट सल्किएको डढेलोमा ४ जना परेका थिए। कतै…