झापा साउन १८ ।। ‘भाषा, कला र संस्कृतिको ज्ञान, नेवाः जातिको साझा पहिचान’ भन्ने मुख्यः श्लोग्नसहित मेचीनगर—६ काँकरभिट्टा झापामा दोस्रो जिल्ला स्तरीय सामुहिक लाखे जात्रा तथा संस्कृति प्रदर्शन सम्पन्न भएको छ नेवाः खल पुच झापाले आयोजना गरेको उक्र कार्यक्रमको सह—आयोजक तथा व्यवस्थापन नेवाः समाज समिति मेचीनगर –६ काँकरभिट्टाले गरेको थियो कार्यक्रम नेवा समाज समिति मेचीनगर –६ काँकरभिट्टाका अध्यक्ष कमल गुभाजुको अध्यक्षता तथा नेवाः जागरण मञ्च संस्थापक सदस्य, पूर्व महासचिव नेवाः फिल्म एसोसिएसन अध्यक्ष तथा नेवाः सम्पदा संस्कृतिकर्मी रत्न महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सवै जातजातिका चाडपर्वहरूको अभिलेख राख्नुपर्ने र…
बिर्तामोड, १६ साउन : बिर्तामोड नगरपालिकाले २४ जना कृषकहरुलाई आज समर्थन मूल्य रकम हस्तान्तरण गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले १२ लाख ८१ हजार ८ सय ८७ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको हो । समर्थन मूल्य प्राप्त गर्ने कृषकहरु मध्ये सबै भन्दा थोरै २ सय ८ रुपैयाँ प्राप्त गर्ने वडा नम्बर ७ का रविन बराल र सबै भन्दा धेरै ५ लाख ३४ हजार ५ सय ११ रुपैयाँ प्राप्त गर्ने वडा नम्बर ७ कै प्रदिप खनाल रहनु भएको छ । समर्थन मूल्यको भुक्तानी कार्यविधि माघ १५ गते बसेको कार्यपालिका बैठकबाट पास…
बिर्तामोड ।। झापाको दुधेमा नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवशताक्षी नगरपालिका ११ मा अवस्थित प्रस्तावित दुधे रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ। झापामा पुरुष फुटबलका गतिविधिहरू धेरै हुने गरेपनि महिला फुटबल प्रतियोगिता आयोजना नभइरहेको अवस्थामा झापा जिल्लालाई महिला फुटबलको पनि हबको रुपमा विकसित गराउन झापा महिला गोल्डकप आयोजना गर्न आयोजक टिम लागिपरेको आयोजक समितिका संयोजक सन्तोष थोप्रा लिम्बुले जानकारी दिए। प्रतियोगितामा आयोजक टीम सहित त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिम यस्तै भारत, भुटान बाट एकएकवटा…
बिर्तामोड साउन ८ ।। अमृत स्टोर बिर्तामोड झापाको आयोजनामा दोस्रो संस्करणको झापा रक स्टार ब्यान्ड कम्पिटिसन आयोजना हुने भएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको हो। दोस्रो संस्करणको झापा रकस्टार विद्यालय स्तरीय रहने आयोजकले जानकारी गराएको छ। प्रतियोगितामा कक्षा ५ देखि कक्ष १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्ने आयोजकका प्रमुख अमृत पौडेलले जानकारी दिए । प्रतियोगितामा झापाका सामुदायिक तथा निजी विद्यालय गरी कुल पाँचवटा विद्यालयहरूको सहभागिता रहेको र आज बेलुकासम्म अन्य विद्यालयहरू थप हुने उनले बताए । प्रतियोगितामा सहभागिता जनाउने ब्यान्डमा कम्तिमा पाँचजना सदस्यहरु अनिवार्य हुनुपर्नेछ । र र ब्यान्डमा एउटा नेपाली लोक…
बिर्तामोड साउन ७ ।। स्वर्गीय देवकुमार आचार्य ‘डी कौडिण्य’को स्मृति दिवसको अवसरमा पत्रकार उद्धव पुरी सम्मानित भएका छन् । बुधबार स्वर्गीय आचार्यको २३औँ स्मृति दिवसको अवसरमा उनलाई सम्मान गरिएको हो । प्रेस सेन्टर नेपाल झापा शाखाले स्वर्गीय आचार्यको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार आज विर्तामोडमा एक कार्यक्रम आयोजना गरी पत्रकार पुरीलाई प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रञ्जित तामाङले दोसल्ला ओढाउँदै प्रमाणपत्र र नगद ४२ हजारसहित पत्रकार पुरीलाई सम्मान गरेका हुन् । प्रगतिशील पत्रकार, प्राध्यापक एवम् राजनीतिज्ञ डी. कौडिण्यलाई राजाको प्रत्यक्ष शासनकालमा २०५९ साउन ७ गते शाही सत्ताले गिरफ्तार गरी…
