झापा जेष्ठ ३ ।। प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिता आजबाट झापाको बिर्तामोडमा सुरु भएको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ९ खेलकुद विकास समितिको आयोजना र बिर्तामोड नगर खेलकुद विकास समितिको सहआयोजनामा प्रतियोगिता सुरु भएको हो। बिर्तामोड ९ गरामनि स्थित दुर्गा माविको खेलमैदानमा आज भएको खेलबाट जित निकाल्दै वडा नम्बर ५, ६,३ र ८ सेमी फाइनलमा प्रवेश गरेका छन्। बिर्तामोड ३ ले बिर्तामोड ४ लाई २५-१७ र २५-१६ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो। बिर्तामोड ३ बाट विमान खड्का अभिषेक कामती भरत यादव धुर्व भण्डारी जस्ता अनुभवी खेलाडीहरू सहभागी छन्। त्यस्तै अर्को खेलमा बिर्तामोड ५ले…
झापा ।। धाईजन चारअलि महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आफूहरूले जित्ने सहभागी रतखोला फुटबल एकेडेमी दार्जिलिङ भारत र आयोजक धाइजन चाराली फुटबल क्लबका प्रशिक्षक र कप्तानले दाबी गरेका छन् । मेचीनगर नगरपालिका वडा नम्बर १२ स्थित स कालिका खेलमैदानमा आज आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि हात पार्ने दाबी गरेका हुन् । फाइनल खेल आइतबार यसै मैदानमा हुँदैछ। रतखोला फुटबल एकेडेमी दार्जिलिङका प्रशिक्षक विद्युतदासले आफ्ना अनुभवी खेलाडीहरू भएका कारण उपाधि आफूले जित्ने दाबी गरे त्यस्तै क्याप्टेन प्रतिज्ञा क्षेत्रीले आफूहरू उत्कृष्ट खेल्दै आयोजकलाई होम ग्राउन्डको एडभान्टेज भएपनि होम ग्राउन्डमै आयोजकलाई पराजित गर्दै उपाधि आफूले जित्ने दाबी गरिन्। त्यस्तै आयोजक…
बिर्तामोड ।। झापाको बिर्तामोडमा आयोजना हुन लागेको प्रथम उपमेयर कप वडा स्तरीय भलिबल प्रतियोगिता (पुरुष) २०८३ को खेलतालिका सार्वजनिक गरिएको छ । वडा नं. ९ खेलकुद विकास समितिको आयोजना तथा बिर्तामोड नगर खेलकुद विकास समितिको सह आयोजनामा सञ्चालन हुने प्रतियोगिता गरामनीस्थित दुर्गा माविको खेलमैदानमा हुनेछ । प्रतियोगितामा बिर्तामोड नगरपालिकाभित्रका १० वटा वडाको सहभागिता रहनेछ । सार्वजनिक गरिएको खेल तालिकाअनुसार उद्घाटन खेलमा वडा नं. ९ र वडा नं. १० बीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल बिहान ९ बजे सुरु हुने तालिका सार्वजनिक गरिएको छ । पहिलो दिन प्रारम्भिक चरणका कुल ६ खेल सञ्चालन हुनेछन् । प्रारम्भिक चरण पार गरेका टोलीबीच…
झापा ।। पाहुना टिम रथखोला फुटबल क्लब दार्जिलिङ भारत झापाको धाइजनमा जारी धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। यो सँगै फाइनलमा आयोजक धाइजन चारआली फुटबल क्लबसँगको भेट पक्का गरेको छ मेचीनगर १२ धाइजनस्थित कालिका खेलमैदानमा आज भएको अन्तिम सेमिफाइन खेलमा उपाधि दावेदारका रुपमा हेरिएको जनता सेभेन फुटबल क्लब सूर्योदय इलामलाई ३ -१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। रथखोलाका तर्फबाट ममता राय, प्रतिज्ञा क्षेत्री र सुजु राईले एकएक गोल गरे। पराजित जनता सेभेनको तर्फबाट नेहा श्रेष्ठले एक गोल फर्काइन्। प्रतियोगिताको फाइनल खेल आगामी जेष्ठ ३ गते धाइजन चाराली फुटबल क्लब र रथखोला…
झापा ।। आयोजक धाइजन चारआली फुटबल क्लब झापाको धाइजनमा जारी धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मेचीनगर १२ धाइजनस्थित कालिका खेलमैदानमा आज भएको पहिलो सेमिफाइन खेलमा भद्रपुर ब्लेजरस् लाई दुई शून्य गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। आयोजकका लागि पहिलो हाफमा सरस्वती राजवंशी दोस्रो हाफको इन्जुरी टाइममा करुणा राईले गोल गरिन्। पराजित भद्रपुर ब्लेजर्सले भने आज सोचे अनुरुपको प्रदर्शन गर्न सकेन खेल अवधिभर आयोजकको दबाबमा रह्यो। अन्तिम अन्तिम समयमा पाएका केही अवसरहरूलाई पनि सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी आयोजक धाइजन चारआली फुटबल क्लबकी सरस्वती राजवंशी…
