समाज, संस्था वा पेशागत क्षेत्रलाई व्यवस्थित, मर्यादित र विश्वासयोग्य बनाउन आचारसंहिता अत्यन्त आवश्यक हुन्छ। आचारसंहिता भनेको व्यक्तिको व्यवहार, कर्तव्य र जिम्मेवारीलाई निर्देशित गर्ने नियम–मान्यताहरूको समष्टि हो। यो केवल लिखित नियमको संग्रह मात्र होइन, नैतिकता, अनुशासन र उत्तरदायित्वको आधार पनि हो। त्यसैले आचारसंहिता पालना गर्नु कुनै बाध्यता मात्र नभई सचेत नागरिक र जिम्मेवार व्यक्तिको पहिचान हो। विश्वास र विश्वसनीयता कायम गर्न:-आचारसंहिता आवश्यक हुन्छ। जब कुनै व्यक्ति, संस्था वा पेशाले तोकिएको आचारसंहिता पालना गर्छ, तब समाजमा उसप्रति विश्वास बढ्छ। उदाहरणका लागि, पत्रकारले पत्रकारिताको आचारसंहिता पालना गरे सत्य, निष्पक्ष र उत्तरदायी समाचार आउँछ, जसले पाठकको भरोसा जित्छ। विश्वास बिना कुनै पनि सम्बन्ध (व्यक्तिगत,…
काठमाण्डाै।१७ माघ।। गण्डकी प्रदेश भलिबल सङ्घले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको फाइनल खेलमा घरेलु टाेली गण्डकीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो । गण्डकीले दोश्रो सेट २८–२६, तेश्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित्यो । यस्तै पुलिसले पहिलो सेट २५–२३ ले जित्यो । यस्तै आजै पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पर्वत तेश्रो भएको छ ।यसैगरी हिजो भएको महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ । उसले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो…
झापा माघ १५ ।। आगामी फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचन लागि मध्यनजर गर्दै उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ ले आज एक कार्यक्रमका बीच झापाको बिर्तामोडमा सम्पर्क कार्यालय स्थापना गरेको छ। झापा बिर्तामोड ५ स्थित बि एन्ड सी हस्पिटलको अगाडिपट्टि उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय स्थापना गरिएको हो। झापा क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार सी के बेघा र उज्यालो नेपाल पार्टी प्रदेश नं एक अध्यक्ष बिराज आङ्देम्बे लिम्बूले रिबन काटेर एकसाथ कार्यालयको उद्घाटन गरेका हुन्। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख तथा नीवर्तमान ऊर्जा मन्त्री कुलमान घिसिङको अध्यक्षतामा रहेको उज्यालो नेपाल…
झापा। नेपाली कांग्रेसका कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले शिक्षा क्षेत्रको आमूल सुधार नगरी देश विकासको कल्पना सम्भव नहुने बताएका छन् । राजनीतिक प्रणाली पञ्चायतदेखि प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुगे पनि शिक्षा नीति भने दशकौँ अघिकै ढाँचामा अड्किएको भन्दै त्यसकै परिणामस्वरूप मुलुकले अपेक्षित प्रगति हासिल गर्न नसकेको उनको भनाइ छ । बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा आयोजित विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०२८ सालको शिक्षा नीतिलाई आधार मानेर आज पनि शिक्षा प्रणाली सञ्चालन भइरहेको उल्लेख गरे । ‘मुलुकमा पञ्चायत गयो, प्रजातन्त्र आयो, गणतन्त्र आयो, तर शिक्षा क्षेत्रमा सार्थक परिवर्तन आउन सकेन,’ उनले भने, ‘यसैले हाम्रो शिक्षा…
काठमाण्डाै।। नेपालको सार्वजनिक ऋण २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्त सम्मको प्रतिवेदन अनुसार १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख अर्थात् ५३ प्रतिशत बाह्य ऋण र १३ खर्ब १९ अर्ब १३ करोड १० लाख अर्थात् ४७ प्रतिशत आन्तरिक ऋण हो । साउनदेखि पुससम्मको ६ महिनामा १ खर्ब ३२ अर्ब रुपैयाँ ऋण थपिएको छ । यसअघि असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ रहेको थियो । ६ महिनाको अवधिमा कुल ऋण ४ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ । सरकारले पुस महिनामा…
झापा माघ ६ ।। आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। देशैभर एकैसाथ हुन लागेको मनोनयन दर्ताका लागि निकै नै चर्चामा रहेको झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले उम्मेदवारी दर्ता गराउँदैछन् बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउँदै छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयरसमेत रहेका शाहले अहिले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने तालिका छन्। दमकस्थित गोरखा…
झापा, माघ ५ । झापाको बिर्तामोड नगरपालिकामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। मिति २०८२ साल माघ ३ गते राति करिब १०ः५० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित अदुवाखोला पुल छेउको पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। लक्ष्मीपुरबाट मुक्तिचोकतर्फ आउँदै गरेको प्र.१–०२–०४२ प १९०४ नम्बरको मोटरसाइकलले वनस्टप मलबाट अदुवाखोला तर्फ जाँदै गरेको मे.१ ह ३७२१ नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक गौरादह नगरपालिका वडा नम्बर ३ निवासी २४ वर्षीय निरज कार्की र मोटरसाइकलको पछाडि सवार दमक निवासी (वडा नखुलेको) २२ वर्षीया सुजाता बुढाथोकी गम्भीर घाइते भएका…
बिर्तामोड, माघ ३ । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको संख्या एक सय नाघेको छ । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ सदस्य थप भएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए । यही माघ २४ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गिरीले बताए । गोल्डकपले पुसबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत पुरुषले १५ हजार र महिलाले ११ हजार रुपैयाँ शुल्क तिरेर सदस्य बन्नेको संख्या एक सय नाघेको हो । गोल्डकपको सदस्य बन्न झापासहित देशभर र विदेशमा रहेका नेपालीले पनि…
बिर्तामोड, माघ ३ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा झापा गोल्डकपको प्रतिनिधि मण्डलबीच भेटघाट भएको छ । आसन्न सातौँ झापा गोल्डकपका सन्दर्भमा भेटघाट भएको हो । गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल नेतृत्वको टोलीले आज बिहान सभापति थापासँग भेटघाट गरेको हो । झापा गोल्डकपलाई विभिन्न पक्षमा सहयोग गर्न सभापति थापाले प्रतिबद्धता जनाएको पौडेलले बताए । प्रतियोगिता सफल बनाउन तथा प्रतियोगिताको तयारीका बारेमा कुराकानी भएको छ । गोल्डकप अध्यक्ष केदार गिरीको टिमले यसअघि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेको थियो । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यही माघ २४ गतेदेखि फागन ४ गतेसम्म हुन गइरहेको झापा गोल्ड…