साझा अक्षर

रतखोला फुटबल क्लब भारत धाइजन चाराली च्यालेन्ज कपको फाइनल प्रवेश

रतखोला फुटबल क्लब भारत धाइजन चाराली च्यालेन्ज कपको फाइनल प्रवेश

रतखोला फुटबल क्लब भारत धाइजन चाराली च्यालेन्ज कपको फाइनल प्रवेश

  झापा ।। पाहुना टिम रथखोला फुटबल क्लब दार्जिलिङ भारत झापाको धाइजनमा जारी धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। यो सँगै फाइनलमा आयोजक धाइजन चारआली फुटबल क्लबसँगको भेट पक्का गरेको छ मेचीनगर १२ धाइजनस्थित कालिका खेलमैदानमा आज भएको अन्तिम सेमिफाइन खेलमा उपाधि दावेदारका रुपमा हेरिएको जनता सेभेन फुटबल क्लब सूर्योदय इलामलाई ३ -१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। रथखोलाका तर्फबाट ममता राय, प्रतिज्ञा क्षेत्री र सुजु राईले एकएक गोल गरे। पराजित जनता सेभेनको तर्फबाट नेहा श्रेष्ठले एक गोल फर्काइन्। प्रतियोगिताको फाइनल खेल आगामी जेष्ठ ३ गते धाइजन चाराली फुटबल क्लब र रथखोला…
Read More
धाइजन चारआली महिला च्यालेन्ज कप फुटबल, आयोजक फाइनल प्रवेश

धाइजन चारआली महिला च्यालेन्ज कप फुटबल, आयोजक फाइनल प्रवेश

  झापा ।। आयोजक धाइजन चारआली फुटबल क्लब झापाको धाइजनमा जारी धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मेचीनगर १२ धाइजनस्थित कालिका खेलमैदानमा आज भएको पहिलो सेमिफाइन खेलमा भद्रपुर ब्लेजरस् लाई  दुई शून्य गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। आयोजकका लागि पहिलो हाफमा सरस्वती राजवंशी  दोस्रो हाफको इन्जुरी टाइममा  करुणा राईले गोल गरिन्। पराजित भद्रपुर ब्लेजर्सले भने आज सोचे अनुरुपको प्रदर्शन गर्न सकेन खेल अवधिभर आयोजकको दबाबमा रह्यो। अन्तिम अन्तिम समयमा पाएका केही अवसरहरूलाई पनि सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी आयोजक धाइजन चारआली फुटबल क्लबकी सरस्वती राजवंशी…
Read More
ज्योति ब्युटी सलुन एण्ड, एकेडेमीले निःशुल्क नेल आर्ट तालिम सञ्चालन गर्ने

ज्योति ब्युटी सलुन एण्ड, एकेडेमीले निःशुल्क नेल आर्ट तालिम सञ्चालन गर्ने

  झापा ।।  झापाको बिर्तामोडमा महिलाको सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ज्योति ब्युटी सलुन एण्ड एकेडेमीले प्रेरणादायी सामाजिक पहल सुरु गरेको छ। बिर्तामोड–२ चारपानेस्थित एकेडेमीले आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म पूर्ण रूपमा निःशुल्क नेल आर्ट तालिम सञ्चालन गर्ने भएको छ। आजको प्रतिस्पर्धात्मक समयमा केवल शैक्षिक प्रमाणपत्रले मात्र भविष्य सुनिश्चित नहुने यथार्थलाई आत्मसात गर्दै महिलालाई व्यावहारिक सीपमार्फत आत्मनिर्भर बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको संस्थाले जनाएको छ। ७ दिने उक्त तालिम संस्थाको आफ्नै सुविधा सम्पन्न तालिम हलमा सञ्चालन हुनेछ भने सीमित सहभागी मात्र समावेश गरिने भएकाले इच्छुक महिलालाई समयमै सम्पर्क गरी नाम दर्ता गराउन आग्रह गरिएको छ। संस्थाका…
Read More
धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल सेमिफाइनल समीकरण पूरा

धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल सेमिफाइनल समीकरण पूरा

  झापा वैशाख ३० ।। झापाको मेचीनगर १२ धाइजनस्थित कालिका खेलमैदानमा जारी धाइजन चारआली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ। आज भएको अन्तिम क्वाटर फाइनल खेलमा कन्काई नगरपालिका सुरुङ्गा झापालाई 5-0 गोल अन्तरले पराजित गर्दै जनता सेभेन फुटबल क्लब सूर्योदय नगरपालिका इलाम अन्तिम चारमा प्रवेश गरेसँगै सेमीफाइनल समीकरण पुरा भएको हो। जनता सेभेन फुटबल क्लब इलामका लागि ललिता मण्डलले ह्याट्रिक सहित चार गोल गरिन् भने रेखा बिष्टले एक गोल गरिन्। पराजित कन्काई नगरपालिका सुरुङ्गा झापाले भने पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी जनता सेभेनकी ललिता मण्डल वुमन्स…
Read More
धाइजन चारआली महिला च्यालेन्ज कप , भद्रपुर  सेमिफाइनल प्रवेश

धाइजन चारआली महिला च्यालेन्ज कप , भद्रपुर सेमिफाइनल प्रवेश

झापा, मेचीनगर | झापाको मेचीनगरमा जारी “धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगितामा भद्रपुर ब्लेजर्स जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको छ। मेचीनगर नगरपालिका वडा नम्बर १२ धाइजन स्थित कालिका खेलमैदानमा आज सम्पन्न तेस्रो क्वार्टर फाइनल खेलबाट कमल गाउँपालिका झापालाई २-१ गोल अन्तरले पराजित गर्दै भद्रपुर सेमिफाइनल प्रवेश गरेको हो। भद्रपुरको जितमा कृतिका राई र नुमा लिम्बुले एकएक गोल गरे। पराजित कमल गाउँपालिकाको तर्फबाट इमा राईले एक गोल फर्काइन्। खेलको दोस्रो हाफमा भद्रपुरमाथि दबाब राखे पनि कमल गाउँपालिकाले थप गोल गर्न नसक्दा हार बेहोर्दै पहिलो खेलबाटै घर फर्किएको छ। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी भद्रपुर ब्लेजर्सकी गोलकिपर वर्षा तामाङ वुमन अफ द…
Read More
धाइजन चारआली महिला च्यालेन्ज कप सुरु, उद्घाटन खेलमा आयोजक विजयी

धाइजन चारआली महिला च्यालेन्ज कप सुरु, उद्घाटन खेलमा आयोजक विजयी

  झापा, मेचीनगर | झापाको मेचीनगरमा आजबाट “धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिता” सुरु भएको छ। मेचीनगर नगरपालिका वडा नम्बर १२ धाइजन स्थित कालिका खेलमैदानमा धाइजन चारआली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले आदर्श युवा क्लब बुद्धशान्ति झापालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो। खेल अवधिभर आयोजक टोलीले आक्रामक प्रदर्शन गर्दै विपक्षीमाथि पूर्ण दबाब कायम राखेको थियो। आयोजकको सहज जितमा सरस्वती राजवंशीले दुई गोल गरिन् भने नयन राई र करुणा राईले समान एक–एक गोल गरे सुरुवातदेखि नै लयमा देखिएको धाइजन चारआलीले उत्कृष्ट टिमवर्क र आक्रामक रणनीतिका कारण आदर्श युवा क्लबलाई खेलमा अवसर…
Read More
बिर्तामोडमा वडास्तरीय भलिबल प्रतियोगिता हुँने

