बिर्तामोड माघ २८।। तेस्रो हरिकुमार प्रसाई स्मृति झापा जिल्ला अन्तर विद्यालय स्तरीय अन्डर १३ नकआउट फुटबल प्रतियोगिताको उपाधि कन्चन इंग्लिश स्कुल विर्तामोडले जितेको छ । बिर्तामोड नगरपालिका ६ स्थित एभरेस्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज सम्पन्न फाईन खेलमा निधि सैकेण्डरी स्कुललाई २–० गोल अन्तरले ले पराजित गर्दै कन्चन च्याम्पियन बनैको हो प्रतियोगिताको तेश्रो संस्करणको च्याम्पियन बन्ने क्रममा रोशन उराङ र कप्तान अन्स लिम्बुले गोल गरे । च्याम्पियन कन्चनले उपाधि सँगै आकर्शक ट्रफी मेडल हात पार्यो । उपविजेता निधिले रनरअप ट्रफि हात पार्यो । विधागत तर्फ उत्कृष्ट घोषित खैलाडीहरुलाई पनि आकर्षक ट्रफि प्रदान गरीएकौ थियो । फाइनल विजेता तथा उपविजेता टोलीलाई…
बिर्तामोड माघ २५।। तेस्रो हरिकुमार प्रसाई स्मृति झापा जिल्ला अन्तर विद्यालय स्तरीय अन्डर १३ नकआउट फुटबल प्रतियोगिता क्वाटरफाईनल समीकरण पुरा भएको छ । बिर्तामोड नगरपालिका ६ स्थित एभरेष्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज भएको पहिलो खेलमा गोमेन्द्र विरता मोडेलले टावर टेम्पल इंग्लीस स्कुललाई पराजित २-० गोल अन्तरले पराजित गर्यो। । यस्तै दोस्रो खेलमा न्युटन्स एजुकेशन एकेडेमीले हरीकुल इंग्लीस स्कुल लाई समान २-० गोल अन्तरले नै परायजित गर्यो । आजै सम्पन्न तेस्रो खेलमा मेची सेकेण्डरी स्कुल लाई ४-१ गोलले हराउदै निदि सेकेण्डरी स्कुल पनि क्वाटरफाईनलमा प्रबेश गरे सँगै क्वाटर फाइनल समीकरण पूरा भएको छ। प्रतियोगिता अन्तर्गत भोली क्वाटर फाइनलका चार खेल…
बिर्तामोड माघ २४ ।। स्व हरिकुमार प्रसाई स्मृति तेस्रो झापा जिल्ला अन्तर स्कुल अन्डर १३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जित निकाल्दै इस्ट होराइजन इङ्लिस स्कुल मेचीनगर ब्रीलियन्ट पिपुल्स अर्जुनधारा कञ्चन इङ्लिस स्कुल बिर्तामोड र बालबाटिका स्कुल मेचीनगर अघिल्लो चरणमा प्रवेश गरेका छन् बिर्तामोड नगरपालिका ६ स्थित एभरेस्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज भएको पहिलो खेलमा सुनगाभा इङ्लिस स्कुल बिर्तामोडलाई ३-१ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन इस्ट होराइजन मेचीनगर अघिल्लो चरणमा प्रवेश गरेको हो। त्यस्तै दोस्रो खेलमा होलीबेल स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै ब्रिलियन्ट पिपुल्स स्कुल अर्जुनधारा विजयी भयो। त्यस्तै आज नै भएको तेस्रो खेलमा…
बिर्तामोड, माघ २४ । आजबाट झापा गोल्डकप सुरु भएको छ। उद्घाटन खेलमा झापा ११ विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ। आयोजकको टिम झापा–११ फुटबल क्लबले खेलमा कमब्याक गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नेपाल पुलिस माथि २–१ को नतिजा निकाल्यो । झापाका लागि शिशिर लेखी र राजेश दाहालले १–१ गोल गरेका थिए । खेलको १२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता लिएको थियो । पुलिसका लागि धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमा गोल गरेका…
काठमाण्डाै।१७ माघ।। गण्डकी प्रदेश भलिबल सङ्घले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको फाइनल खेलमा घरेलु टाेली गण्डकीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो । गण्डकीले दोश्रो सेट २८–२६, तेश्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित्यो । यस्तै पुलिसले पहिलो सेट २५–२३ ले जित्यो । यस्तै आजै पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पर्वत तेश्रो भएको छ ।यसैगरी हिजो भएको महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ । उसले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो…