बिर्तामोड ।। न्युटन्स एजुकेशन एकेडेमी बिर्तामोड झापाले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । विद्यालय अभिभावक संघका अध्यक्ष नरेश भट्टराईको अध्यक्षता र बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष किशोर कुमार पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। त्रिदेव बहुमुखी क्याम्पस चारआलीका व्यवस्थापन समितिका अध्यक्ष हरि घिमिरे, नारी सञ्चार गृह झापाका अध्यक्ष स्वस्तिका आचार्यलगायतले नवआगन्तुक विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले विद्यार्थी तथा अभिभावकलाई शिक्षाप्रति जिम्मेवार बन्न आग्रह गरेका थिए । नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा १५० जना विद्यार्थी भर्ना भएका छन् स्वागत कार्यक्रमलाई अझ सुन्दर बनाउन साङ्गीतिक कार्यक्रम समेत गरिएको थियो।कक्षा…
झापा साउन १ ।। इलामको सूर्याेदय नगरपालिका–१, भालुखोपमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते छन् । प्रकाशलाई लिइ निरोज ससुरालीघर गएका बेला सूर्याेदय १, शिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो । त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते…
बिर्तामोड असार ३१। प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटीको कार्यालयमा नेताहरुले चौतारीको उपचार कोषलाई नगद २७ हजार १ सय रुपैयाँ सहयोग गर्नु भएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिनुभयो । नेकपा एमाले बिर्तामोड इञ्चार्ज अम्बिर कुमार लिङदेन ११ हजार, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई ११ हजार र पार्टीका बिर्तामोड ५ का उपसचिव एवम् नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोडको उपाध्यक्ष उपेन्द्र बानियाँले ५ हजार १ सय रुपैयाँ रकम कोषलाई सहयोग…
झापा असर ३० ।। साउन १ गतेदेखि सरकारी कारोबारमा पूर्णत विद्युतीय भुक्तानी कायम हुने भएको छ। याे व्यवस्थासँगै अब सरकारी काराेबार नगदरहित हुने भएकाे छ। गत जेठ १५ गते प्रस्तुत गरेको बजेटको व्यवस्था अनुसार विद्युतीय भुक्तानीको व्यवस्था मिलाउन अर्थमन्त्रालयले सरोकारवाला निकायहरूलाई परिपत्र जारी गरेको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष अर्थात साउन १ गते लागू हुने गरी सबै सरकारी निकायलाई विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गर्ने सम्बन्धमा सूचना जारी गरेको हो। मन्त्रालयले सबै मन्त्रालय/आयोग/सचिवालय/कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, सार्वजनिक संस्थानहरू, बोर्ड/समिति/ प्रतिष्ठान सबै संस्थाहरू विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउन भनेको छ। सरकारले…
काठमाडौँ असार २९ ।। काठमाडौँको बुढानलकण्ठमा पहिलोपटक खुल्ला पुरुष फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ। इन्टरनेसनल इभेन्ट्स नेपालले आयोजना गर्न लागेको उक्त फुट्सल प्रतियोगिता बुढानीलकण्ठ स्थित देवी स्पोर्ट्स हाउसमा यही श्रावण २ र ३ गते हुने आयोजकले जानकारी दिएको छ। आई सी एस एजुकेशन माईग्रेसन मुख्य प्रायोजक रहेको प्रतियोगिताको एक्सट्रीम इनर्जी ड्रिंक्स पावर स्पोन्सर रहेको छ। प्रतियोगितामा काठमाडौँ; लगायत देशका विभिन्न फुट्सल क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ। साउन ३ गते हुने फाइनल विजेताले नगद १ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् यसैगरी विधागत रूपमा…