एजेन्सी !! भारतको हरियाणास्थित पञ्चकुलामा एउटा कारभित्र एकै परिवारका सात जना मृत फेला परेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार दम्पती, उनीहरूका तीन छोराछोरी र दुई वृद्ध सदस्यको शव कारभित्र फेला परेको हो । प्रहरीले सोमबार राति ११ बजेतिर सेक्टर २७ मा सो घटना भएको र सबैको शव कारबाट बरामद भएको जनाएको छ । पञ्चकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बताउँदै बताएका छन्। उनले भनेका छन् यो आत्महत्याको घटना भएको देखिएको’ छ। उनले सबै फोरेन्सिक प्रमाणहरू संकलन गरी अनुसन्धान भइरहेको पनि बताएका छन् । कारमा उत्तराखण्डको देहरादुन नम्बर भेटिएको थियो
बिर्तामोड जेठ १० ।। मङ्गल एकता टोल विकास संस्थाले एक दिने टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रहेको मङ्गल एकता टोल विकास संस्थाले ''आफ्नो गाउँ आफैं बनाउँ सुरुवात आफैँबाट गरौँ '' भन्ने मुख्य नाराका साथ टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको हो। सरसफाई अन्तर्गत मङ्गल एकता टोलमा पर्ने बाटोको दायाँबायाँको झाडी सरसफाई गर्नुको साथै बर्खा यामलाई मध्यनजर गर्दै उक्त बाटोमा पर्ने नाली समेत सरसफाई गरिएको छ। सरसफाईका लागि टोलबासीहरू स्वतफुर्त रुपमा सरसफाईका लागि आवश्यक पर्ने औजारहरू सहित उपस्थित भएका थिए। सानोसानो कामको लागि पनि स्थानीय तहको आस गर्ने बानीको अन्त्य गर्न समेत यो सरसफाई…
रामेछाप । रामेछापबाट शव लिएर काठमाडौंतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा पर्दा तीन जना घाइते भएका छन्। एम्बुलेन्स जिल्लाको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटनामा पर्दा तीन जना घाइते भएका हुन्। एम्बुलेन्स सडकबाट अन्दाजी सय मिटर तल खसेर दुर्घटनामा परेको रामेछाप प्रहरीले जानकारी दिएको छ। शव बोकेको उक्त एम्बुलेन्समा चार जना चढेका चडेका थिए जस मध्ये तिन जना घाइते भएका हुन्। घाइते हुनेहरूमा एम्बुलेन्स चालक रामेछापका २४ वर्षीय सुरेश मगर, रामेछापकै ४१ वर्षीय नारायणबहादुर नेपाली र रामेछापकै ५३ वर्षीय दिलबहादुर दमाई रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई उपचारका लागि धुलिखेल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ।
बिर्तामोड जेठ ४ ।। झापाको बिर्तामोडमा सञ्चालित वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड वडा नं ३ ले जितेको छ। आज भएको फाइनल खेलमा अर्को उपाधि दावेदार मानिएको टिम बिर्तामोड नगरपालिका वडा नं ६ लाई सोझो सेटमा पराजित गर्दै वडा नम्बर ३ ले उपाधिमाथि कब्जा जमाएको हो। पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ४ लाई ३-० को सोझो सेटमा पराजित गर्दै वडा नम्बर ३ ले फाइनल यात्रा तय गरेको थियो भने वडा नं ७ लाई सोझो सेटमा नै पराजित गर्दै वार्ड नम्बर ६ ले फाइनलमा वडा नम्बर ३ सँगको भेट पक्का गरेको हो। फाइनलमा वडा नम्बर ३ ले वडा नम्बर ६…
बिर्तामोड जेठ ३ ।। झापाको बिर्तामोडमा आजबाट सुरु भएको वडास्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बिर्तामोड वडा नं. ९ खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा सञ्चालित प्रतियोगिताबाट वडा नम्बर ३ , ४ , ६ र ७ सेमिफाइनलमा प्रवेश गरेका छन्। वार्ड नं ३ ले वडा नम्बर १ लाई सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो। त्यस्तै वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ४ सेमिफाइनलमा प्रवेश गरेको छ भने वडा नम्बर १० लाई पराजित गर्दै वडा नम्बर ७ सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै वडा नम्बर ६ ले वडा नम्बर २…