बिर्तामोड, माघ ३ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा झापा गोल्डकपको प्रतिनिधि मण्डलबीच भेटघाट भएको छ । आसन्न सातौँ झापा गोल्डकपका सन्दर्भमा भेटघाट भएको हो । गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल नेतृत्वको टोलीले आज बिहान सभापति थापासँग भेटघाट गरेको हो । झापा गोल्डकपलाई विभिन्न पक्षमा सहयोग गर्न सभापति थापाले प्रतिबद्धता जनाएको पौडेलले बताए । प्रतियोगिता सफल बनाउन तथा प्रतियोगिताको तयारीका बारेमा कुराकानी भएको छ । गोल्डकप अध्यक्ष केदार गिरीको टिमले यसअघि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेको थियो । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यही माघ २४ गतेदेखि फागन ४ गतेसम्म हुन गइरहेको झापा गोल्ड…
बिर्तामोड, माघ १ । झापाको बिर्तामोडमा सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता दुई दिने हुनेछ । आयोजक झापा क्रिकेट क्लबका अध्यक्ष माधवकुमार झाका अनुसार प्रतियोगिता माघ ३ र ४ गते हुनेछ भने मिसन झापाले सञ्चालन गर्नेछ । प्रतियोगितामा १० देखि १५ वटा टिमको सहभागिता रहने क्लबका सचिव सुरज खड्काले जानकारी दिए । सहभागी टिमको टुंगो माघ ३ गते बिहान मात्र लाग्ने बताइएको छ । प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३५ हजार, ट्रफी र मेडल पाउनेछ । त्यस्तै, उत्कृष्ट ब्याट्म्यान, उत्कृष्ट बलर र उत्कृष्ट…
बिर्तामोड पौष २६ ।। झापा जिल्ला पालिका स्तरीय अन्डर १८ फुटबल प्रतियोगिता २०८२ को खेल तालिक सार्वजनिक भएको छ। तालिका अनुसार उद्घाटन खेल बिर्तामोड नगरपालिका र कमल गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ। शनिश्चरे फुटबल क्लब अर्जुनधारा झापाको आयोजनामा यही माघ ११ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको खेल तालिका अनिश्चरे सात स्थित खेलमैदानमा पत्रकार सम्मेलन मार्फत आयोजक शनिश्चरे फुटबल क्लबले सार्वजनिक गरेको हो। प्रतियोगितामा झापाका नौ वटा स्थानीय तहहरूको सहभागिता रहनेछ। झापामा १५ वटा स्थानीय तह रहेपनि अन्य छ स्थानीय तहले भने विविध कारण देखाउँदै प्रतियोगितामा सहभागिता हुन नसक्ने बताएको आयोजक समितिका अध्यक्ष टेकराज तिलिङले जानकारी दिनुभयो प्रतियोगितामा बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका,…
बिर्तामोड पौष २३। झापा गोल्डकपको सातौं संस्करणको मिति नजिकिँदै गर्दा आयोजक संस्थामा नयाँ सदस्यता लिनेहरूको संख्या बढ्दै गएको छ। बुधबार एकै दिन झापा गोल्ड कपमा कार्यसमिति सदस्य शैलेन्द्र कुरुम्बाङको पहलमा २३ जनाले एकैसाथ नयाँ सदस्यता लिएका छन्। गोल्डकपको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच नयाँ सदस्यहरुलाई कार्यवाहक अध्यक्ष गजेन्द्रबहादुर पौडेलले सदस्यता रसिद प्रदान गर्नुभयो। प्रतिष्ठित गोल्डकपका रुपमा प्रसिद्धि कमाएको यसको सातौं संस्करण माघ २४ देखि फागुन ४ गतेसम्म डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुँदैछ । स्वर्गीय बिनोद बस्नेत स्मृति झापा गोल्डकपमा यसपटक नेपाल भारत र भुटानका क्लबहरूको प्रतिस्पर्धा रहने बताइएको छ। सातौँ संस्करणको तयारीसँगै अहिलेसम्म ६५ भन्दा बढी नयाँ सदस्य थपिएका…
मेचीनगर, १९ पुस । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ का लागि विभिन्न संघसंस्थाहरुले सम्झौता गरेका छन् । मिडिया कपको संरक्षकको रुपमा मेचीनगर नगरपालिका रहेको छ भने नगर खेलकुद विकास समिति मुख्य सहयोगी बनेको छ । मिडिया कपलाई भव्यरुपमा सम्पन्न गराउनका लागि दाताहरुले सहयोगको हात अगाडि बढाएका छन् । पुस १९ गतेसम्म प्रेस क्लब मेचीनगरसँग आधा दर्जन संघ संस्थाहरुले सम्झौता गरिसकेको क्लबका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । मिडियाकपका लागि पर्यटन कार्यालय काँकरभिट्टा, इष्ट होराइजन मावि, होटल मेची क्राउन, बिर्तामोड एजुकेशन धुलाबारी शाखा, उदेश्य निर्माण सेवा मेचीनगर, सहारा नेपाल साकोस, टिमुर चामल विराटनगर, अशोक मसला, मेचीनगर वडा…