साझा अक्षर

Breaking News 1

स्वर्गीय हरिकुमार प्रसाई स्मृति कप, क्वार्टर फाइनल समीकरण पूरा

स्वर्गीय हरिकुमार प्रसाई स्मृति कप, क्वार्टर फाइनल समीकरण पूरा

  बिर्तामोड माघ २५।।  तेस्रो हरिकुमार प्रसाई स्मृति झापा जिल्ला अन्तर विद्यालय स्तरीय अन्डर १३ नकआउट फुटबल प्रतियोगिता क्वाटरफाईनल समीकरण पुरा भएको छ । बिर्तामोड नगरपालिका ६ स्थित एभरेष्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज भएको पहिलो खेलमा गोमेन्द्र विरता मोडेलले टावर टेम्पल इंग्लीस स्कुललाई पराजित २-० गोल अन्तरले पराजित गर्यो। । यस्तै दोस्रो खेलमा न्युटन्स एजुकेशन एकेडेमीले हरीकुल इंग्लीस स्कुल लाई समान २-० गोल अन्तरले नै परायजित गर्यो । आजै सम्पन्न तेस्रो खेलमा मेची सेकेण्डरी स्कुल लाई ४-१ गोलले हराउदै निदि सेकेण्डरी स्कुल पनि क्वाटरफाईनलमा प्रबेश गरे सँगै क्वाटर फाइनल समीकरण पूरा भएको छ। प्रतियोगिता अन्तर्गत भोली क्वाटर फाइनलका चार खेल…
Read More
स्व हरिकुमार प्रसाई स्मृति कप फूटबल, तेस्रो दिनको खेल सम्पन्न

स्व हरिकुमार प्रसाई स्मृति कप फूटबल, तेस्रो दिनको खेल सम्पन्न

  बिर्तामोड माघ २४ ।।    स्व हरिकुमार प्रसाई स्मृति  तेस्रो झापा जिल्ला अन्तर स्कुल अन्डर १३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जित निकाल्दै इस्ट होराइजन इङ्लिस स्कुल मेचीनगर ब्रीलियन्ट पिपुल्स अर्जुनधारा कञ्चन इङ्लिस स्कुल बिर्तामोड र बालबाटिका स्कुल मेचीनगर अघिल्लो चरणमा प्रवेश गरेका छन् बिर्तामोड नगरपालिका ६ स्थित एभरेस्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज भएको पहिलो खेलमा सुनगाभा इङ्लिस स्कुल बिर्तामोडलाई ३-१ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन इस्ट होराइजन मेचीनगर अघिल्लो चरणमा प्रवेश गरेको हो। त्यस्तै दोस्रो खेलमा होलीबेल स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै ब्रिलियन्ट पिपुल्स स्कुल अर्जुनधारा विजयी भयो। त्यस्तै आज नै भएको तेस्रो खेलमा…
Read More
झापा गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा झापा ११ विजयी

झापा गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा झापा ११ विजयी

  बिर्तामोड, माघ २४ । आजबाट झापा गोल्डकप सुरु भएको छ। उद्घाटन खेलमा झापा ११ विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ। आयोजकको टिम झापा–११ फुटबल क्लबले खेलमा कमब्याक गर्दै  एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नेपाल पुलिस माथि २–१ को नतिजा निकाल्यो । झापाका लागि शिशिर लेखी र राजेश दाहालले १–१ गोल गरेका थिए । खेलको १२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता लिएको थियो । पुलिसका लागि धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमा गोल गरेका…
Read More
आचारसंहिता किन पालना गर्ने?

आचारसंहिता किन पालना गर्ने?

समाज, संस्था वा पेशागत क्षेत्रलाई व्यवस्थित, मर्यादित र विश्वासयोग्य बनाउन आचारसंहिता अत्यन्त आवश्यक हुन्छ। आचारसंहिता भनेको व्यक्तिको व्यवहार, कर्तव्य र जिम्मेवारीलाई निर्देशित गर्ने नियम–मान्यताहरूको समष्टि हो। यो केवल लिखित नियमको संग्रह मात्र होइन, नैतिकता, अनुशासन र उत्तरदायित्वको आधार पनि हो। त्यसैले आचारसंहिता पालना गर्नु कुनै बाध्यता मात्र नभई सचेत नागरिक र जिम्मेवार व्यक्तिको पहिचान हो। विश्वास र विश्वसनीयता कायम गर्न:-आचारसंहिता आवश्यक हुन्छ। जब कुनै व्यक्ति, संस्था वा पेशाले तोकिएको आचारसंहिता पालना गर्छ, तब समाजमा उसप्रति विश्वास बढ्छ। उदाहरणका लागि, पत्रकारले पत्रकारिताको आचारसंहिता पालना गरे सत्य, निष्पक्ष र उत्तरदायी समाचार आउँछ, जसले पाठकको भरोसा जित्छ। विश्वास बिना कुनै पनि सम्बन्ध (व्यक्तिगत,…
Read More
उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन

उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन

  झापा माघ १५ ।। आगामी फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचन लागि मध्यनजर गर्दै उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ ले आज एक कार्यक्रमका बीच झापाको बिर्तामोडमा  सम्पर्क कार्यालय स्थापना गरेको छ। झापा बिर्तामोड ५ स्थित बि एन्ड सी हस्पिटलको अगाडिपट्टि उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय स्थापना गरिएको हो।  झापा क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार सी के बेघा र उज्यालो नेपाल पार्टी  प्रदेश नं  एक अध्यक्ष बिराज आङ्देम्बे लिम्बूले रिबन काटेर एकसाथ कार्यालयको उद्घाटन गरेका हुन्। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख तथा नीवर्तमान ऊर्जा मन्त्री कुलमान घिसिङको अध्यक्षतामा रहेको उज्यालो नेपाल…
Read More
बेलुकी ६ बजेसम्म २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता

बेलुकी ६ बजेसम्म २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता

काठमाण्डाै। माघ ६।। आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ बजेसम्म २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । (more…)
Read More
झापा-५ : बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै

झापा-५ : बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै

  झापा माघ ६ ।। आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। देशैभर एकैसाथ हुन लागेको मनोनयन दर्ताका लागि निकै नै चर्चामा रहेको  झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले उम्मेदवारी दर्ता गराउँदैछन् बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउँदै छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयरसमेत रहेका शाहले अहिले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने तालिका छन्। दमकस्थित गोरखा…
Read More
दुर्घटनामा घाइते युवतीको उपचारको क्रममा मृत्यु

दुर्घटनामा घाइते युवतीको उपचारको क्रममा मृत्यु

झापा, माघ ५ । झापाको बिर्तामोड नगरपालिकामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। मिति २०८२ साल माघ ३ गते राति करिब १०ः५० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित अदुवाखोला पुल छेउको पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। लक्ष्मीपुरबाट मुक्तिचोकतर्फ आउँदै गरेको प्र.१–०२–०४२ प १९०४ नम्बरको मोटरसाइकलले वनस्टप मलबाट अदुवाखोला तर्फ जाँदै गरेको मे.१ ह ३७२१ नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक गौरादह नगरपालिका वडा नम्बर ३ निवासी २४ वर्षीय निरज कार्की र मोटरसाइकलको पछाडि सवार दमक निवासी (वडा नखुलेको) २२ वर्षीया सुजाता बुढाथोकी गम्भीर घाइते भएका…
Read More
झापा गोल्डकपको नयाँ सदस्यता १०० नाघ्यो

झापा गोल्डकपको नयाँ सदस्यता १०० नाघ्यो

  बिर्तामोड, माघ ३ । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको संख्या एक सय नाघेको छ । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ सदस्य थप भएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए । यही माघ २४ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गिरीले बताए । गोल्डकपले पुसबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत पुरुषले १५ हजार र महिलाले ११ हजार रुपैयाँ शुल्क तिरेर सदस्य बन्नेको संख्या एक सय नाघेको हो । गोल्डकपको सदस्य बन्न झापासहित देशभर र विदेशमा रहेका नेपालीले पनि…
Read More
कांग्रेस सभापति थापा र झापा गोल्डकपको टोलीबीच भेटघाट

कांग्रेस सभापति थापा र झापा गोल्डकपको टोलीबीच भेटघाट

बिर्तामोड, माघ ३ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा  झापा गोल्डकपको प्रतिनिधि मण्डलबीच भेटघाट भएको छ । आसन्न सातौँ झापा गोल्डकपका सन्दर्भमा भेटघाट भएको हो । गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल नेतृत्वको टोलीले आज बिहान सभापति थापासँग भेटघाट गरेको हो । झापा गोल्डकपलाई विभिन्न पक्षमा सहयोग गर्न सभापति थापाले प्रतिबद्धता जनाएको पौडेलले बताए । प्रतियोगिता सफल बनाउन तथा प्रतियोगिताको तयारीका बारेमा कुराकानी भएको छ । गोल्डकप अध्यक्ष केदार गिरीको टिमले यसअघि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेको थियो । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यही माघ २४ गतेदेखि फागन ४ गतेसम्म हुन गइरहेको झापा गोल्ड…
Read More