काठमाण्डाै। आज शुक्रबार काठमाण्डाैमा बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि आज सम्मेलन परिसरमा परराष्ट्रमन्त्री एवम् संवाद व्यवस्थापन समिति संयोजक डा. आरजु राणा देउवाले ‘मिडिया ब्रिफिङ’ मार्फत दुवै सत्र सफलताका साथ सम्पन्न भएको जानकारी गराएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद ब्यानरको अनावरण गरी संवादको औपचारिक उद्घाटन गर्दै संवाद सत्रमा संवादको दृष्टिकोण र विश्वले जलवायु परिवर्तनसहित धेरै दबावपूर्ण चुनौतीहरूको सामना गरिरहेका बेला यसको महत्त्व समेत प्रस्तुत गर्दै चुनौती सम्बोधन गर्न ‘संवादको शक्ति’ मा पनि जोड दिए ।सम्बोधन गर्नुअघि उनले आधिकारिक रूपमा सरकारको राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडीसी) अनावरण गर्नुका…
बिर्तामोड, १ जेठ ।। बिर्तामोडमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको आज अनुगमन गरिएको छ । वडा नम्बर १ र २ मा सञ्चालनमा रहेको 'ब्याग बनाउने तथा सिलाई कटाई' तालिमको अनुगमन गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, कार्यपालिका सदस्य संगिता सिवा, तिला गौतम, निर्मला ल्वागुन गजमेर, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायतको टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो । बिर्तामोड नगरपालिकाले विभिन्न शाखा मार्फत सिलाई कटाई व्युटीपार्लर, दालमोठ भुजिया बनाउने, वारिष्ठा लगायत विभिन्न प्रकारका तालिम प्रदान गर्दै आएको छ ।
बिर्तामोड, १ जेठ : बिर्तामोड नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ब्रेथलाईजर र गोप्रो क्यामेरा प्रदान गरेको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई आज ब्रेथलाईजर र गोप्रो क्यामेरा १/१ थान हस्तान्तरण गर्नु भएको हो । नगर प्रमुख प्रसाईले यस आधुनिक उपकरणले सवारी चालकको मदिरा सेवन परीक्षण तथा निगरानी कार्यमा थप सहज हुने बताउनु भयो । दुर्घटना न्युनिकरणमा थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले बिर्तामोडको ट्राफिक व्यवस्थापनका लागि आगामी दिनमा थप सहयोग गर्दै जाने बताउनु भयो । झापा ट्राफिक प्रहरीसंग ब्रेथलाईजर, क्यामेरा, राडरगन लगायतका आवश्यक सामाग्री प्रयाप्त नहुँदा…
काठमाण्डाै। आज शेयर बज नेप्से कारोबार ८ दशमलव ४१ अङ्कले घटेर २ हजार ६ सय ११ दशमलव ८५ विन्दुमा झरेको छ। गत आइतवार १२ दशमलव ५३, मङ्गलवार १४ दशमलव ८७ र बुधवार १३ दशमलव ९३ अङ्कले घटेकोमा आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ। विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । कर्पाेरेट विकास बैंकको शेयर साढे ८ प्रतिशतले घटेको छ भने समग्र बजार घट्दा ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर १० प्रतिशतले बढ्यो। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ सय २०…
बिर्तामोड जेठ १ ।। झापाको बिर्तामोडमा वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। बिर्तामोड वडा नं. ९ खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा आगामी जेठ ३ र ४ गते बिर्तामोड ९ स्थित दुर्गा माविको खेल मैदान प्रतियोगिता आयोजन गर्न लागिएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो। प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वडाका १० टिमको सहभागिता रहने वडा खेलकूद विकास समितिका अध्यक्ष विश्वदीप राजवंशीले जानकारी दिए। बिर्तामोड नगरपालिकामा रहेका खेलाडीहरूको प्रतिभा उजागर गर्न र युवामा खेलप्रतिको आकर्षण बढाउनु तथा खेलकुदको माध्यमबाट वडा र नगरबीच आपसी सद्भाव तथा सहकार्य विस्तार गर्ने उद्देश्यले खेलको आयोजना गरिएको राजवंशीले बताए…