बिर्तामोडमा वडास्तरीय भलिबल प्रतियोगिता हुँने

  बिर्तामोड वैशाख २५।। झापाको बिर्तामोडमा वडास्तरीय प्रथम उपमेयर कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिर्तामोड ९ नम्बर वडा खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा यही जेठ ३ र ४ गते बिर्तामोड ९ गरामनी स्थित दुर्गा माविको खेलमैदानमा प्रतियोगिता आयोजना हुने भएको हो। नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन गर्ने र स्थानीय स्तरमा रहेका भलिबल खेलाडीहरूलाई प्रोत्साहन गर्दै अगाडि बढाउने उद्देश्यका साथ नगर खेलकुद विकास समितिले यो प्रतियोगिता आयोजना गर्न लागेको वार्ड नं ९ खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतियोगिता संयोजक विश्वदिप राजवंशीले जानकारी दिए। प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १०वटै वडाहरूको सहभागिता रहने छ । हरेक टिमबाट…
Read More
बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता,आयोजक सेतो र चन्द्रगडी फाइनल प्रवेश

बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता,आयोजक सेतो र चन्द्रगडी फाइनल प्रवेश

  बिर्तामोड बैशाख २४ ।।   झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक सेतो र चन्द्रगढी भेट्रान्स  फाइनलमा प्रवेश गरेका छन् । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बिर्तामोड भेट्रान्स निलोलाई १-० गोलले पराजित गर्दै चन्द्रगढी फाइनल प्रवेश गरेको हो  । चन्द्रगढीका लागि  सुबास खड्काले गरेको गोल नै निर्णायक गोल बन्यो उनले क्याप्टेन प्रेम लिम्बुको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए। । खेलमा उत्कृष्ट प्रदर्शन गरेका चन्द्रगढीका गोलकिपर रूपक गुरुङ प्लेयर अफ दी म्याच  भए । उनलाई प्रमुख अतिथि बिर्तामोड साना सहरी खानेपानी संस्थाका अध्यक्ष मेघराज बास्तोलाले नगद १५०० र ट्रफी प्रदान गरे।…
Read More
बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता, सेमिफाइनल समीकरण पुरा

बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता, सेमिफाइनल समीकरण पुरा

  बिर्तामोड बैशाख २३ चौथो बिर्तामोड भेट्रान्स प्रतियोगिता अन्तर्गत आजको खेलमा जित निकाल्दै बिर्तामोड भेट्रान्स सेतो अन्तिम चारमा प्रवेश गरेको छ। यो सँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ। बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा मेची भेट्रान्स मेचीनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको हो। बिर्तामोडको जितमा अङ्कुर कुमार खड्गी ले दुई र भूपेन लिम्बुले एक गोल गरे। पराजित मेची भेट्रान्स  अनुभवी खेलाडीहरूले भरिएको बिर्तामोड भेट्रान्स विरुद्ध सोचे अनुरूपको प्रदर्शन गर्न सकेन। पहिलो हाफमा केही कमजोर प्रदर्शन गरेको मेची भेट्रान्स दोस्रो हाफमा भने केही सुधारिएको प्रदर्शन गर्दै अवसर सिर्जना गरिरह्यो…
Read More
बिर्तामोड भेट्रान्स फुटबल, आयोजक निलो र दमक सेमिफाइनलमा प्रवेश

बिर्तामोड भेट्रान्स फुटबल, आयोजक निलो र दमक सेमिफाइनलमा प्रवेश

0बिर्तामोड वैशाख २२ ।। झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता जित निकाल्दै आयोजक बिर्तामोड भेट्रान्स निलो र दमक भेट्रान्स सेमिफाइनल प्रवेश गरेका छन्। बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा भएको पहिलो खेलमा ढल्के जोबान भेट्रान्स पराजित गर्दै बिर्तामोड भेट्रान्स निलो अन्तिम चारमा प्रवेश गरेको हो। बिर्तामोडको जितका लागि रबिन राई र कृष्ण शाक्यले दुई दुई गोल गरे भने सन्तोष, राई कुमार सुब्बा र टेकराज तीलिङ सुब्बाले एकएक गोल गरे पराजित ढल्के जोबन भेट्रान्स क्लब उर्लाबारी मोरङका लागि बिनोद लामा र डे निम राईले एक एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड भेट्रान्स…
Read More