झापा ।। झापाको बिर्तामोडमा महिलाको सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ज्योति ब्युटी सलुन एण्ड एकेडेमीले प्रेरणादायी सामाजिक पहल सुरु गरेको छ। बिर्तामोड–२ चारपानेस्थित एकेडेमीले आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म पूर्ण रूपमा निःशुल्क नेल आर्ट तालिम सञ्चालन गर्ने भएको छ। आजको प्रतिस्पर्धात्मक समयमा केवल शैक्षिक प्रमाणपत्रले मात्र भविष्य सुनिश्चित नहुने यथार्थलाई आत्मसात गर्दै महिलालाई व्यावहारिक सीपमार्फत आत्मनिर्भर बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको संस्थाले जनाएको छ। ७ दिने उक्त तालिम संस्थाको आफ्नै सुविधा सम्पन्न तालिम हलमा सञ्चालन हुनेछ भने सीमित सहभागी मात्र समावेश गरिने भएकाले इच्छुक महिलालाई समयमै सम्पर्क गरी नाम दर्ता गराउन आग्रह गरिएको छ। संस्थाका…
झापा वैशाख ३० ।। झापाको मेचीनगर १२ धाइजनस्थित कालिका खेलमैदानमा जारी धाइजन चारआली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ। आज भएको अन्तिम क्वाटर फाइनल खेलमा कन्काई नगरपालिका सुरुङ्गा झापालाई 5-0 गोल अन्तरले पराजित गर्दै जनता सेभेन फुटबल क्लब सूर्योदय नगरपालिका इलाम अन्तिम चारमा प्रवेश गरेसँगै सेमीफाइनल समीकरण पुरा भएको हो। जनता सेभेन फुटबल क्लब इलामका लागि ललिता मण्डलले ह्याट्रिक सहित चार गोल गरिन् भने रेखा बिष्टले एक गोल गरिन्। पराजित कन्काई नगरपालिका सुरुङ्गा झापाले भने पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी जनता सेभेनकी ललिता मण्डल वुमन्स…
झापा, मेचीनगर | झापाको मेचीनगरमा जारी “धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगितामा भद्रपुर ब्लेजर्स जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको छ। मेचीनगर नगरपालिका वडा नम्बर १२ धाइजन स्थित कालिका खेलमैदानमा आज सम्पन्न तेस्रो क्वार्टर फाइनल खेलबाट कमल गाउँपालिका झापालाई २-१ गोल अन्तरले पराजित गर्दै भद्रपुर सेमिफाइनल प्रवेश गरेको हो। भद्रपुरको जितमा कृतिका राई र नुमा लिम्बुले एकएक गोल गरे। पराजित कमल गाउँपालिकाको तर्फबाट इमा राईले एक गोल फर्काइन्। खेलको दोस्रो हाफमा भद्रपुरमाथि दबाब राखे पनि कमल गाउँपालिकाले थप गोल गर्न नसक्दा हार बेहोर्दै पहिलो खेलबाटै घर फर्किएको छ। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी भद्रपुर ब्लेजर्सकी गोलकिपर वर्षा तामाङ वुमन अफ द…
झापा, मेचीनगर | झापाको मेचीनगरमा आजबाट “धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिता” सुरु भएको छ। मेचीनगर नगरपालिका वडा नम्बर १२ धाइजन स्थित कालिका खेलमैदानमा धाइजन चारआली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले आदर्श युवा क्लब बुद्धशान्ति झापालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो। खेल अवधिभर आयोजक टोलीले आक्रामक प्रदर्शन गर्दै विपक्षीमाथि पूर्ण दबाब कायम राखेको थियो। आयोजकको सहज जितमा सरस्वती राजवंशीले दुई गोल गरिन् भने नयन राई र करुणा राईले समान एक–एक गोल गरे सुरुवातदेखि नै लयमा देखिएको धाइजन चारआलीले उत्कृष्ट टिमवर्क र आक्रामक रणनीतिका कारण आदर्श युवा क्लबलाई खेलमा अवसर…
बिर्तामोड वैशाख २५।। झापाको बिर्तामोडमा वडास्तरीय प्रथम उपमेयर कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिर्तामोड ९ नम्बर वडा खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा यही जेठ ३ र ४ गते बिर्तामोड ९ गरामनी स्थित दुर्गा माविको खेलमैदानमा प्रतियोगिता आयोजना हुने भएको हो। नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन गर्ने र स्थानीय स्तरमा रहेका भलिबल खेलाडीहरूलाई प्रोत्साहन गर्दै अगाडि बढाउने उद्देश्यका साथ नगर खेलकुद विकास समितिले यो प्रतियोगिता आयोजना गर्न लागेको वार्ड नं ९ खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतियोगिता संयोजक विश्वदिप राजवंशीले जानकारी दिए। प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १०वटै वडाहरूको सहभागिता रहने छ । हरेक टिमबाट…